- Loading...
‘सामाजीक सुरक्षाको ब्यवहारिक कार्यान्वयन गर’
- पुनहिल डट कम
- ५ साल अघि
- ५४३ पटक पढिएको

म्याग्दी, १८ बैशाख ।
न्यूनतम पारिश्रमिक, समान ज्याला र सामाजिक सुरक्षाको ब्यवहारिक कार्यान्वयनको माग गर्दै म्याग्दीका मजदुरहरुले पनि १ सय ३० औं अर्न्तराष्ट्रिय श्रमिक मजदुर दिवस मनाएका छन ।
नेपाल ट्रेड युनियन महासँघ (जिफन्ट)को आयोजनामा अगाडी पन्चेवाजा घन्काउँदै श्रमिक दिवसको मुल ब्यानर सहित प्लेकार्ड बोकेका मजदुरको र्याली बेनीबजार परिश्रमागरी सभामा परिणत भएको थियो ।
गण्डकी प्रदेश सभा सदस्य विनोद केसीको प्रमुख आतिथ्यतामा सम्पन्न श्रमिक मदजुर दिवसका प्रायः सवै वक्ताले समान काममा महिला–पुरुष विच समान ज्याला, न्यूनतम पारिश्रमिकको ग्यारेन्टी, सामाजिक सुरक्षाको ब्यवहारिक कार्यानवयन र कार्यस्थलमा मजदुरको सुरक्षा उपकरण अनिवार्य र आकस्मीक स्वास्थ्य उपचारको ब्यवस्थाको माग गरे ।
निर्माण क्षेत्रमा खासगरी ठेकदारबाट मजदुर चर्को शोषणमा परेका छन । अझ पेटी ठेकदारहरुबाट निर्माण मजदुर ठगिएका छन । राजनैतिक दल र प्रशासनको तिनै ठेकदारसँगको मिलेमतो र गठजोरले मजदुरले न्याय पाएका छैनौं’ जिफन्टकी जिल्ला अध्यक्ष वलदेवी बरुवाल राईले भनिन, ‘विना सुरक्षा निर्माण मजदुरलाई जोखिमपूर्ण काममा खटाउने, दुर्घटनामा उपचार खर्च नपाउने र कामको उचित ज्याला त परको कुरा काम गरेको ज्याला नै नपाई रिक्तो हात घर फर्कनु पर्ने अवस्था अझै छ ।’
कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेश सभासद केसी, संविधान सभा दोस्रोका सदस्य नवराज शर्मा, काँग्रेस सचिव मीनबहादुर कार्की, जिफन्टका पूर्व अध्यक्ष गोपाल रिजालले श्रमिक मजदुरमाथी भैरहेको शोषण र उत्पीडन विरुद्ध राजनैतिक दल, प्रशासन र समाजका अगुवा मौन वसेको स्वीकार गर्दै ऐन, कानुनहरुको ब्यवहारिक कार्यान्वयनमा सवै सचेत हुनु पर्ने बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
