FLASH NEWS
  • Loading...

पर्यटनको आम्दानीले पदमार्ग बनाउँदै घोडेपानीबासी

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५४३ पटक पढिएको
पर्यटनको आम्दानीले पदमार्ग बनाउँदै घोडेपानीबासी

|SONY DSC

म्याग्दी, २३ जेठ ।

अन्नपूर्ण गाउँपालिका, ६ घोडेपानीका पर्यटन ब्यवसायीले घान्द्रुकपुनहिल जोड्ने पदमार्ग (गोरेटो बाटो) स्तरउन्नत गराएका छन ।

घोडेपानीबाट पूर्व घान्द्रुत तर्फ जाने रामको चौतारोदेखी माथी थाप्लाडाँडासम्मको तीन सय मिटर चिप्लो तथा अप्ठ्यारो बाटोमा ढुङ्गाको सिंढी विच्छ्याएर हिँड्न सजिलो बनाएका हुन । अन्नपूर्ण गाउँपालिकाले १५ लाख आर्थिक सहयोगमा पर्यटन ब्यवसायीले श्रमदान थपगरी पदमार्गको स्तर उन्नत गराएका हुन ।

भिरालो र चिप्लो भएकोले पर्यटकहरु चिप्लिएर लड्ने र घाईते हुने समस्या थियो । अव सजिलो भएको छ उपभोक्ता समितिका अध्यक्ष विरेन पुनले भने, ‘पर्यटकबाट उठाईएको पुनहिल प्रवेश शुल्क गाउँपालिकाले समुदायलाई फिर्ता दिएको र सोही बजेटले पूर्वाधार सुधार गरिएको हो ।

घोडेपानीका ब्यवसायीले पुनहिलमा पर्यटकबाट संकलित रकमलाई जोहो गरी पूर्वाधार निर्माणमा लगानी गर्ने गरेका छन । यसैको उदाहरण हो, घोडेपानीपुनहिलमा निर्माण गरिएका पूर्वाधारहरु । जनश्रमदान, पर्यटकबाट संकलन भएको आर्थिक सहयोगबाट ब्यवसायीले घोडेपानीपुनहिल पदमार्गलाई पूर्वाधारयुक्त बनाएका हुन ।

घोडेपानी पर्यटन ब्यवसायी समितीको नेतृत्वमा अघिल्लो बर्ष पनि ३० लाख रुपैया खर्चेर घोडेपानीबाट माथी पुनहिल डाँडामा पुग्ने उकालो बाटोमा ढुङ्गाको सिंढी विच्छाउने, दुवै किनारमा स्टीलको रेलिङ्ग राख्ने, भ्यू पोइन्ट, उकालो बाटो र पुनहिलका भ्यू पोईन्टहरुमा आराम बेञ्चहरु, कफी हाउस जस्ता पूर्वाधारहरु थप गरिएको थियो ।

पुनहिल पुग्ने बाटो साँघुरो र चिप्लो भएको थियो । अहिले पुरै ढुङ्गाको छपनी विच्छाएको सिँढी र उकालोमा पर्यटकलाई सुस्ताउनकालागी विचविचमा आराम बेञ्च राखेका छौं पुनहिल युवा क्लवका सदस्य चित्रबहादुर पुनले भने,–‘पर्यटन ब्यवसायी, आमा समुह र युवा क्लवको योगदान उल्लेख्य छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल