- Loading...
किसोरी सामुहीक बलात्कृत
- पुनहिल डट कम
- ५ साल अघि
- ४२६ पटक पढिएको

म्याग्दी, ९ जेठ ।
बेनी नगरपालिका, ४ की एक १५ बर्षिया बालिका मंगलवार राती सामुहीक बलात्कृत भएकी छिन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेनी नगरपालिका, ५ चिप्लेटीका २६ बर्षिय कृष्ण विक, विकास किसान (२१) र प्रेम किसान (१९)ले पिडित किसोरीलाई घरबाट बाहिर बोलाई मुख थुनेर मकैवारीमा पुर्याई बलत्कार गरेका थिए ।
तीन जनाले पालैपालो बलत्कार गरेपछि दोहोरिएर चौंथो र पाँचौ पटक यौन सम्पर्क राख्न खोज्दा मुखमा बाँधेको रुमाल फुस्काई किसोरी चिच्चाएकी थिईन । किसोरी चिच्चाएपछि घरपरिवारले थाहा पाएका थिए । हल्लाखल्ला भएपछि बलत्कारीहरु भागेका थिए ।
बलत्कारको घट्नालाई सुरुमा परिवारले गुपचुप राख्ने प्रयास गरेपनि पछि आफन्तले नजिकको सिङ्गा तातोपानी स्थित प्रहरी चौकीलाई खवर गरेका थिए । प्रहरी घर पुग्दा किसोरी विरामी थिईन । प्रहरीले किसोरीलाई बुधवार साँझ नै बेनी अस्पताल पुर्याएको थियो ।
प्रहरीका अनुसार बलत्कारीमध्य प्रेम किसानसँग किसोरीको निकट परिचय रहेको थियो । सोही हुलियाको आधारमा विकास किसान र प्रेम किसानलाई बुधवार राती आ–आफ्ना घरबाट पक्राउ गरेको थियो । बलत्कारका मुख्य नाईके कृष्ण विक बाग्लुङ्ग तर्फ भाग्ने क्रममा ईलाका प्रहरी कार्यालय दरवाङ्गले मालिका गाउँपालिका,४ रुमबाट विहिवार विहान ६ बजे पक्राउ गरी जर्वजस्ती करणीमा अभियोगमा जिल्ला अदालतबाट तीन दिनको म्याद थपगरी अनुसन्धानकालागी थुनामा राखेको छ ।
‘किसोरीको सामुहीक वलात्कारको घट्ना घट्नाका दोषीहरु वाहिर हेर्दा करिव पुष्टी भैसकेका छन । तर कानुनी प्रकृया सुरु वल्न सुरु भएको छ । घट्नाका सवै दोषी, आवशयक सवै प्रमाणहरु संकलन भएको छ’ जिल्ला प्रहरी प्रमुख महेन्द्र मरासिनीले भने, ‘पीडित र पीडक दुवै पक्षको वीर्य, यौनाङ्ग तथा कपडामा लागेको पदार्थ थप परिक्षणकालागी काठमाण्डौ प्रयोगशालामा पठाएका छौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
