- Loading...
बेनी जोगाउने तटवन्ध निर्माण सुस्त
- पुनहिल डट कम
- ५ साल अघि
- ३६४ पटक पढिएको

कालीगण्डकीमा पानीको बहाव ह्वात्तै बढी सकेपनि बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम वेनी बचाउन सुरु गरिएको अस्थाई तटवन्ध निर्माण ढिलाई भैरहेको छ ।
कालीगण्डकी र म्याग्दी नदीको दोहोरो कटानबाट बेनी संरक्षण गर्न करोडौं खर्चेर लगाएको आरसीसि तटवन्ध बाढीले बगाएपछि बेनी संरक्षण जिम्मेवारी पाएको पोखराको रुपाताल संरक्षण एकिकृत परियोजनाले ३ सय ३८ मिटर अस्थाई ग्याभिन भर्ने काम थालेको हो । ठेक्का प्रकृयाबाट काम गर्दा ढिलाई हुनेभएपछि ३ करोड ५० लाखको लागतमा उपभोक्ता समिति मार्फत तटवन्ध सुरु गरेको हो ।
नदी सतहबाट ५ फिट गहिरो फाउण्डेसन राखी ११ फिट चाक्लो र ६ फिट अग्ला ग्याभिन तटवन्ध निर्माण गर्नु पर्ने ब्यवस्था छ । तटवन्ध निर्माण उपभोक्ता समिति मार्फत भनिएको भएपनि ठेकदार मार्फत नै काम गराईएको छ । तटवन्ध निर्माण गर्दा नदीको वातावरणमा गम्भीर असर पर्नेगरी ठूला ढु¨ा सवै फुटाईएको तथा तटवन्धमा साना गेगर प्रयोग गरिएको भन्दै बेनी नगरपालिकाले समेत उपभोक्ता समितिलाई सचेत पारेको छ ।
‘ठेक्का प्रकृयाबाट काम गराउ“दा ढिला हुने भएकोले उपभोक्ता समिति मार्फत तटवन्धको काम सुरु भएको हो । छिटो काम गर्न ४ प्याकेजका उपभोक्ता समिति गठनगरी काम भएपनि केही ढिलाई भएको छ’ उपभोक्ता समिति अध्यक्ष उत्तम कर्माचार्यले भने, ‘ढु¨ा ब्यवस्थापनमा समस्या छ । उपभोक्ता समितिको रेखदेख नपुग्दा कामदारबाट गुणस्तरमा केही कमीकमजोरी भएको छ ।’
बाढीले क्ष्ँति नपु¥याएको तर जोखिममा रहेको पुराना आरसिसी वाल संरक्षण गर्न नदीको सतहभन्दा ५ फिट गहिरो
फाउण्डेसनमा ७ फिट चाक्ला एक लेयर एप्रोन ग्याभिन राखिएको छ । जलउत्पन्न प्रकोप कार्यालयले पक्की तटवन्ध गरेपनि पुरा नहु“दै बाढीले बगाएको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
