आज:  | Sun, 03, Jul, 2022

सडक खन्दा पहिरोमा परि एक वेपत्ता

२३ जेष्ठ २०७६, बिहीबार १६:०२ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, २३ जेठ ।सडक खन्नेत्रममा यहाँ माथीबाट सुख्खा पहिरो खस्दा एक्साभेटर सहित एक मजदुर वेपत्ता छन । जिल्लाको धौलागिरी गाउँपालिका, ४ मुदी स्थित सिम्बाङको भीरमा सडक खन्नेक्रममा माथीबाट पहिरो खस्दा एक्साभेटर सहित सहयोगी स्थानीय ३१ बर्षिय सुविन पुन वेपत्ता छन ।गाउँपालिका केन्द्र मुनाबाट वडा कार्यालय सडकले जोड्न उपभोक्ता समिति मार्फत भाडामा स्काभेटर लिएर भीरमा सडक निर्माण भैरहेको थियो ।प्रहरी नायव उपरिक्षक महेन्द्र मरासिनीका अनुसार विहिवारसाँझ सम्म प्रहरी र स्थानीयले वेपत्ता पुनको खोजी जारी राखेका छन ।