आज:  | Tue, 05, Jul, 2022

परिक्षाको इज्जत राख्नुस्, क्याम्पसको इज्जत आफै बढ्छ– प्रा. त्रिपाठी

२६ बैशाख २०७६, बिहीबार ०२:३७ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, २६ वैशाख ।मुलुकको जेठो त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठीले परिक्षाको इज्जत राख्न सके कलेजको र प्राज्ञिक क्षेत्रको इज्जत बढ्ने बताएकी छिन ।बुधवार साँझ म्याग्दी क्याम्पसमा आयोजित त्रिवि पदाधिकारी, क्याम्फस संञ्चालक समिति तथा शिक्षक, कर्मचारी विचको अर्न्तक्रिया कार्यत्रममा वोल्दै शिक्षाध्यक्ष त्रिपाठीले भनिन, ‘परिक्षाको इज्जत घट्दा कलेजहरुको इज्जत घट्छ, नैतिक चेतना कमजोर हुँदा प्राज्ञिक क्षेत्रको नैतिकता गुम्छ । समाजको विश्वास र सम्मान गुम्छ ।’प्रा.त्रिपाठीले राजधानी र देशक ठूला शहरका कतिपय कलेजको भन्दा म्याग्दी क्याम्पसको परिक्षा तथा शैक्षिक गुणस्तर राम्रो फाएकोमा खुसी समेत ब्यक्त गरिन ।क्यूएए कार्यत्रममा गुणस्तर प्राप्त गर्न संघर्षरत म्याग्दी क्याम्पसले त्रिवि अन्तगतका क्याम्पसहरुमा संञ्चालन हुने परिक्षा प्रणाली, शिक्षण तथा नतिजाको गुणस्तर औषतमा राम्रो मानिएको छ । म्याग्दी क्याम्पसमा संञ्चालन हुने सवै तहको परिक्षाको बाहृय सुपरिवेक्षक खटाई अनुगमन गर्दै आएको त्रिवि यस बर्षदेखी सुपरिवेक्षक हटाउन लागेको छ ।‘म्याग्दी क्याम्पसको परिक्षाको गुणस्तर, भौतिक तथा शैक्षिक वातावरण र परिक्षाफलको गुणस्तरबाट त्रिवि सन्तुष्ट छ । त्रिवि सँधै बाहृय सुपरिवेक्षक पठाईरहनु पर्छ भन्ने पक्षमा छैन’ सहपरिक्षा नियन्त्रक अर्जुन भण्डारीले भने, ‘अव परिक्षाको इज्जत र नैतिकता जोगाउने जिम्ममा क्याम्पसलाई नै सुम्पन चाहन्छौं । यसै वर्षदेखी सुपरिवेक्षक नखटाऊन सकिन्छ ।’अर्न्तक्रिया कार्यत्रममा उपप्रध्यापक गोरख जिसीले क्याम्पसले क्युएए कार्यक्रममा गरिरहेको काम र क्याम्पस प्रमुख टिकाराम सापकोटाले समग्र क्याम्पसको शैक्षिक तथा भौतिक अवस्था बारे जानकारी गराएका थिए । उपप्रध्यापक तारानाथ शर्माले त्रिविले परिक्षाको सुपरिवेक्षण भन्दा कक्षा कोठा र शिक्षण पद्धतिमा गहन सुपरिवेक्षण तथा नियमन गर्न सुझाए ।‘म्याग्दी क्याम्पस क्यूएए सर्टिफाईड हुन तोकिएका मापदण्ड पुरा गर्दै अन्तिम चरणमा छौं । सर्टिफिकेट लिन मात्र होईन क्याम्पसमा विद्यार्थीको ड्रपआउट रोक्न र विद्यार्थी, अभिभावकको विश्वास तथा शैक्षिक गुणस्तर र स्पीडलाई टिकाउनु पर्ने नैतिक चुनौति हामी सामु छ’ कार्यक्रमका अध्यक्षता गरेका क्याम्पस संञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदीले भने, ‘क्याम्पसमा संञ्चालन हुने परिक्षाको अनुगमन गर्न बाहृय सुपरिवेक्षक नखटाउने खवरले हामीलाई थप नैतिक तथा ब्यवहारिक चुनौति थपिएको छ । हामीलाई थप जिम्मेवार बन्न प्रेरित गरेको छ ।’