FLASH NEWS
  • Loading...

म्याग्दीका निर्मल पुर्जा चढे अन्नपूर्णको हिमाल

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१० पटक पढिएको
म्याग्दीका निर्मल पुर्जा चढे अन्नपूर्णको हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दानाका निर्मल पुर्जाले सोही गाउँपालिका, ४ नारच्याङमा अवस्थित संसारको दशौं ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम (८०९१मी) हिमालको वैशाख १० गते सफल आरोहण गरेका छन ।

वेलायति सेनाको जागिर छोडेर ७ हजार मिटर अग्ला संसारका सवै १४ हिमाल आरोहण गर्न ‘प्रोजेक्ट पोसिवल १४/७’ मिसनमा निक्लेका आरोही निर्मल पुर्जा सहित ३१ जना आरोहीले मंगलवार दिउँसो ३.५० बजे अन्नपूर्ण प्रथम हिमालको उत्तरपश्चिम मोहडाबाट सफल आरोहण गरेका हुन ।

आरोहण ब्यवस्थापन गरेको सेभेन समिट ट्रेकर्सका अनुसार यस सिजनको पहिलो आरोहण टिमले संसारको दशौं ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम (८०९१मी) समिट गर्नेमा नेपाली १७ जना, चिनिया ४ जना, जापानी २, अमेरिकी, नेर्वे, मलेशिया, रसिया, स्वीजरल्याण्ड, वेलायती, दक्षिण केरियाली, टर्कीका १–१ जना रहेका छन । थप ५ जनाबढी आरोहीहरु अन्नपूर्ण हिमालको उत्तरपश्चिम मोहडाको वेस क्याम्पमा अनुकुल मौषमको प्रतिक्षामा रहेको पनि कम्पनीका डाईरेक्टर छिरिङ दावा शेर्पाले बताए ।

Nirmal Purja MBE: “Project Possible – 14/7”