आज:  | Tue, 28, Jun, 2022

धौलागिरीमा काँग्रेस कार्यकर्ता नेकपा प्रवेश

२८ बैशाख २०७६, शनिबार १५:५१ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, २८ बैशाख ।धौलागिरी गाउँपालिका, १ गुर्जाका नेपाली काँग्रेस कार्यकर्ता नेकपामा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।नेकपा जिल्ला सचिव हरीकृष्ण श्रेष्ठका अनुसार धौलागिरी गापा, १ गर्जाका नेपाली काँग्रेस गुर्जा गाउँ इकाई समितिका अध्यक्ष प्रेमबहादुर छन्त्याल, जिल्ला समवन्य समिति सदस्य सुकमायाँ छन्त्याल, ताकम गाउँ इकाई सदस्य धनबहादुर मगर र राप्रपा गुर्जा गाउँ समिति सदस्य तुलाराम नेपाली नेकपा प्रवेश गरेका हुन ।सवै नव प्रवेशीलाई नेकपाको धौलागिरी गाउँपालिका कमिटिको शनिवार सम्पन्न प्रथम प्रथम वैठकमा जिल्ला सचिव श्रेष्ठले अविर लगाई स्वागत गरेको नेकपा धौलागिरी गाउँ कमिटिले जनाएको छ ।

फोटो ः हरीकृष्ण श्रेष्ठको फेसवुकबाट