FLASH NEWS
  • Loading...

अन्नपूर्ण आरोहणपछि धौलागिरी चढ्दै निर्मल पुर्जा

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५०३ पटक पढिएको
अन्नपूर्ण आरोहणपछि धौलागिरी चढ्दै निर्मल पुर्जा

म्याग्दी, १९ वैशाख ।

अन्नपूर्ण प्रथम (८०९१मी) हिमाल सफल आरोहण गरेका निर्मल पुर्जा मगर (निम्स) एक सातामै अर्को अग्लो धवलागिरी प्रथम हिमाल अरोहण गर्न हिंडेका छन ।

७ महिनाभित्र ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व किर्तिमान राख्ने महत्वकांक्षी ‘प्रोजेक्ट पोसिवल १४/७’ मिसनमा निक्लेका पुर्जा संसारको दशौं अग्लो अन्नपूर्ण प्रथम (८०९१ मी) को आरोहण गरेको एक सातामै अर्को सातौं अग्लो धवलागिरी प्रथम (८१६७ मी) दोस्रो पटक आरोहण गर्न विहिवार धवलागिरी वेस क्याम्पमा रहेको जापानिज क्याम्प तर्फ लागेका छन । अन्नपूर्ण हिमाल आरोहणबाट फर्केर म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दाना स्थित पुख्यौली घरमा २ दिन विश्रामपछि आरोही पुर्जा विहिवार हेलिकोप्टरबाट धवलागिरी हिमाल वेस क्याम्प उत्रेका हुन ।

‘म दोस्रो पटक आरोहण गर्न धवलागिरी हिमाल तर्फ जाँदैछु । आरोहणपछि फर्केर जिल्लाबासीसँग अनुभव साट्न आउँछु’ धवलागिरी तर्फ उड्नु अघि फोनमा कुरा गर्दै पुर्जाले भने, ‘मलाई अहिले सवैको आर्शिवाद र सुभेच्छा चाहिएको छ ताकी मैले मिसन सजिलै पुरा गर्न सकुँ ।’

निर्मलले हिमाल आरोहणमा धेरै विश्व किर्तिमान राखेका छन । ५ दिनमै ८ हजार मिटर अग्ला सगरमाथा, ल्होत्से, र मकालु चढेर विश्व किर्तिमान राखेका पुर्जाले सगरमाथादेखी ल्होत्से आरोहण १० घन्टा १५ मिनेटमा पुरागरी अर्को रेकर्ड राखे । यस अघि यो २० घन्टाको रेकर्ड तोडेका हुन । १७ दिनमा सगरमाथा दुई पटक, ल्होत्से र मकालु एक–एक पटक चढ्ने पुर्जा मगर संसारका पहिलो आरोही हुन ।

संसारका ८ हजार भन्दा अग्ला हिमालहरु सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु, च्होयो, धवलागिरी, नाङ्गगा पहाड, अन्नपूर्ण प्रथम, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो, शिशापङगामा छन । यी मध्य ८ नेपालमा र बाँकी पाकिस्तान र चीनमा पर्छन ।

किर्तिमानी आरोही पुर्जा सन् २००३ मा पोखरा स्थित व्रिटिश गोर्खा क्याम्पबाट छनौट भै वेलायती सेना प्रवेश गरेका हुन । उनी २००९ देखी ‘युके स्पेशल फोर्स कार्यरत रहे । वेलायति सेनामै रहँदा सन २०१२ देखी हिमाल आरोहण सुरु गरेका पुर्जाले तीन पटक सर्वोच्च शिखर सगरमाथा, लोत्से, मकालु र धवलागिरी हिमाल चढी सकेका छन । पुर्जा सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो सर्भिङ व्रिटिश गोर्खा पनि हुन । पुर्जा व्रिटिश गोर्खा सैनिकमा स्पेशल फोर्समा भएको कारण हिमाल आरोहणका समाचार बाहिर आएका थिएनन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल