- Loading...
बेनीमा कर नीति सम्बन्धी अभिमुखिकरण
- पुनहिल डट कम
- ५ साल अघि
- ४३४ पटक पढिएको

म्याग्दी, २० जेठ ।
नयाँ राजश्व तथा नीति सम्बन्धी ब्यवस्था जानकारी गराउने उद्देश्यले सोमबार बेनीमा रहेका ब्यवसायी एवं सरोकारवालासँग जाननकारी मुलक अभिमुखिकरण सम्पन्न भएको छ ।
आन्तरिक राजश्व कार्यालय बाग्लुङ्ग र उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा संघिय सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आर्थिक बर्ष ०७६/०७७ को बजेटमा समावेश भएको नयाँ राजश्वका दर तथा परिवर्तन गरेका नीति सम्बन्धमा म्याग्दीका ब्यवासायीलाई राखेर अभिमुखिकरण गरेका हुन ।
बजेटले ब्यवस्था गरेको नयाँ नीतिले ब्यवसायलाई विधुतिय प्रणालीमा लैजान जोड दिएको छ । अव कुनै पनि १० लाख माथीको भुक्तानी चेक वा विधुतिय माध्यमबाट मात्र गर्नु पर्ने छ । रु एक हजारमाथी प्यान वील अनिवार्य गरेको छ । कानुन ब्यवसायी तथा लेखापरिक्षकहरु पनि अव अनिवार्य रुपमा मुल्य अभिबृद्धि कर (भ्याट)मा जानु पर्ने भएको छ ।
नयाँ आर्थिक नीति अनुसार अव सवै खाले ब्यवसायमा संलग्न हरेक तह र क्षेक्रका कर्मचारीको ब्यत्तिगत प्यान अनिवार्य गरिएको छ । हाल सम्म कर्मचारीले एक्लैले तीन लाख ५० हजार र दम्पत्तिको चार लाख हजारसम्म आम्दानी भएमा १ प्रतिशत सामाजिक सुरक्षा करको तिर्दै आएकोमा आम्दानीको दायर बढाएर ब्यक्तिगत चार लाख र दम्पत्तिको आम्दानी चार लाख ५० हजारसम्म भएमा सामाजिक सुरक्षा कर १ प्रतिशत मात्र रहने भएको छ ।
आन्तरिक राजश्व कार्यालयका कर अधिकृत सुन्दर श्रेष्ठले आव ०७६/०७७ को बजेटले आर्थिक ऐनमा परिवर्तित ब्यवस्था तथा राजश्वका विषयमा जानकारी गराएका थिए । अभिमुखिकरण कार्यक्रममा प्रमुख कर अधिकृत हेमराज सुवेदीले सहभागीले उठाएका जिज्ञासालाई प्रष्ट पारेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
