आज:  | Sun, 03, Jul, 2022

५ बर्षिया बालिका बलात्कार प्रयास गर्ने पक्राउ

२४ बैशाख २०७६, मंगलवार १२:२७ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, २४ वैशाख ।रघुगंगा गाउँपालिका, ४ दग्नामकी एक ५ बर्षिया बालिका बलत्कार प्रयास आरोपमा सोही ठाउँका ३२ बर्षिय ब्यक्ति पक्राउ परेका छन ।मंगलवार दिउँसो अन्दाजी ४ बजे घरमा कोही नभएको अवस्थामा ३० रुपैयाँ दिई ललाई फकाई गरी शौचालयमा लगी कपडाखोली वलत्कार गर्ने प्रयास गर्दा पीडितका ६ बर्षिय दाजुले सुनी शौचालय पुग्दा लात्तिले हानी भागेका ति ब्यक्तिलाई बुधवार प्रहरीले पक्राउ गरेको हो ।पीडितकी आमाले दिएको किटानी जाहेरी पछि घट्नाको अनुसन्धान गर्न पक्राउ परेका ब्यक्तिलाई बुधवार नै जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ध्रुवप्रसाद शर्माले बताए ।