- Loading...
नासिँदै पाहुना हिड्ने बाटा
- पुनहिल डट कम
- ५ साल अघि
- ४४१ पटक पढिएको

परम्परागत गोरेटो विस्तारित सडकमा गाडी आउजाउ गर्न थालेपछि यहाँ चल्तीका पाहुना हिँड्ने बाटा (पर्यटक पदमार्ग) नासिँदै गएका छन ।
विश्वमै पदयात्राकालागी प्रख्यात अन्नपूर्ण चक्रिय पदमार्ग नासेर बेनी–जोमसोम सडक निर्माण भएको छ । चल्तीको गोरेटो/घोडेटोमा मोटरले धुलो उडाउँदा पदयात्रीलाई सास्ती भएको छ । बाँकी भएका अन्य पर्यटक हिँड्ने बाटोमा पनि सडकले मास्नेक्रम तिव्र छ । प्रख्यात अन्नपूर्ण पदमार्गका गन्तब्य विरेठाँटी, उल्लेरी, घान्द्रुक, घोडेपानी, पुनहिल पुग्न पर्यटक हिँड्ने बाटाहरुमा पनि मोटर गाडी गुडाउने भन्दै धमाधम डोजर चलाउन थालिएको छ । घान्द्रुकमा गाडी पुगी सक्यो, घोडेपानी/पुनहिलमा मोटर पुर्याउन सरकार समुदायलाई उक्साई रहेको छ ।
चार बर्षअघि गोरखाको वारपाक केन्द्र विन्दु भएर गएको महाँभुकम्पपछि घोडेपानी/पुनहिलमा पनि अन्यत्र जस्तै पर्यटक आएनन । पदमार्ग सुनसान भयो । विस्तारै पर्यटकले घोडेपानी/पुनहिल भरिभराउ हुन थालो । पर्यटको चहल–पहल हृवात्तै बढ्यो । अव पदमार्ग मास्ने पालो आएको छ, राष्ट्रिय पुननिर्माण प्राधिकरणको । प्राधिकरणले पर्यटक हिँड्ने चल्तीको पदमार्ग मासेर भुकम्प प्रभावित क्षेत्र सुधार अर्न्तगत धमाधम सडक निर्माण गरिरहेको छ । सरकारले घोषणा गरेको मुलुकका सय उत्कृष्ट पदयात्रा गन्तब्यमा आएका पर्यटकले पदमार्गमा चलेका डोजर, ट्याक्टर र गाडीले उडाएको धुलोको कुहिरोमा छोपिएर यात्रा गरिरहेका छन । पदमार्गमा पैसा खर्चगरी हिँडे वापतको सँजाय भएको छ, पर्यटकलाई ।
पुननिर्माण प्राधिकरणले वैकल्पिक पदमार्गको ब्यवस्था नगरी सुरु गरेको पोखरे–चित्रे १८.५ किमी सडक निर्माण गर्न २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लगाएको छ । चित्रेदेखी घोडेपानी/पुनहिलसम्म करिव ३ किमी क्षेत्रमा मोटरबाटो जोड्ने/नजोड्ने विषयमा पर्यटन ब्यवसायीविच मत विभाजित छ ।
‘मोटरबाटोले संसारको सर्वाधिक ठूलो लालीगुराँको जंगल विनास हुन्छ । प्रख्यात पदयात्रा गन्तब्य घोडेपानीको सौन्दर्य घट्छ र पर्यटकको आर्कषणमा कमि आउने भएकोले मोटरबाटो पुर्याउनु उचित हुन्न । तर समुदायको एक मत हुन्छ भने मोटरबाटो खनौं’ घोडेपानीका पर्यटन ब्यवसायी समेत अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर पुनले भने, ‘गाउँपालिकाको प्रमुख श्रोत भनेकै पर्यटन र जलविधुत हुन । हामी पर्यटन विकासको लक्ष्य लिँदा प्रख्यात पदमार्ग मास्ने कुराले चित्त बुझेको छैन ।’
पाहुना हिँडाउन छुट्टै गोरेटो बाटो बनाउन प्रयास भएनि सफल भएको छैन । मोटरबाटोले विख्यात अन्नपूर्ण चक्रिय मार्गमा पर्यटक संख्या बर्षेनी घट्दो छ । राउण्ड अन्नपुर्णको १६ दिने यात्रा अवघि घटेर ६ दिनमा झरेको छ । अन्नपूर्णको पदमार्गमा पर्यटको आकर्षण जोगाउन र बसाई लम्बाउन एक्यापले मुस्ताङ्गको मुक्तिनाथ–लुब्रा–पाण्डाखोला–जोमसोम–ठिनी–ढुम्बाताल–स्याङ–मार्फा–छैरो–चिमाङ–चोखोपानी–सौरु–टिटी–कुञ्जो–छयो–झिप्राहुँदै घाँसा र घाँसाबाट पैहृोथाप्लो–कोप्चेपानी–गाडपार–नारच्याङहुँदै अन्धगल्छीको तातोपानी र घारखोला घारको हल्लेखर्क–खिवाङ्गहुँदै पुनहिल (घोडेपानी) जोड्ने वैकल्पिक पदमार्ग प्रस्ताव गरिएपनि प्रभावकारी वन्न सकेन ।
‘अन्नपूर्ण ट्रेकिङ रुटलाई मोटरवाटोले ध्वस्त पारेपछि थोरङ्गामुनीको मुक्तिनाथदेखी म्याग्दीको तातोपानीसम्म वैकल्पिक पदमार्ग प्रस्ताव गरिएपनि चल्तीमा आएन’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण समिति सदस्य तथा अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ्गका पर्यटन ब्यवसायी तेजबहादुर गुरुङ्गले भने, ‘पारीपारी गाडी गुडेको देखेपछि वारीवारी भीरपहरा र जंगलको गोरेटोमा हिँड्न पर्यटकलाई भन्दा गाईडहरुले अल्छि माने । सजिलो र छिटो यात्रा गर्न ट्रेकिङ तथा ट्राभल कम्पनी हतार गरे ।’
अन्नपूर्ण पदमार्गमा मात्र होईन, धौलागिरी पदमार्ग, ढोरपाटन सिकार आरक्ष तथा गुरिल्ला पदमार्ग, धौलागिरी आईसफल तथा सेन्चुरी पदमार्ग र समुदायको ब्यवस्थापनमा चलेको अन्नपूर्ण–धौलागिरी सामुदायीक पर्या पदमार्गमा पनि उही मोटरबाटोकै पिरलो छ । मोटरबाटो कि पर्यटन ? मत बाझिदै आएको छ ।
जिल्लाको राजनैतिक नेतृत्व तथा स्थानीय सरकारहरु वोली र कागजमा पर्यटन र जलविधुत जिल्लाको लाईफ लाईन भएको बताउने गरेपनि ब्यवहारमा परम्परागत पदमार्गमा डोजर चलाउन मै ब्यस्त छन । अधिकांश जनताको लाईफलाईन सडक भएकाले पर्यटन भन्दा पहिलो प्राथमिकता मोटरबाटोमा हुने गरेको छ । वैकल्पिक पदमार्गको खोजीमा समेत चासो दिएका छैनन ।
‘मोटरबाटो नखनौं, जनताको चुहृोमा नुनतेल पुग्दैन, जनताको वारीको सागपात र गेडागुडीले बजार पुग्ने बाटो पाएको छैन । सडक खनौं, पर्यटनमा नकरात्मक प्रभाव पर्छ’ रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘एकिकृत वस्ती विकासको अवस्थामा नपुग्दासम्म हामीलाई मोटरबाटोको दवाव थेग्न मुस्किल छ । अव पर्यटकलाई मोटरमा चढाएरै हिमालमुनी पुर्याउँछौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
