आज:  | Fri, 01, Jul, 2022

तोरीपानी जाने बस दुर्घटना, १२ यात्रु घाईते

२५ बैशाख २०७६, बुधबार १२:१९ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, २५ वैशाख ।सदरमुकाम बेनीबाट १२ जना यात्रु बोकेर तोरीपानी तर्फ गैरहेको ना ५ ख ५७२४ नम्बरको वस बुधवार साँझ ५ बजे बेनीनगरपालिका, ९ भुतादैला नजिकबाट तल खस्दा सवार सवै यात्रु घाईते भएका छन ।स्थानीय शिक्षक हरीप्रसाद ढुङ्गानाका अनुसार वस दुर्घटनामापरी पूर्व सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका बेनपा, ९ का यामबहादुर चोखाल, सोही ठाउँका रुद्रबहादुर चोखाल, पुस्कर शर्मा ओखले, वसन्त शर्मा ओखले, सागर बानियाँ तोरीपानी समेत रहेका छन । घाईतेलाई उपचारकालागी बेनी अस्पताल तर्फ लगिएको छ । वस सडकदेखी अन्दाजी ७ मिटर तल वारीमा खसेको छ । घट्नाको कारण र घाईतेको थप विवरण खुलेको छैन ।फोटा ः हरीप्रसाद ढुङ्गाना