FLASH NEWS
  • Loading...

बेनीमा युवतीसहित ५ लागुऔषध बाहक पक्राउ

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २७४ पटक पढिएको
बेनीमा युवतीसहित ५ लागुऔषध बाहक पक्राउ

म्याग्दी, २ असार ।

प्रहरीले ८६ सेट लागुऔषध सहित बेनीबाट स्थानीय कारोवारी/सेवनकर्तालाई पक्राउ गरेको छ ।

प्रहरीले बेनी नगरपालिका, ८ बेनीको न्यूरोडबाटस्थानीय सेवनकर्ता/कारोवारीबाट डाईजापाम, फेनेरागन र निफुन मिलाएर प्याक गरिएको ८६ सेट लागुऔषध सहित दुई युवती सहित ५ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा बेनी नगरपालिका, ८ बेनीका वियज बानियाँ (२८), बेनपा, ९ गलेश्वरका राजकुमार शेरपुजा मगर (२१), बेनपा, ७ मंगलाघाटका प्रविण छन्त्याल (२०), बेनपा, ८ न्यूरोडकी रेजिना श्रेष्ठ (२३), मंगला गापा, ३ की सीता केसी (२२), रघुगंगा गापा, १ बेगका निखिल फगामी (२१) रहेका छन । पक्राउ परेका लागुऔषध कारोवारी/प्रयोगकर्ताहरुलाई जिल्ला अदालतबाट १० दिनको म्याद थपगरी अनुसान्धान सुरु गरेको जनाएको छ ।

भारयित सीमावर्ती सुनौली नाका हुँदै सदरमुकाम बेनी भित्राईएईने लागुऔषध (डाईजापाम, फेनोरागन) का बाहिर जिल्लाका भरियालाई पक्राउ गर्ने प्रहरीले यस पटक कारोवारी/प्रयोगकर्तासम्म पुगेको हो । प्रहरीले ०७३ बैशाख, ०७४ फागुन, ०७५ पुस र ०७६ असार पहिलो दिनमा सुनौली नाकाहुँदै जिल्ला भित्रिएको एकै नाम गरेका र करिव उत्तिकै मात्रामा लागुऔषध बरामदसहित कारोवारी पक्राउ परेका छन ।

‘पहिलोपटक लागुऔषधका स्थानीय कारोवारीसम्म पुगेका छौं । जिल्लामा लागु औषध कारोवार बढ्दै गएको देखिन्छ’ जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी लक्ष्मण देवकोटाले भने, ‘अनुसन्धान भैरहेकोले थप जानकारी खुल्ने छ ।’

सदरमुकाम बेनीसमेत लागुऔषध प्रयोगकर्ता किसोर–किसोरीको संख्या बढेको प्रहरीले दावी गरेको छ । सदरमुकामसमेत सहरी क्षेत्रमा ब्राउनसुगर, इन्जेक्सनबाट लागुऔषध सेवनकर्ता बढी छन । सहरी क्षेत्रमा मात्र होईन जिल्लाका अधिकांश ग्रामिण क्षेत्रका विद्यालय तहमा समेत चरेस र गाँजा जस्ता नसालु पदार्थ सेवन गर्ने बढेका छन । विद्यालय तहको कलिलो उमेरमा मदिरा सेवन गर्नु त समान्य जस्तै भएको छ । डाक्टरको प्रिस्क्रिप्सन र विरामीको अभिलेख विना प्रयोग गर्न नपाईने डाईजीपाम, क्लोनाजीपाम, अल्प्राजोलाम जस्ता औषधी गिरोहहरुले विद्यालय, क्याम्पसका विद्यार्थीसम्म पुर्‍याएका छन ।

प्रहरीका अनुसार यो बर्ष सदरमुकाममा सिरिन्जबाट नसा लिने दुर्ब्यसनीको संख्या देखिन थालेको छ । औषधीको दुरुपयोग गर्नेबाहेक ब्राउण्ड सुगर, चसेर, गाँजा सेवनकर्ता पनि उल्लेख्य छ । कहिले काहीं यस्ता दुर्वसनी पक्राउ पर्ने भएपनि तस्करसम्म पुग्न प्रहरी अक्षम छ । श्रोतका अनुसार जिल्लाको पश्चिम दरवाङ्ग र उत्तरको दाना क्षेत्रबाट गाँजाचरेस पोखरा, काठमाण्डौ तथा बुटवलतर्फ निकासी हुन्छ । भने बुटवलबाट ब्राउनसुगर, कोकिन र अन्य लागुऔषध जिल्लामा भित्रने गरेको छ ।

फोटो ः जिल्ला प्रहरी कार्यालय, म्याग्दी