FLASH NEWS
  • Loading...

मंटेसरी शिक्षण तालिम सम्पन्न

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४०० पटक पढिएको
मंटेसरी शिक्षण तालिम सम्पन्न

म्याग्दी, १५ जेठ ।

न्यु वेष्ट पोइन्ट आवसीय माध्यामिक विद्यालयले संञ्चालन गरेको तीन महिलने मंटेसरी शिक्षण सम्बन्धी तालिम सम्पन्न गरेको छ ।

विद्यालयले चैत १४–जेठ १४ तीन महिना संञ्चालन गरेको जुनियर डिप्लोमो तहको मंटेसरी शिक्षण तालिममा २४ जना सहभागी थिए । विद्यालयले मंगलवार शिक्षा समवन्य ईकाई प्रमुख दलबहादुर थापाको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी मंटेसरी शिक्षण तालिमका सहभागीलाई तालिम प्राप्त गर।ेको प्रमाण पत्र दिएको छ ।

‘वालमनोविज्ञानमा आधारित भै गरिने मंटेसरी शिक्षण पद्धतिको तालिम प्राफ्त जनशक्ति सवै विद्यालय र तहमा आवश्यक छ । जिल्लामा यस्तो जनशत्तिको अभाव छ’ समवन्यय प्रमुख दलबहादुर थापाले भने, ‘कलिला बालबालिकाको अध्ययन क्षमता र बुझाईमा प्रभावकारी सुधार भै आउने छ ।’

मंटेसरी तालिम अबधिमा रुचिका साथ सिक्ने प्रयास गर्ने, नियमितता लगायतका विधामा प्रशिक्षकको मूल्यांकनको आधारमा पुरस्कृत समेत गरिएको थियो ।