आज:  | Thu, 30, Jun, 2022

बेनीमा कर नीति सम्बन्धी अभिमुखिकरण

२० जेष्ठ २०७६, सोमबार १३:०५ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, २० जेठ ।नयाँ राजश्व तथा नीति सम्बन्धी ब्यवस्था जानकारी गराउने उद्देश्यले सोमबार बेनीमा रहेका ब्यवसायी एवं सरोकारवालासँग जाननकारी मुलक अभिमुखिकरण सम्पन्न भएको छ ।आन्तरिक राजश्व कार्यालय बाग्लुङ्ग र उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा संघिय सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आर्थिक बर्ष ०७६/०७७ को बजेटमा समावेश भएको नयाँ राजश्वका दर तथा परिवर्तन गरेका नीति सम्बन्धमा म्याग्दीका ब्यवासायीलाई राखेर अभिमुखिकरण गरेका हुन ।बजेटले ब्यवस्था गरेको नयाँ नीतिले ब्यवसायलाई विधुतिय प्रणालीमा लैजान जोड दिएको छ । अव कुनै पनि १० लाख माथीको भुक्तानी चेक वा विधुतिय माध्यमबाट मात्र गर्नु पर्ने छ । रु एक हजारमाथी प्यान वील अनिवार्य गरेको छ । कानुन ब्यवसायी तथा लेखापरिक्षकहरु पनि अव अनिवार्य रुपमा मुल्य अभिबृद्धि कर (भ्याट)मा जानु पर्ने भएको छ ।नयाँ आर्थिक नीति अनुसार अव सवै खाले ब्यवसायमा संलग्न हरेक तह र क्षेक्रका कर्मचारीको ब्यत्तिगत प्यान अनिवार्य गरिएको छ । हाल सम्म कर्मचारीले एक्लैले तीन लाख ५० हजार र दम्पत्तिको चार लाख  हजारसम्म आम्दानी भएमा १ प्रतिशत सामाजिक सुरक्षा करको तिर्दै आएकोमा आम्दानीको दायर बढाएर ब्यक्तिगत चार लाख र दम्पत्तिको आम्दानी चार लाख ५० हजारसम्म भएमा सामाजिक सुरक्षा कर १ प्रतिशत मात्र रहने भएको छ ।आन्तरिक राजश्व कार्यालयका कर अधिकृत सुन्दर श्रेष्ठले आव ०७६/०७७ को बजेटले आर्थिक ऐनमा परिवर्तित ब्यवस्था तथा राजश्वका विषयमा जानकारी गराएका थिए । अभिमुखिकरण कार्यक्रममा प्रमुख कर अधिकृत हेमराज सुवेदीले सहभागीले उठाएका जिज्ञासालाई प्रष्ट पारेका थिए ।