Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

भुकम्पले वन्द ‘पर्या–संग्राहलय’ अझै खुलेन

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४२० पटक पढिएको
भुकम्पले वन्द ‘पर्या–संग्राहलय’ अझै खुलेन

मुस्ताङ्ग, ८ जेठ ।

चार बर्षअघि भुकम्पबाट क्षतिग्रस्त ‘मुस्ताङ्ग पर्या–संग्राहलय’ (इको–म्युजियम) अझै खुलेको छैन ।

०७२ सालको भुकम्पले घरपझोङ गाउँपालिका, ३ पुथाङ विमानस्थल नजिकैको रहेको भवनको जग भासिएपछि संग्राहलयका सवै ढोका खोल्न नमिल्नेगरी बन्द भएका थिए । भुकम्प गएको चार वर्ष वित्दासम्म मुस्ताङ्ग पर्या संग्राहलयको भित्र भुकम्पले कुनै क्षति पुर्‍याए/नपुर्‍याएको अझै एकिन गरिएको छैन ।

पृथक भौगोलिक वनावट, धर्म, भाषा, भेषभुषा, रहनसहन, संस्कार, संस्कृती, वनस्पती, पुरातात्वक महत्वका गुम्बा, शिला, गुफाहरु, जीवजन्तु तथा प्राचिन मानववस्तीका अवषेशहरु पर्या–संग्राहलयमा राखिएका छन ।

‘भुकम्पपछि वन्द भएको देखाउन योग्य सम्पत्ति मुस्ताङ्ग पर्यासंग्राहलय पुनःसंञ्चालन गर्न स्थानीय सरकार अग्रसर भएको छ । हामीले १५ लाख विनियोजन गरेका छौं, एक्यापले १५ लाख दिएको छ । संघिय र प्रदेश सरकारबाट समेत केही सहयोग जुटाएर पर्या संग्राहलयलाई थप ब्यवस्थित रुपमा संञ्चालन गर्छौं’ घरपझोङ्ग गाउँपालिका उपप्रमुख शर्मिला गुरुङ्गले भनिन्, ‘अहिले नयाँ र ब्यवस्थित संग्राहलय बनाउन डिपिआरमा जुटेका छौं ।’

संग्राहलयमा मुस्ताङ्ग जिल्लामा पाईने धार्मिक, सांस्कृतिक, पुरातात्वीक, पर्यावरणीय र भौगर्भिक महत्वका वस्तुहरु संग्रहित छन । त्यसैगरी म्यूजियममा, हर्बल म्यूजियम, हर्बेरियम, अध्ययनका लागि पुस्तकालय तथा बत्ति बाल्न र पूजा गर्नको लागि गुम्बा पनि स्थापना गरिएको छ । ईको म्यूजियम भित्र टिब्बेटियन साँस्कृतिक परम्पराका वस्तुहरु, जापानी भिक्षु ईकाइ कावागुचीको बारेमा विस्तृत जानकारी, विभिन्न गाउँको तस्वीरहरु तथा तिनीहरुले प्रयोगमा ल्याएका भाँडाकुँडा छन । २८०० वर्षभन्दा पुराना सेरामिक भाडाहरु र मुस्ताङ जियोलोजीका फोटो तथा शालीग्राम, चट्टानहरु सजाएर राखिएका छन् ।

रोटरी क्लव जापानले २०४९ सालमा स्थापना गरेको मुस्ताङ्ग पर्या–संग्राहलयलाई ०६६ सालदेखी राष्ट्रिय प्रकृति संरक्षण कोष अर्न्तगतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)हुँदै स्थानिय ब्यवस्थापन समितिले रेखदेख गर्दै आएको थियो । पर्या–संग्राहलय अवलोकन गर्न नेपालीकालागी, विद्यार्थी, सार्क मुलुकका पर्यटक र तेस्रो मुलुकका पर्यटकालागी छुट्टाछुट्टै प्रवेश शुल्क तोकिएको थियो ।

‘मुस्ताङ्ग पर्या संग्राहलय वन्द हुँदा आम्दानीको श्रोत मात्र घटेको छैन, आफ्नो महत्वपूर्ण समय ब्यवस्थापन गरी हिमालपारी घुम्न आएका विद्यार्थी तथा पर्यटकले मुस्ताङ्गमा विकास भएको मानव सभ्यता बुझ्ने अवसरबाट पनि बन्चित छन’ स्थानीय जनहित क्याम्पस ब्यवस्थापन संकायकी छात्रा निशा थकालीले भनिन्, ‘स्थानीय सरकारको पहिलो प्राथमिकता म्युजियमको पुनःनिर्माण र पुनः संञ्चालनमा हुनु पर्छ ।’

अझै खुलेन पर्यासंग्राहलय ः हिमालपारीको जिल्ला मुस्ताङ्गको घरपझोङ गाउँपालिका, ३ एयरपोर्ट नजिकै रहेको चार वर्षदेखी वन्द भएको ‘मुस्ताङ्ग पर्या संग्राहलय’ । ०७२ सालको भुकम्पले भवनको जग भासिएपछि संग्राहलयका कुनैपनि ढोका नखुल्ने भएका छन, भवन चकिएको छ । घरपझोङ्ग गाउँपालिकाले संग्राहलय पुनः संञ्चालनमा ल्याउन अग्रसरता देखाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल