FLASH NEWS
- Loading...
कालीपुल आमा समुह अध्यक्षद्धारा २ लाख सहयोग
- पुनहिल डट कम
- ५ साल अघि
- १३० पटक पढिएको
बेनीकी एक अगुवा महिला नेतृले मानवीय सेवामा समर्पित ओमकुमारी शान्ति कोषलाई २ लाख नगद आर्थिक सहयोग गरेकी छिन ।
सहयोगसंगै तिलिजालाई संस्थाले संरक्षक सदस्यता प्रदान गरेको जनाएको छ ।
बेनी नगरपालिका, ८ पिपलचोक घर भै स्थानीय कालीपुल आमा समुहकी अध्यक्ष भुलमायाँ/रामबहादुर तिलिजाले आईतवार ओमकुमारी शान्ति कोषलाई २ लाख आर्थिक सहयोग गरेकी हुन । दर्जनबढी सामाजीक संघ/संस्थामा आवद्ध ‘भुनु’ बेनीकी अगुवा महिला कार्यकर्ता हुन ।
सहयोग रकम जिल्लाका विपन्न विरामीको उपचारमा खर्च गरिने कोषका अध्यक्ष राजेश शाक्यले बताए । विपन्न जिल्लाबासीको उपचारमा सहयोग जुटाउँदै आएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले २ करोडको अक्षय कोष स्थापनार्थ ‘संसारभरका सहयागी मनहरु’बाट सहयोग संकलन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस