आज:  | Tue, 28, Jun, 2022

म्याग्दीमा श्रमदानगरी नेकपाको स्थापना दिवस

९ बैशाख २०७६, सोमबार ११:२८ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
नेकपाको ७० औं स्थापना दिवस म्याग्दीमा श्रमदान गरी मनाईएको छ ।नेकपालाई अझै पनि श्रमजिवी वर्गको प्रतिनिधित्व गर्ने पार्टीको रुपमा सांकेतिक देखाउन आयोजना गरिएको श्रमदान कार्यक्रममा बेनीमा उपलब्ध ‘सुकिलामुकिला’ कार्यकर्ता कमरेडहरुको सहभागिता थियो ।नेकपाका कार्यकर्ताहरु सोमवार विहान वेनी नगरपालिका, २ हाँडेभीर स्थित पार्टी कार्यालय अगाडी बेनी–रत्नेचौर–बाग्लुङ्ग सडकका खाल्डाखुल्डी पुर्न श्रमगरी मनाएका हुन । नेकपाका बेनीमा उपलब्ध नेता तथा कार्यकर्ता र विद्यार्थीले विहान ७ देखी ९ बजेसम्म श्रमदान कार्यक्रममा सहभागी भएका थिए ।५० जनाबढी कमरेडहरुले दुई घन्टा श्रमदानगरी करिव १० मिटर सडक विच–विचमा हिलो र पानी बाँकी छोडेर टालटुल पारिएको थियो । खाल्डाखुल्डी श्रमदान कार्यक्रममा सहभागी कार्यकर्तालाई नेकपाका जिल्ला नेता गोविन्द पौडेलले धन्यवाद दिए ।