Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दीका गाउँ–गाउँमा उस्तै छ, वालविवाह

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५२६ पटक पढिएको
म्याग्दीका गाउँ–गाउँमा उस्तै छ, वालविवाह

म्याग्दी, बैशाख १९ गते ।

धौलागिरी गाउँपालिका, २ लुलाङ्ग स्थित लमसुङ्ग माध्यामिक विद्यालयको जुनियर रेडक्रस सर्कलमा आवद्ध कक्षा ९ मा अध्ययनरत १५ बर्षीया भकु विक र सोही कक्षाका मिलन विक दम्पत्ति हुन ।

भकु र मिलनले मात्र होईन, लमसुङ्ग माविमा ८, ९ र १० कक्षामा ७ जोडी दम्पत्ति अध्ययनरत छन । पढ्दापढ्दै सहपाठीसँग प्रेम विवाहपछि धेरै छात्राहरु गर्भवती भै विद्यालय छोडेका छन । जिल्लामा सवै भन्दाबढी वालविवाहको समस्या धौलागिरी गाउँपालिकामा छ । वालविवाहको कारण यहाँको शैक्षिक वातावरण नै प्रभावित भएको छ । यहाँका विद्यालयहरुको कक्षा ८ र एसईई परिक्षा फलपनि तुलनात्मक कमजोर छ ।

‘वालविवाह रोक्न अभियान जारी छ केही विवाह वदर गर्न खोज्यौं तर किसोर/किसोरीले ‘विवाह छुट्याए’ झुण्डिएर आत्महत्या गर्न खोजे’ धौलागिरी गाउँपालिका, उपाध्यक्ष तथा न्यायिक समितिका अध्यक्ष रेशम छन्त्यालले भने, ‘नयाँ वालविवाह रोक्ने र गरीसकेकालाई भने अध्ययन निरन्तरता र कलिलो उमेरमा आमा नवन्न सुझाएका छौं ।’

लमसुङ्ग मावि उदाहरण मात्र हो, जिल्लाका क्षेत्रमा वाल विवाह समस्याको रुपमा रहेको छ । धौलागिरी, मालिका र रघुगंगाको माथिल्लो भेगमा वालविवाह अझ धेरै छ । जिल्लाका प्रायःसवै विद्यालयमा बालविवाह समस्याको रुपमा छ । विवाहित अधिकांश छात्र/छात्राहरु मगर र दलित समुदायका छन । सदरमुकाम वरपरका वस्तीमा पनि वालविवाहको उस्तै समस्या छ ।

‘मगर समुदायमा तुलनात्मक खुल्ला संस्कार र मेलापर्व मनाउने प्रचलनको नकरात्मक प्रभाव विद्यालय तहको उमेरमै छात्रछात्रामा परेको छ’ धौलागिरी गाउँपालिका प्रमुख थमसरा पुनले भनिन, ‘छोराछोरीको मात्र कुरा गर्नु आमावावु पनि गतिला छैनन । एउटाको स्वास्नी अर्कोले अर्कोको स्वास्नी अर्कोले लग्यो वा कि लोग्नेले कुट्यो भन्ने मात्र मुद्धा आउँछन’

विद्यालय तहमा अध्ययनरत छात्रछात्राले १६ बर्षअघि नै प्रेम विवाह गर्ने गरेका छन । जिल्लाका ग्रामिण भेगका सवै जातिका अधिकांश छात्राहरुको विद्यालय तहमै विवाह हुने गरेको छ । २० बर्ष अघिको विवाह कानुनी रुपमा मान्य नहुने भने पनि गाउँपालिकाले वालविवाह दर्ता गरिरहेको छ । प्रशासन कार्यालयले १६ बर्षमै विवाहिता नागरिकता दिने गरेको छ ।

‘कानुनी रुपमा विवाह गर्ने उमेर नभएपनि किसोरी आमाहरु वच्चा च्यापेर जन्मदर्ता गराउन आउँछन । लोग्ने कायमगरी नागरिकताको शिफारिस माग्छन । ब्यवहारिक जटिलता छन’ रघुगंगा गाउँपालिका, ७ चिमखोलाका वडाध्यक्ष दुर्गा पुनले भने, ‘वालविवाह विरुद्ध अभियान चलाईरहेका छौं तर मोवालई र फेसवुकले झन बढाईरहेको छ ।’

कलिलो उमेरमै सम्बन्ध विच्छेद गर्ने र गर्भवतन गर्ने पनि उस्तै छन । श्वास्थ्य कार्यालयका अनिच्छुक गर्भपतन गर्ने मध्य गर्ने किसोरीको संख्या बढेका छन । गर्भपतन गर्नेमध्य ५ प्रतिशत १५–१७ बर्षका किसोरी छन । चालु बर्षको पहिलो ६ महिनामा गर्भपतन गर्ने ५ सय ५७ मध्य २० बर्षमुनीका २५ किसोरी हुन । ८० प्रतिशतबढी २०–२५ बर्ष समुहका युवती छन ।

‘१५–१६ बर्षकै उमेरमा गर्भपतन गर्न आउनेको संख्या ५ प्रतिशत छ । गर्भपतन गर्न बैधानिक संस्था रोजेकोले यी किसोरीहरु बालविवाहबाट पीडित हुन’ वेनी नगरपालिका श्वास्थ्य संयोगक लिलादेवी गौतमले भनिन, ‘सुरक्षित गर्भपतनले महिलाको सुरक्षाको उद्देश्य रहेपनि परिवार नियोजनको रुपमा दुरुपयोग हुन थालेको छ ।’

सामाजिक परम्परा अनुसार १६ बर्षकै कलिलो उमेरमा टेकबहादुर हमालसँग विवाह गरेकी बेनी नगरपालिका ५ पुलाचौरकी शिलाको वैवाहिक सम्बन्ध तीन बर्षपनि टिकेन । सम्बन्ध विच्छेद गरिन । बेनी नपा ४ सिङ्गाकी इन्दु गुरुङ्गको पनि १६ बर्षकै कलिलो उमेरमा प्रेम विवाह भएको हो । विवाह गरेको चार बर्षपछि छोरी स्मृतिको जन्मिएपछि परिवारमा अविश्वास बढ्यो, इन्दुले पनि सम्बन्ध विच्छेदको बाटो रोजिन ।

शिला र इन्दु, कलिलो उमेरमै घरवार तोड्न वाध्य किसोरी पात्र मात्र हुन । वाबुआमाको काखबाट भुईमा ओर्लन नपाई विवाहमा जोडिन पुगेका अल्लारे किसोरीहरुको जीवन संकटमा पर्ने गरेको छ । कलिलो उमेरमै विवाह, गर्भपतन र सम्बन्ध विच्छेदले किशोरवयमै केटीहरु संकटमा मात्र परेका छैनन, सामाजिक मुल्यमान्यता पनि भत्काएको छ ।

‘विवाह गर्ने उमेर पनि नपुगेका किसोरीहरु पनि सम्बन्ध विच्छेद, मानाचामल भराई पाउन अदालत आएको भेट्छु । मिसिल अध्ययन गर्यो, १४, १५ बर्षमा प्रेम विवाह गर्यो, १८–२० बर्ष नपुग्दै वच्चाकी आमा भएका कि घरवार तोडिएको हुन्छ’ जिल्ला न्यायाधिश राजकुमार कोईरालाले भने, ‘जिल्लाका आधाबढी मुद्धा सम्बन्ध विच्छेदका हुन्छन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल