आज:  | Tue, 28, Jun, 2022

लोकनृत्य न्यूवेष्ट पोईन्ट पहिलो, माउण्ट दोस्रो

१५ जेष्ठ २०७६, बुधबार १३:२१ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, १५ जेठ ।गणतन्त्र दिवसको अवसर पारेर म्याग्दी जेसिजले बुधवार आयोजना गरेको जिल्ला स्तिरिय खुल्ला लोकनृत्य प्रतियोगितामा अङ्ढको आधारमा साविक विजेता न्यू वेष्टपोईन्ट आवसीय माध्यामिक विद्यालय पहिलो भएको छ ।म्याग्दी जेसिजले आयोजना गरेको १६ औं श्रृखला अर्न्तगत जिल्ला सदरमुकाम क्षेत्रका १२ माध्यामिक विद्यालय सहभागी प्रतियोगितामा माउण्ट आवसीय माध्यामिक विद्यालय दोस्रो, बेनी बोर्डिङ्ग तेस्रो र लिटल गार्डेन एकेडेमीले सान्तोना स्थान सुनिश्चित गरेको जेसिज महाँसचिव प्रविन खत्रीले बताए ।प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्तोना हुने विद्यालयले क्रमश ः नगद ८ हजार, ट्रफि, प्रमाणपत्र, ५ हजार ५ सय, ट्रफि, प्रमाणपत्र,  ४ हजार, ट्रफि, प्रमाणपत्र र २ हजार नगदसहित ट्रफि, प्रमाणपत्र पुरस्कार जितेका छन ।