FLASH NEWS
  • Loading...

काँग्रेसको जागरण सकियो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २८१ पटक पढिएको
काँग्रेसको जागरण सकियो

म्याग्दी, २५ जेठ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संञ्चालन गरेको एक महिने ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सकिएको छ ।

वैशाख २५ देखि सुरु भएको अभियान म्याग्दीका काँग्रेस कार्यकर्ता गाउँटोल सम्म पुगेर स्थानीय कार्यकर्तासँग भेटघाट गरी सरकारको आलोचना, पार्टीको समिक्षा र सुझाव संकलन गरेका थिए । चुनावपछि प्रायः निरास र निस्कृय भएका मतदाता, समर्थक र कार्यकर्तालाई जिल्ला नेताको वस्टी दौडाहले जागरण र उर्जा थपेको सदरमुकाम बेनीमा सम्पन्न समिक्षा बैठकमा प्रतिवेदन बुझाएका छन ।

‘राष्ट्रिय जागरण अभियानले शहरमा सुस्ताएका काँग्रेस नेतालाई गाउँवस्ती र जनताको घरदैलोमा पुर्‍याएकोले काँग्रेसमा जागरण आएको छ । गाउँका कार्यकर्तामा उत्साह थपेको छ । दुई तिहाई बहुमत प्राप्त नेकपा सरकारका गलत काम र चरित्रबारे जनता सचेत भएका छन’ बेनीको संगमचोक स्थित काँग्रेस म्याग्दीको पार्टी कार्यालयमा आयोजित अभियान समाफन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शुत्रराज शर्माले भने, ‘अभियानबाट मतदाता, समर्थकको पीरमर्का र गाउँका समस्याबारे पार्टीलाई जानकारी प्राप्त भएका छन ।’

काँग्रेस म्याग्दीका सभापती खम बहादुर गुर्बजाले जागरण अभियानले गाउँका कार्यकर्ता र सुभेच्छुक, समर्थकमा उत्साह थप्नुका साथै जनताले काँग्रेस प्रति विभिन्न सुझाव र गुनासा प्राप्त भएको भन्दै पार्टी भित्रपनि सुद्धिकरण आवश्यक रहेको बताए ।

फोटो सौजन्य ः राकेश शर्मा, प्रेस युनियन