आज:  | Thu, 30, Jun, 2022

बाढीपहिरोको उच्च जोखिम, पूर्वतयारी छैन

१२ बैशाख २०७६, बिहीबार ११:५४ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता

प्रि मनसुन सकृय हुन थालेको छ । कालीगण्डकी, रहुघाट र म्याग्दीनदीमा पानीको सतह बढेको छ । लाग्दो बैशाखमै बेनीजोमसोम सडकमा पहिरो खसेर यातायात अवरुद्ध हुन थालेको छ । जिल्लाका ग्रामिण सडकहरु खहरे खोलामा आउने बाढीले भत्कन थालेका छन । खेतिवालीमा पुरिन थालेका छन ।

जिल्लाका २६ बढी वस्ती र एक दर्जनबढी विद्यालय बाढी तथा पहिरोको उच्च जोखिममा छन । तर कुनै पनि नगर/गाउँपालिका र विद्यालय तहमा विपद ब्यवस्थापन कार्ययोजना र प्रकोप प्रतिकार्यमा जुट्नु पर्ने भएपनी कसैको ध्यान पुग्न सकेको छैन ।

भुकम्प, बाढीपहिरो, आगोलागी समेतका विपत्तिको समयमा विद्यार्थीको सुरक्षाकालागी विद्यालयले विपत ब्यवस्थापन कार्ययोजना बनाउनु जानकारी नभएको बताए । विद्यालय तहमै विपद ब्यवस्थापमा ब्यवस्थापन समिति तथा निजी विद्यालयका संञ्चालकहरुको चासो नपुग्दा बालबालिकाहरु विपत्तिको जोखिममा छन । गाउँका केही सामुदायीक तथा सरदुमकामका प्रायः सवै संस्थागत (बोर्डिङ्ग)समेतका विद्यालयहरुले विना इन्जिनियरिङ्ग डिजाईन इष्टिमेट साँघुरो स्थानमा प्राविधिक रुपमा विद्यार्थी राख्न नमिल्ने भवनहरुमा अध्यापन गराउँदै आएका छन ।

बेनीका सामुदायीक तथा संस्थागत सवै विद्यालयका दुई तिन तल्ले भवनहरुमा बालबालिकालागी जोखिमपूर्ण अवस्था राखेर अध्ययन/अध्यापन गराउँछन प्राकृतिक विपदबाट जोखिमपूर्ण एक संस्थागत विद्यालयमा आफ्ना छोराछोरी पढाउने ओम पुनले भने, ‘सयौं/हजारौं बालबालिकाको भविश्य जोडिएको विद्यालय विपत सामना गर्न क्षमता नभएका मात्र होईनन, तयारी समेत गरेका छैनन ।

विद्यालयहरु मात्र होईन जिल्लाका अधिकांश वस्ती बाढी पहिरोको उच्च जोखिममा छन । अधिक भिरालो तथा कमजोर भूवनावट, खोलानालाको किनारा, भिरको कन्दरामा गुचुमुच्च परेका वस्ती र अब्यवस्थित मोटरबाटो समेतका विकासे योजना निर्माणले म्याग्दीका अधिकांश वस्ती बाढीपहिरोको उच्च जोखिममा छन ।  जिल्ला विपद पूर्वतयारी तथा दैविप्रकोप उद्धार समितिको तथ्याङ्ढ अनुसार बेनी नगरपालिका समेत जिल्लाका सवै ५ गाउँपालिकाका ४५ मध्य २९ वडा पहिरोको उच्च जोखिमा छन । सदरमुकाम बेनीबजार बाढीको उच्च जोखिममा रहेको शहर मध्यको एक हो ।

अधिकांश वस्ती बाढीपहिरोको उच्च जोखिममा भएपनि न्यूनिकरण र ब्यवस्थापन गर्न पहिलो प्रभावित र जिम्मेवार रहने स्थानीय तहमा तयारी भने छैन । स्थानीय सरकारसंग विपत्तका वेला आवश्यक खोज, उद्धार, प्रविधी र जनशक्ति मात्र होईन उद्धारपछि उपलब्ध गराउनु पर्ने राहत सामाग्री छैन ।

विपत प्रतिकार्य कोष स्थापना गरेपनि परिचालन गर्ने संरचना र आवश्यक सामाग्री हामीसँग छैन मालिका गाउँपालिका उपप्रमुख खरमायाँ विटालुले भनिन, ‘बाढी, पहिरोको संकटासन्न अवस्थामा छौं । आपतकालिन उद्धार र राहत सामाग्री पुर्‍याउन सवै वडामा हेलिप्याड बनाएका पनि छौं तर हामीसँग परिचायलन गर्ने संयन्त्र, उद्धार तथा राहत सामाग्री र दक्ष जनशक्ति भने छैन ।

सदरमुकाममा भने समग्र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेका दैविप्रकोप उद्धार समिति मातहत २४ सै घन्टा संञ्चालन हुनेगरी जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्र (डिओसी) स्थापना भएको छ । केन्द्रसँग सिमित उद्धार सामाग्री भएपनि प्रयाप्त छैन । सदरमुकाम समेत सवै ग्रामिण सडक बाढीपहिरोको उच्च जोखिममा रहेकोले जिल्ला दैविप्रकोप उद्धार समितिले जिल्लामा कार्यरत सवै सडक आयोजनालाई कम्तीमा एक स्काभेटर, डोजर, लोडर तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।

विपतमा खोज र उद्धारकालागी आवश्यक सामाग्री नभएपनि हामी रेडक्रस, सेना, प्रहर िसमेत सरोकारवाला तयारी अवस्थामा छौं जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, ‘बाढीपहिरोले सडकमा यातायात अवरुद्ध हुने भएकोले खोज, उद्धार तथा राहत सामाग्री प्रभावित क्षेत्रमा छिटो पुर्‍याउन एक वडा एक हेलिप्याड अवधारणा कार्यान्वयन गरेका छौं ।

एक वडा एक हेलिप्याड

आपतकालिन उद्धार र राहत सामाग्री पुर्‍याउन जिल्लाका सवै ६ स्थानीय तहका ४५ वडामा एक वडा एक हेलिप्याड निर्माण सुरु गरिएको छ । बेनी नगरपालिका बाहेक सवै गाउँपालिकाका प्रायः वडामा हेलिप्याड निर्माण गरिएको पनि छ ।

गाउँ/नगरपालिकामध्य सवै वडामा हेलिप्याड निर्माण गर्ने पहिलो भएको मालिका गाउँपालिकाले दावि गरेको छ । विपतका बेला आपतकालिन खोज, उद्धार तथा सहयोग छिटो पुर्‍याउन एक वडा एक हेलिप्याड निर्माण अभियान सुरु गरिएको हो ।

बाढिीपहिरोको उच्च जोखिमयुक्त वस्ती भएकोले संभावित दुर्घटनामा आपतकालिन खोज, उद्धार र सहयोग पुर्‍याउन सवै ७ वटै वडाका पायक पर्ने स्थानमा हेलिप्याड बनाएका छौं मालिका गापा उपप्रमुख खरमायाँ विटालुले भनिन्, ‘सवै हेलिप्याड राक्रीकालिन अवतरणयुत्त हुन ।

जिल्ला विपद व्यवस्थापन समितिले आपतकालिन उद्धारलाई सहज गराउन जिल्लाका एक नगरपालिकासमेत ६ वटा स्थानीय तहका सवै ४५ वडामा हेलिप्याड निर्माण गर्ने अभियान सुरु गरेको हो ।

विगतका विपद्जन्य घट्ना, मानवीय तथा भौतिक क्षतिको अवस्था हेर्दा म्याग्दी विपद्को संकटासन्न अवस्थामा छ । प्राकृतिक सम्पदाको अब्यवस्थित उपभोगले  निम्त्याएको भूस्खलन (पहिरो)बाट पछिल्ला केही बर्षमा विपद्का घट्ना बृद्धी भएको सरोकारवाला निकायको ठहर छ ।

संभावित विपद्को पहिचान, विपद्को क्षति न्यूनिकरण गर्न सामुदायिक प्रयास शुरु गरेका छौं रेडक्रस जिल्ला सभापति लेखबहादुर हमालले भने, ‘आपतकालिन बन्दोवस्ती र उद्धारकालागी हामी तयारी अवस्थामा छौं ।

वेतारे बाढी पूर्वसूचा प्रणाली अलपत्र

सदरमुकाम बेनीबजारसमेत कालीगण्डकी र म्याग्दी नदी तटका वस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न जडान गरिएको पूर्वसूचना (साईरन) प्रणाली अलपत्र छ ।

अन्नपूर्ण गाउँपालिका, ३ तातोपानी छेउ कालीगण्डकी नदीमा बाढीको पूर्व सूचना दिन राखिएको उपकरणलाई बेनीजोमसोम सडक आयोजनाले सडक विस्तार गर्ने क्रममा डोजर लगाएर नष्ट गरिदिएको छ । त्यसैगरी मंगला गाउँपालिका केन्द्र बाबियाचौर धौलागिरी गापा, ७ ताकमको फेदी नजिक म्याग्दी नदीमा राखिएको पूर्वसूचना प्रणाली पनि अलपत्र छ ।

नियमित रेखदेख, मर्मतसंभार र नियमन नहुँदा दैविप्रकोपको क्षति न्यूनिकरण गर्न राखिएको स्वचालित ताररहित पूर्वसूचना प्रणालीबारे स्थानीय सरकार मात्र होईन जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्र (डिओसी), जिल्ला दैविप्रकोप उद्धार समिति, प्रमुख जिल्ला अधिकारी र विपतमा खटिने सुरक्षा निकाय वेखवर छन ।

बाढीको पूर्वसुचना कसरी लिनेदिने प्रणालीको जानकारी छ । तर म्याग्दी र कालीगण्डकी नदीमा अर्लिवार्निङ साईरन जोडिएको बारे जानकारी छैन प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, ‘अर्लिवानिङ्ग सिस्टमबारे खोजी र पुनः संञ्चालन आवश्यक छ ।

एकिकृत पर्वतीय विकासकालागी अन्तराष्ट्रिय केन्द्र (इसिमोड)को उपकरण सहयोगमा लीवर्ड, बहुसरोकारवाला वन कार्यक्रम विषेस पहल परियोजना, वातावरण संरक्षण शिविर (एक्का) र दिगो इको इन्जिनियरिङ्गले म्याग्दी खोलाको फेदी, बाबियाचौर र कालीगण्डकी नदीमा तातोपानीमा  यो प्रविधी जडान गरिएको थियो ।

नदी किनारामा जडान गरिएको ट्रान्समिसन यूनिट र नजिकको प्रहरी चौकीमा राखिएको रिसिवर ट्रान्समिसन यूनिटले बाढीको अवस्थालाई सँगै जोडिएको डाटा डिकोडर र टान्समिटरमा पठाइ पहिलो साईरन (प्रि आर्लराम) एक मिनेट सम्म र खतराको साईरन लगातार बजिरहने छ । बाढीको संकेत गर्ने पहिलो साईरन बजेपछि बाढी थप ५० सेन्टीमिटर बढ्यो भने पूर्णखतराको साईरन बज्ने गर्छ ।

कसैको चासो नपुगेपछि उपकरणको ब्याकअप सोलार पावर चोरी भएको थियो । खोलामा राखिएको सेन्सर गत बर्खा बाढीले लग्यो केही उपकरण सिमा प्रहरी चौकी तातोपानीमै राखिएको छ सिस्टम अपडेट गर्न फोकल पर्सन रेडक्रस तातोपानीका श्याम रानाले भने, ‘उपकरणको अवस्थाबारे सारोकारवाला निकायमा खवर गरेपनि कसैले चासो नराएकोले २ बर्षदेखी अलपत्र छ ।

विपत ब्यवस्थापन गर्न स्थानीय सरकार, सरोकारवाला निकाय, समुदाय मात्र होईन विद्यालयहरुमा पनि भुकम्प, बाढीपहिरो, आगोलागी समेतका विपत्तिको समयमा विद्यार्थीको सुरक्षाकालागी विपत ब्यवस्थापन कार्ययोजना बनाउनु पर्ने भएपनि प्रायः सवै विद्यालयले विपद ब्यबस्थापन सम्बन्धी जानकारी नभएको बताएका छन । विद्यालय तहमै विपद ब्यवस्थापमा ब्यवस्थापन समिति तथा निजी विद्यालयका संञ्चालकहरुको चासो नपुग्दा बालबालिकाहरु विपत्तिको जोखिममा छन ।

विद्यालय तहमा छुट्टै विपद ब्यवस्थापन कार्ययोजना बनाउने कुरा पहिलो थियो, नयाँ संरचना बनेपछि विपद ब्यवस्थापनका कुरा पनि हराए बेनी नगरपालिकाका शिक्षा विभाग हेर्न शाखा अधिकृत विश्व रेग्मीले भने, ‘पछिल्ला चरणमा परेका विद्यालयका भवनहरु भुकम्प प्रतिरोधी बनाईएको भएपनि छुट्टै विपत प्रतिकार्य योजना बनाएका छैनौं ।

जिल्लाका विद्यालय भवनहरु प्रयाप्त जग्गा जमिनको अभावमा वस्ती नजिकका सार्वजनिक स्थलमा खोज्दा भीरको डिल वा खोलाको किनारमा बनेका छन  । संस्थागत विद्यालयहरुले सुरक्षाभन्दा बढी मुनाफा खोज्दा हजारौं बालबालिकाको भविश्य जोखिममा राखेर विद्यालय संञ्चालन गरिरहेका छन ।

रेडक्रसका अनुसार कालीगण्डकी नदी किनाराका वस्तीहरु बेनीपिप्लेको घुमाउनेताल, भगवतीको बैंशरी, बेगको तिप्ल्याङ्ग, हिस्तानको महभीर, घारको रातोपानी, भूरुङ्गको तातोपानी, दानाको दुवाढी, तितर र म्याग्दीनदी किनाराका दरवाङ्ग, बाबियाचौर, सिङ्गातातोपानी, बगुवाखोलाहुँदै बेनीसम्मका वस्ती छन । समितिको अभिलेख अनुसार जिल्लाका थप २७ वडा पहिरोको उच्च जोखिममा रहेका छन ।

बेनीमा सक्रिय सामाजिक अगुवाहरुको भोगाई अनुसार २०२१ सालको साउनमा म्याग्दीनदीमा भिषण बाढी आउँदा बेनीको पश्चिम मंगलाघाट बजारमा क्षति पुर्‍याएको थियो । ०३८ साल सर्जेनीको पाखोमा पहिरो गएपछि सदरमुकाम बेनीको अधिकांश बस्ती र खेतवारी पुरेको थियो । विहान पहिरो झरेकोले मानवीय क्षति जोगिएको थियो । त्यसैगरी ०४४ सालमा कालीगण्डकी नदीमा आएको बाढी पस्दा कालीपुल बजार डुवानमा परेको थियो । बाढीले कालीपुलदेखी एक किलोमिटर तल दोविल्लासम्म एकसय मिटरसम्म भित्र पसेर कटान गरेको थियो । पछिल्लो पटक २०५० सालमा म्याग्दीनदीमा आएको बाढीले मंगलाघाट बजारमा क्षति पुर्‍याएको थियो ।

०४५ साल असोज ५ गते राती भिषण पहिरो खस्दा जिल्लाको दोस्रो ठूलो ब्यापारिक दरवाङ्ग बजार पुरिँदा एक सय आठ जनाको मृत्यु भएको थियो । थुपै पशुपंक्षि बगाएको थियो । छ घन्टासम्म पहिरोले म्याग्दी नदीलाई थुन्दा तटिय क्षेत्रका बाबियाचौर, सिङ्गा सदरमुकाममा समेत कटान गरेको थियो । ०५४ सालको असोज १० गते विहान अन्धगल्छीमा भिषण पहिरो खस्दा कालीगण्डकी नदी १० घन्टा थुनिएपछि पर्यटकिय वस्ती तातोपानी बजारका करिव १२ पर्यटकिय होटल, २५ आवसिय घर, विद्यालय, श्वास्थ्य चौकी र प्रहरीचौकीसमेत डुबानमा परेको थियो ।

ज्यानमारा ग्रामिण सडक

प्राविधिकले सडक निर्माण गर्दा तलको वस्ती र उर्वर खेतीको हेक्का नराखी सडकको नापनक्सा (ड्रोईङ्ग) गर्दा जानाजान त्रुटी गर्ने गरेका छन । सडक खन्दा निक्लेको माटो सडकबाट डिलमुनी फाल्ने र प्राकृतिक खोल्सालाई पुरिदिँदा बर्खाको भेल/बाढी वस्ती पसेर मानविय तथा भौतिक क्षति पुर्‍याउने गरेको छ ।

इन्जिनियरिङ डिजाईन गर्दा भुगोलको जोखिम अध्ययन नगरी डोजरले भित्तोको माटो काटी डिलमुनी फाल्ने गर्दा बर्खामा पानीको भार थेग्न नसकि पहिरो झर्ने गरेको छ । हिउँदमा सडकको भित्ता काटेर निक्लेको ढुङ्गामाटो उचित ब्यवस्थापन नगरी वन, खेतवारी, खोल्ला र नदी किनारामा फाल्ने गर्दा बाढीले धार परिर्वतन गरी विनास निम्त्याउने गरेको छ । यसको पछिल्लो उदाहरण भएको छ, बेनीजोमसोमकोरला सडक ।

वनकमजोर भौगर्भिक बनोटलाई पहिचान गर्न नसक्दा हाम्रो सडक पूर्वाधार विकासले बर्षेनी ठूलो जनधनको क्षति गरिरहेको छ । सडक प्रायः काट्ने र पुर्ने (कट एण्ड फिल) खालका छन । यसरी थुपारिएको ढुङ्गामाटो नदीले बगाउँदा धारपरिर्वतन भै छेउका वस्ती कटान गर्ने गरेको छ ।