FLASH NEWS
  • Loading...

शिख माविमा जुरेस, वालक्लव र ग्रिन फोर्स गठन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३४ पटक पढिएको
शिख माविमा जुरेस, वालक्लव र ग्रिन फोर्स गठन

सेते तिलिजा

शिख, २९ बैशाख ।

अन्नपूर्ण गाउँपालिका, ५ शिख स्थित शिख माध्यामिक विद्यालयमा जुनियर रेडक्रस सर्कल, वाल क्लव र ग्रीन फोर्स क्लव गठन भएको छ ।

विद्यालयका अनुसार अमिन्दा पाईजा, सविच कृष्ण तिलिजा र कोषाध्यक्षमा दृष्टित पुर्जा रहेको ११ सदस्यीय जुनियर रेडक्रस सर्कल गठन भएको हो। जुरेसको सदस्यहरुमा क्रमश ः सोहम शेरपुजा, नर्मदा पाईजा, स्मिता पुर्जा, छायाँ तिलिजा, विपिना पुजा, अनिस विक, सुदिप बरुवाल र राजन तिलिजा रहेका छन ।

त्यसैगरी वाल क्लवको अध्यक्षमा कमला पाईजा, सचिव अमिसा राई र कोषाध्यक्षमा एलिसा पुन चयन भएका छन । ११ सदस्यीय क्लवको सदस्यहरुमा क्रमश ः संगम तिलिजा, रुपेश तिलिजा, सिता परियार, दुर्गा परियार, सुवास परियार, गुन्जन रन्तिजा पुन, निसा पुर्जा र निरज गुरुङ्ग रहेका छन ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा पर्ने विद्यालयहरुमा वातावरण संरक्षण तथा प्रर्वद्धनमा विद्यार्थीलाई सकृय सहभागी गराउन शिख माविमा पनि ग्रीनफोर्स क्लव गठन भएको छ । ११ सदस्यीय क्लवको अध्यक्षमा रेस्मा सुनार, सचिव रेखा पुर्जा र कोषाध्यक्षमा तेलकुमारी पाईजा रहेका छन । त्यसैगरी सदस्यहरुमा क्रमश ः अभिषेक पाईजा, प्रविन सुनार, सोनिया परियार, जमुना खाती, सोमबहादुर बुढा, सचिन तिलिजा, अनिसा पुर्जा र विशाल राई रहेका छन ।