- Loading...
घलेम्दीले टनेल टेष्ट गर्दै, मिस्त्रीखोलाले ‘व्रेकथ्रु’
- पुनहिल डट कम
- ५ साल अघि
- ३७२ पटक पढिएको
|lk|m kmf]6f] clGtd r/0fdf 3n]DbL M DofUbLsf] cGgk"0f{ ufpkflnsf, $ gf/Rofªudf lgdf{0fflwg % d]ufjf6 Ifdtfsf] 3n]DbL hnlj'wt cfof]hgfn] ;'?¨af6 kfgLnfO{ kfj/xfp;df Nofpg eL/df /fv]sf] k]g:6s kfO{k . cfof]hgf lgdf{0fsf] (* k|ltzt sfd ;lsPsf] 5 . xfn kfj/ xfp; lkmlgl;¨ / 6jf{{O{g h8fgsf] sfd wdfwd e}/x]sf] cfof]hgfn] hgfPsf] 5 . t:jL/ M 3gZofd v8sf÷sflGtk'/
म्याग्दी, ३१ वैशाख ।
अन्नपूर्ण गाउँपालिका, ३ नारच्याङमा निर्माणाधिन ५ मेगावाट क्षमताको घलेम्दी जलविधुत आयोजनाले विद्युत उत्पादन अघि टनेल टेष्ट गरिरहेको छ । सोही ठाउँमा निर्माणाधिन ४२ मेगावाट क्षमताका मिस्त्रीखोला जलविधुत आयोजनाले ३ हजार ५ सय ३५ मिटर लामो सुरुङ्ग पुरा ‘व्रेकथ्रु’ गरेको छ ।
घलेम्दी जलविधुत आयोजनाले टनेल परिक्षण अर्न्तगत ड्याम, इन्टेक, सर्च ट्याङ्क, ग्राभेल ट्राप, डिसेन्टर, अडित प्लक र टनेलमा पानी चुहिने/नचुहिने परिक्षण भैरहेको जनाएको छ । जेठ १५ सम्म टनेल टेष्ट पुरागरी जेठमसान्तसम्म आयोजनाको वेट तथा ड्राई टेष्ट, भोल्टेज तथा पावर टेष्टको पुनःपरिक्षण समेत सकाएर असार पहिलो सातादेखी ब्यवसायीक विद्युत उत्पादन गर्ने आयोजनाले दावी गरेको छ ।
‘हामी आयोजनाको फाईनलग रिरहेका छौं । टनेल, पवारहाउस तथा सवस्टेसनका विभिन्न चरणमा परिक्षण भैरहेका छन । कुनै डिफेक्ट नआए असार पहिलो सातासम्म ब्यवसायीक उत्पादन थाल्छौं’ घलेम्दी जलविधुत आयोजनाका प्रोजेक्ट म्यानेजर विश्वविजय श्रेष्ठले भने, ‘टनेल टेष्टसँगै पावरहाउसमा ट्रान्सफर्मर जोड्ने, पावर सप्लाईका काम मिलाईरहेका छौं ।’
०७२ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको आयोजना ०७६ असारदेखी विद्युत उत्पादनको तयारीमा छ । पिपिए लाईसेन्स परिवर्तन, फाइनान्सियल क्लोजर परिवर्तन, भुकम्प र नाकावन्दी आदी कारणले निर्माणमा केही ढिलाई हुँदा आयोजना महंगो हुन पुगेको घलेम्दी जलविधुत आयोजनाले जनाएको छ । आयोजनाको लागत १६ करोडबाट बढेर २३ करोड भन्दाबढी प्रति मेगावाट पुगेको छ ।
बराह शिखरबाट झर्ने हिमखोला भएकोले घलेम्दी जलविधुत रन अप द रिभर प्रकारको हो । आयोजनाले बर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैया ४० पैसाका दरले विधुत विक्रि गर्ने सम्झौता छ । १ हजार ३ सय जना संस्थापकको ३५ करोड ५० लाख र लम्बिनी तथा टुरिजम विकास वैंकको ५५ करोड लगानी रहेको छ । बाँकी आईपिओबाट जुटाईएको हो ।
त्यसैगरी घलेम्दीको पावरहाउस छेउबाट घलेम्दी, निलगिरी र रेलेखोलालाई जोडेर निर्माणाधिन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला आयोजनाले ३ हजार ५ सय मिटर लामो सुरुङ्ग निर्माण पुरा गरेको जनाएको छ ।
५ अर्व ५८ करोड ९६ लाख रुपैयाँको लागत अनुमान गरिएको मिस्त्रीखोजा जलविधुत आयोजनाले ड्याम, सुरुङ्ग, पाईप राख्ने र पावरहाउस समेतको सिभिल संरचनाहरु एक साथ निर्माण गरिरहेको छ ।
‘आयोजना समग्रमा ८० प्रतिशतबढी काम सम्पन्न भएको छ । अप्ठ्यारो भएको टनेलमा व्रेकथ्रु गरिसकिएकोले लक्ष्य भित्रै आयोजना सम्पन्न गर्छौं ।’ आयोजनाका परामर्शदाता दिवाकर खड्काले भने, ‘विधुत प्राधिकरणले दाना सव स्टेसन निर्माण ढिलाई गर्दा आयोजनाको काम प्रभावित भैरहेको छ ।’
५ अर्व ६४ करोड लागत अनुमान गरिएको मिस्त्रीखोला जलविधुतमा विधुत विकास कम्पनीको १ अर्व, नेपाल इन्भेष्टमेन्ट वैकको ८० करोड, नेपाल बैंकको ५० करोड, नविल वैंकको १ अर्व, लक्ष्मी वैंको ४० करोड, सिद्धार्थ वैंकको ३० करोड र एस डेभलपमेन्ट वैंकको ३० करोड लगानी छ ।
सिभिल कन्ट्रक्सनमा संलग्न हाई हिमालय हाईड्रो कन्ट्रक्सनका अनुसार रेले, निलगिरी र घलेम्दी खोलाको संगमस्थल नजिकै बाँध बनाई ३५ सय मिटर लामो सुरुङ्गबाट १९ क्यूविक पानी ल्याएर दुई सय ४० मिटर तल नारच्याङ्ग बेंशी गाउँमा विधुत गृह निर्माण गरी प्रतिघन्टा २ सय २५ गिगावाट विधुत शक्ति उत्पादन गर्ने मिस्ट्रीखोला जलविधुत आयोजनाले जनाएको छ ।
निर्माणाधिन मिस्ट्रीखोला जलविधुत निर्माता कम्पानी रोवष्ट इनर्जी प्रा.लि.ले छुट्टै ३८ मेगावाको निलगिरी खोला प्रथम र ६२ मेगावाटको निलगिरी खोला दोस्रो निर्माण गर्न प्रवेश मार्ग निर्माण गरिरहेको छ ।
आयोजनाको सुरुङ्ग खन्नेक्रममा मुहान देखी ३ सय मिटर भित्र कालधार क्षेत्रमा सतहको पानी चुहिने, माटो खस्ने समस्या आएपछि केही समय सुरुङ्ग निर्माण प्रभावित भएको थियो ।
आयोजनाले विधुत प्राधिकरणसँग प्रति यूनिट ४ रुपैयाँ ६६ पैसामा बिधुत खरिद सम्झौता गरेको छ । आयोजना स्थलदेखी ४ किमी दानासम्म २ सय ३२ केभिए डवल सर्किट क्षमताको ट्रान्समिसन लाईन निर्माण पनि पुरा भएको छ ।
विधुत प्राधिकरणले म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दानामा र पर्वतको शिवालय नगरपालिका, कुश्मामा २२०/१३२/३३/११ केभिए कालीगण्डकी करिडोर प्रशारण लाईनको सवस्टेशन बनाउने प्रकृया शुरु गरेपछि कालीगण्डकी करिडोरमा पाईपलाईमा रहेका जलविधुत आयोजनाहरुले धमाधम निर्माण शुरु गरेका हुन ।