- Loading...
कालीगण्डकी रिसोर्टमा स्वीमिङ पुल
- पुनहिल डट कम
- ५ साल अघि
- ४२७ पटक पढिएको

म्याग्दी, २४ वैशाख ।
गर्मी वढेसँगै जिल्लाका मध्यम वर्गलाई लक्षितगरी पहिलो स्वीमिङ पुल संञ्चालनमा आएको छ । रघुगंगा गाउँपालिका, ३ घुमाउनेताल स्थित कालीगण्डकी रिसोर्टले स्वीमिङपुल संञ्चालनमा ल्याएको हो ।
सदरमुकाम बेनीदेखी ४ किमी उत्तरतर्फ बेनी–जोमसोम सडक किनारामा मुस्ताङ्ग भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटक र गर्मि छल्न भौतारिएका जिल्लाका धनाढ्य समुदायलाई लक्षितगरीे २ करोड ५० लाख लागतमा स्वीमिङ पुलसहितको रिसोर्ट सुरु भएको हो ।
‘राम्रो कमाई भएका नवधनाड्य समुदाय पौडि पोखरी खोज्दै पोखरासम्म पुग्ने गरेका थिए । अर्को तर्फ धेरै युवा विद्यार्थीहरु गर्मी छल्न म्याग्दी, रहुगंगा र कालीगण्डकी नदीको भेलमा पौडी खेल्ने गरेको देखेपछि जिल्लामै पौडी पोखरी आवश्यक देखेको हुँ’ संञ्चालक हरी चन्दले भने, ‘अव पौडी खेल्न पोखरा पुग्नु पर्ने वा नदीको भेलमा हेलिनु पर्ने छैन । सिकारुलाई समेत सस्तो मुल्य तोकेका छौं ।’
पाँच वर्ष देक्षिण कोरियामा काम गर्दा सिकेको सीप र पुँजीलाई संञ्चालक हरी चन्द ठकुरीले पुखौली थलोमा लगानी गरेका हुन । जिल्लामा ब्यवस्थित स्वीमिङ पुल नहुँदा सदरमुकाम बेनीका बोडिङ् स्कुलले गर्मीमा विद्यार्थीलाई पोखरा सम्म पुर्याएर स्वीमिङ गराउने गरेका छन ।
२८ मिटर लम्बाई र १० मिटर चौडाई रहेको स्वीमिङ पुल युवा, वयस्क र सिकारु वालबालिकाले पौडी खेल्न मिल्नेगरी एउटै पोखरीलाई दुई भागमा बनाईएको छ । पोखरीमा एक सय ५० जनाले एकैपटक पौडी खेल्न मिल्ने संञ्चालक कालीगण्डकी रिसोर्टले जनाएको छ ।
स्वीमिङ पुल बाहेक रिसोर्टमा माछा पालन पनि गरिएको छ । लौकाट, हाँस पालन पनि गरिएको छ । हाँसको पोखरीमा छुट्टै २ वटा डुङ्गा राखेर सयर गराउने गरिएको छ । विवाह समेतका पार्टी स्थल, रेष्टुरेन्ट, लजका सेवा उपलब्ध गराउने रिसोर्टले ६ जना परिवारका सदस्यसहित १८ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । रिसोर्टमा कोठा र टेन्टमा गरी ७० जनाले बास वस्न सक्ने क्षमता छ ।
‘कालीगण्डकी रिसोर्ट अर्गानिक र हाईजनिक परिकारको केन्द्र हो । यहाँ हाँस, कुखुरा, खोरबाट ग्राहकले रोजेर ल्याई खान सक्छन । आफैले फिसिङ्गगरी माछाका विभिन्न परिकारको स्वाद लिन सक्छन’ संञ्चालक चन्दले थपे, ‘विदेशमा सिकेको शिप र पुँजी लगानी गरी स्वरोजगार बन्न र अरुलाई रोजगारी दिने अवसर स्वदेशमा प्रसस्त भएको सन्देस दिन चाहन्छु ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
