Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

किसोरी सामुहीक बलात्कृत

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४८२ पटक पढिएको
किसोरी सामुहीक बलात्कृत

म्याग्दी, ९ जेठ ।

बेनी नगरपालिका, ४ की एक १५ बर्षिया बालिका मंगलवार राती सामुहीक बलात्कृत भएकी छिन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेनी नगरपालिका, ५ चिप्लेटीका २६ बर्षिय कृष्ण विक, विकास किसान (२१) र प्रेम किसान (१९)ले पिडित किसोरीलाई घरबाट बाहिर बोलाई मुख थुनेर मकैवारीमा पुर्‍याई बलत्कार गरेका थिए ।

तीन जनाले पालैपालो बलत्कार गरेपछि दोहोरिएर चौंथो र पाँचौ पटक यौन सम्पर्क राख्न खोज्दा मुखमा बाँधेको रुमाल फुस्काई किसोरी चिच्चाएकी थिईन । किसोरी चिच्चाएपछि घरपरिवारले थाहा पाएका थिए । हल्लाखल्ला भएपछि बलत्कारीहरु भागेका थिए ।

बलत्कारको घट्नालाई सुरुमा परिवारले गुपचुप राख्ने प्रयास गरेपनि पछि आफन्तले नजिकको सिङ्गा तातोपानी स्थित प्रहरी चौकीलाई खवर गरेका थिए । प्रहरी घर पुग्दा किसोरी विरामी थिईन । प्रहरीले किसोरीलाई बुधवार साँझ नै बेनी अस्पताल पुर्‍याएको थियो ।

प्रहरीका अनुसार बलत्कारीमध्य प्रेम किसानसँग किसोरीको निकट परिचय रहेको थियो । सोही हुलियाको आधारमा विकास किसान र प्रेम किसानलाई बुधवार राती आआफ्ना घरबाट पक्राउ गरेको थियो । बलत्कारका मुख्य नाईके कृष्ण विक बाग्लुङ्ग तर्फ भाग्ने क्रममा ईलाका प्रहरी कार्यालय दरवाङ्गले मालिका गाउँपालिका,४ रुमबाट विहिवार विहान ६ बजे पक्राउ गरी जर्वजस्ती करणीमा अभियोगमा जिल्ला अदालतबाट तीन दिनको म्याद थपगरी अनुसन्धानकालागी थुनामा राखेको छ ।

किसोरीको सामुहीक वलात्कारको घट्ना घट्नाका दोषीहरु वाहिर हेर्दा करिव पुष्टी भैसकेका छन । तर कानुनी प्रकृया सुरु वल्न सुरु भएको छ । घट्नाका सवै दोषी, आवशयक सवै प्रमाणहरु संकलन भएको छ जिल्ला प्रहरी प्रमुख महेन्द्र मरासिनीले भने, ‘पीडित र पीडक दुवै पक्षको वीर्य, यौनाङ्ग तथा कपडामा लागेको पदार्थ थप परिक्षणकालागी काठमाण्डौ प्रयोगशालामा पठाएका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल