आज:  | Sun, 03, Jul, 2022

म्याग्दीबाट ७ सय ३४ मेगावाट विधुत उत्पादन हुँदै

५ बैशाख २०७६, बिहीबार १०:५४ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
अन्नपूर्ण र निलगिरी हिमाल फेदीका अनकन्टार खोंचहरुमा हिजोआज ह्वात्तै चहल–पहल सुरु भएको छ । तल वेंशीको नारच्याङ्ग गाउँमा पनि चहलपहल छ । जलविधुत आयोजनाको लर्को लागेपछि अन्नपूर्ण फेदीको छेउ परेको वस्ती नारच्याङ गाउँमा चहल पहल मात्र बढेको छैन, खेर गएको वयरघारीले चौगुना मुल्य पाएको छ । शिक्षा, श्वास्थ, कृषी प्रणाली र जीवन शैलीमा परिवर्तन ल्याएको छ । दैलो–दैलोमा मोटरबाटो जोडिएको छ । शिप र जाँगर अनुसार ती आयोजनाले स्थानीयलाई प्रत्यक्ष रोजगारीको अवसर दिएका छन ।अन्नपूर्ण गाउँपालिकामा धमाधम जलविधुत आयोजनाको लर्को लागेको देखेपछि अन्य गाउँपालिकाहरु पनि झोलामा खोला बोकेका आयोजनाहरु खोज्दै लगानी मैत्री वातावरण वनाउन उद्धत भएका छन । गाउँपालिका, वडा र स्थानीयले चन्दा हालेर पनि विधुत आयोजनालाई सहज बनाउन सडक समेतका लगानी पूर्वाधार बनाई रहेका छन । राजनैतिक दल र गाउँपालिकाहरुले क्याल्कुलेटर थिचेर गाउँ भित्रने रोयल्टीको सपना बाँड्न थालेका छन ।उत्तरमा पर्ने अन्नपूर्ण हिमश्रृखलाको अन्नपूर्ण प्रथम, साउथ, वराह शिखर, निलगरी साउथ र धौलागिरी हिमश्रृखलाका टुक्चेपीकदेखी धौलागिरीका पहिलोदेखी छैठौं, गुर्जा र पश्चिम पुथाहिमालबाट सदावहार खोलाहरु झर्ने गर्छन ।तथ्याङ्ढ अनुसार म्याग्दीको ६१ प्रतिशत जमिन ६० डिग्रीभन्दा बढी भिरालोपना छ । ३६ प्रतिशत जमिन ५ देखी ६० डिग्रीसम्मका भिराला छन । जम्मा ३ प्रतिशत जमिन समथर छ । भीराला पाखाबाट झर्ने नदीले बर्षेनी बाढीपहिरो सँधैको त्रास ल्याउने गरेको छ । भिरालोपना जिल्लाबासीको त्रास र अवसर दुवै बनेका छन ।उच्च स्थानबाट पानीलाई कम उचाई भएको स्थानमा खसालेर त्यसको शक्तिले टवाईन घुमाई जलविधुत निकाल्न सुरु भएपछि स्थानीयमा आसा पलाएको छ । र जिल्लाका राहुघाट, म्याग्दीखोला, कालीगण्डकी, करिडोरका विभिन्न खोलाबाट ७ सय ३४ बढी मेगावाट विद्युत उत्पादन हुने भएको छ ।३ सय ५० मेगावाट क्षमताका १३ वटा आयोजना निर्माणाधिन छन । निर्माणाधिन मध्य ३ वटा योजनाको ५५ मेगावाट विधुत ०७६ सालभित्र राष्ट्रिय प्रशासरणमा जोडिने छन । घलेम्दी हाईड्रो पावरले ५ मेगावाटको घलेम्दीले ०७६ जेठ भित्र, रोवष्ट इनर्जीको ४२ मेगावाटको मिस्त्रीखोलाले ०७६ पुस भित्र र म्याग्दी हाईड्रो पब्लिक कम्पनीको ८ मेगावाटको घारखोलाले ०७६ भित्र विधुत उत्पादन शुरु गर्ने दावी गरेका छन ।‘म्याग्दीमा जलविधुतको क्षेत्रमा धमाधम काम भैरहेको छ । लगानी मैत्री वातावरण, कच्ची ग्रामिण भएपनि सडक संञ्जाल र विधुत लाईनको सुगमता बढेपछि झोलाका खोला अव कार्यस्थलमा आउन थालेका छन’ जिल्ला समवन्यय समितिका अध्यक्ष देवेन्द्रबहादुर केसीले भने ‘प्राधिकरणले निर्माण गर्न रहुघाट र चाईनाले निर्माण गर्ने भनिएको कालीगण्डकी गर्जमा स्थानीयको तहबाट सहयोग भएपनि संघीय सरकारले पहल जरुरी छ ।’विधुत प्राधिकरणको सहायक रघुगंगा हाईड्रो पावर लिमिटेडले ४० मेगावाट राहुघाट जलविद्युत आयोजनामा निर्माण गर्न भारतिय ठेकदार जयप्रसाद (जेपी) एशोसिएटस्सँग ६ अर्व रुपैयाँमा सम्झौता गरेको छ । रघुगंगा हाईड्रोमा ७० प्रतिशत विधुत प्राधिकरण र ३० प्रतिशत सर्वसाधारणको सेयर रहने कम्पनीले जनाएको छ ।०६५ देखी सिभिल इन्जिनियरिङ्गको काम सुरु गरेपनि पहिलो ठेकदार इन्फास्टक्चर प्रोजेक्टस् इण्डिया लिमिटेडले काम नगरेपछि प्राधिकरणले ०७० मासम्झौता टर्मिनेट (भङ्ग) गरी नयाँ ठेकदार नियुक्त गरेको हो । तर दोस्रो ठेकदारको सकृयता पनि न्यून देखिएको छ । राहुघाट खोलामा छुट्टै टुँडी पावर कम्पनीले ३७ मेगावाट क्षमताको राहुघाट मंगले माथिल्लो आयोजना निर्माण गर्ने भएको छ ।कालीगण्डकी जलाधारको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा निर्माणाधिन मिस्त्रीखोला (४२) र घलेम्दी खोला जलविधुत (५)भन्दामाथी निलगिरीखोला हाईडो लिमिटेडले ३८ मेवाको निलगिरी, निलगिरी हाईड्रोपावर कम्पनीले ७२ मेवाको निलगिरी क्यास्केट, उसैको ५ मेवाको निलगिरी दोस्रो आयोजनाले धमाधम पहुँच मार्ग निर्माण गरिरहेका छन । एचवाईएम कन्सल्टको ७ मेवाको रेलेखोला र १० मेवाको सुपर घलेम्दीले पनि पहुँच मार्ग निर्माण गरिरहेका छन ।‘अन्नपूर्णका निलगिरी र अन्नपूर्ण हिमालमुनी दर्जनबढी आयोजना निर्माणाधिन र निर्माण चरणमा छन’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले भने, ‘जलविधुत आयोजना सहज निर्माण गर्न गापाले सहजकर्ताको रुपमा काम गर्छ तर आयोजनाले पनि स्थानीय सरकारको मर्यादा राख्नु आवश्यक छ ।’पश्चिम भेगको म्याग्दी खोलामा धौलागिरी कालिका हाईड्रोले २५ मेवाको दरवाङ म्याग्दीखोला जलविधुत आयोजना निर्माण थालनी गरेको छ । हाइृड्रो इम्पायर कम्पनीले निर्माण गर्न २० मेगावाटको अपर म्याग्दी, र हाईड्रोभिलेज कम्पनीले ५७ मेवा क्षमताको म्याग्दीखोला–२ आयोजना संञ्चालन गर्न प्रवेश मार्ग निर्माण गरिरहेका छन ।त्यसैगरी जिल्लाका अन्य खोलाबाट थप २ सय ५१ मेगावाट क्षमता विधुत उत्पादन गर्न विभिन्न आयोजनाहरुले विधुत उत्पादन अनुमति लिएर प्रकृयामा छन । ९० मेगावाट विधुत उत्पादाकालागी सर्वे गरिरहेको विधुत विकास वोर्डको सूचनामा उल्लेख छ ।रहुगंगा गाउँपालिकामा ठूलोखोला कुईनेमंगले २१.३ मेवा, ५.५ बगरखोला चिमखोला, स्यानो खोला ४.२ मेवा, कुईनेमंगले, ४.७ मेवाको तल्लो ठूलोखोला चिमखोला र ५८ मेवाको तिप्ल्याङ–कालीगण्डकी निर्माण हुनेभएको छ ।अन्नपूर्ण गाउँपालिकामा ट्रेडलिङ्ढ ग्लोवल प्रा.लि.ले कालीगण्डकी अपर ६५ मेवा, मध्य कालीगण्डकी ५० मेवा, एक सय ६४ मेवाको ‘कालीगण्डकी गर्ज, १२ मेवाको मिस्त्रीखोला–२ पनि प्रकृयामा छन । प्रस्तावित १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्जमा चिनिया कम्पनी युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड हाईड्रो इन्भेस्टमेन्ट कम्पनीसँग संयुक्त लगानी गर्ने गरी सम्झौतामा भैसकेको छ ।धौलागिरी गाउँपालिामा ६.५ मेवाको दरखोला मुना, ८.२ मेवाको कुनवाखोला मुदी, ३.४ मेवाको सिम्कोसखोला मुदी, १४.७ मेवाको मुदीखोला, ८ मेवाको अपर मुदी, ९.५ को म्याग्दीखोला, ९.५ को धौलाखोला गुर्जा, मालिका गाउँपालिकामा १७ मेवाको मध्यम्याग्दी, बेनी नगरपालिकामा बेनीकालीगण्डकीमा ५० मेवा क्षमताका विधुत आयोजना निमार्ण पाईप लाईनमा छन ।‘धौलागिरी जिल्लाको सवैभन्दा दुर्गम भएको र पहुँच मार्ग समेत विधुतको समेत समस्या रहेकोले जलविधुत आयोजनालाई छिटो निर्माणमा आउने वातावरण बनाउन गाउँपालिकाले काम गरिरहेको छ’ धौलागिरी गाउँपालिका प्रमुख थमसरा पुनले भनिन्, ‘अवका दुई बर्षपछि धौलागिरीमा पनि जलविधुत आयोजनाहरुले धमाधम निर्माण कार्यगरिहेका हुने छन ।’जिल्लामा सवैभन्दाबढी अन्नपूर्ण गाउँपालिकामा १३ वटा आयोजनाले ३ सय ६० मेगावाट, दोस्रोमा धौलागिरी गाउँपालिकामा ९ वटा आयोजनाबाट १ सय ३८ मेवा, तेस्रोमा रहुघाटमा ७ आयोजनाबाट १ सय १५ मेवा विधुत उत्पादन हुने छन । त्यसपछि मालिका गाउँपालिकामा ३ र बेनी नगरपालिकामा २ वटा आयोजना छन । मंगला गापामा एउटै जलविधुत आयोजना छैन । अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ र धौलागिरी गापा, ४ मुदी गाउँमा धेरै आयोजना छन ।हाईड्रोको लाभ स्थानीयलाईकालीगण्डकी र नदी किनाराहुँदै माथि उक्लेको बेनी–जोमसोम–कोरला सडकले विचबाट चिरा पारेको अन्नपूर्ण गाउँपालिकाले जलविधुत र पर्यटनलाई आफ्नो लाईफ लाईन मान्ने गरेको छ । ‘उज्यालो, सभ्य र लगानी मैत्री वस्ती’ अन्नपूर्ण गापाको मुख्य उद्देश्य राखेको छ । गाउँपालिकाले आयोजनालाई आवश्यक गिटी, वालुवा, ढुङ्गा जस्ता नदीजन्य पदार्थ वेचरेर आन्तरिक आय बृद्धी गरेको छ । भविश्यमा विधुत रोयल्टी पाउने भएको छ ।गाउँमा जलविधुत आयोजनाको लर्को लागेपछि सवैभन्दाबढी लाभ अन्नपूर्ण फेदीको नारच्याङ गाउँले पाएको छ । आयोजनासँगै वस्ती–बस्तीमा मोटरबाटोले जोडिएका छन । गाउँमा खुलेका सामुदायीक विद्यालयहरुमा शिक्षक दरवन्दी समेत भौतिक पूर्वाधारमा जलविधुत आयोजनाले सहयोग गरेका छन । अन्य आयोजनाले पनि आ–आफ्ना ठाउँमा सामाजिक तथा वातावरणीय क्षेत्रमा गर्नु पर्ने खर्च गरेका छन ।आयोजनाबाट अन्नपूर्ण गापा, ४ नारच्याङवासीले प्रत्यक्ष/परोक्ष रोजगारी पाएका छन । आय आर्जनका धेरै अवसर सृजना भएका छन । बाँझो बारीमा तरकारी र फलफुल फल्न थालेको छ । आयोजनामा स्थानियले काम गरेर शेयरमा लगानीको अवसर पाएका छन ।‘आयोजना आएपछि सवै वस्ती मोटर बाटोले जोडिएका छन । चन्दा मागेर चलेका विद्यालयमा शिक्षकको तलव र भौतिक पूर्वाधार थपिए । काम गर्न सक्नेलाई दैलो मै रोजगारी खुल्यो । बुद्धी र पाखुरा बेच्न नसक्नेले पनि बारीमा तरकारी उमारेर बेचे । पसल थापेर सामान बेचेका छन’ जलसरोकार समुह नारच्याङ्गका अध्यक्ष तेजबहादुर गुरुङ्गले भने, ‘हामीले आयोजनालाई सकेसम्म लचिलो भएर सहयोग गर्‍यौं, आयोजनाहरुले पनि मन खुलाएर सहयोग गरे ।’जलविधुत आयोजनाको लर्को लागेपछि बाँझो भै बाँदर खेल्ने पाखोवारीले गज्जवको मुअब्जा पाएको छ । मुअब्जा रकमले ब्यवसाय गर्ने अवसर दिएको छ । स्थानीयलाई आयोजनाहरुमा शेयर लगानीमा प्रशस्त अवसर जुटेको छ । केही आयोजनाले त स्थानीयकालागी साधारण शेयर खोलेका पनि छन ।आयोजनाको लर्कोले भुक्षय र प्राकृतिक सम्पदामा क्षतिजलविधुत आयोजनाको लर्को लागेपछि बाँझो भै बाँदर खेल्ने पाखोवारीले गज्जवको मुअब्जा पाएको छ । मुअब्जा रकमले ब्यवसाय गर्ने अवसर दिएको छ । स्थानीयलाई आयोजनाहरुमा शेयर लगानीमा प्रशस्त अवसर जुटेको छ । केही आयोजनाले त स्थानीयकालागी साधारण शेयर खोलेका पनि छन । स्थानीयले मात्र होईन, अन्नपूर्ण गाउँपालिकाले समेत प्रशस्त रोयल्टी पाउने भएको छ ।जलविधुत आयोजनाको हव बनेपछि लाभ मात्र होईन अन्नपूर्ण गाउँपालिका उच्च बाढीपहिरोको जोखिममा पनि परेको छ । भौगोलिक रुपमा पनि कमजोर भु वटावट रहेका अन्नपूर्णको अन्धगल्छी क्षेत्रमा भैरहेका दर्जनौं आयोजनाले दैनिक गर्ने ठूला विश्फोटनको कम्पन, लापरबाही खनिएका सडकबाट निक्लेको ढुङ्गामाटोले बाढी पहिरोको जोखिम थपिएको छ ।आयोजनाको सुरुङ्ग निर्माणले धेरै पानीका मुल भासिएका पनि छन । मिस्क्रीखोला आयोजनाको सूरुङ्ग खन्नेत्रममा सतहको पानी भासिएको छ । अन्य क्षेत्रमा पनि यसरी खानेपानीको मुहान सुक्ने जोखिम छ । अन्धगल्छीमा अवस्थित प्रख्यात तातोपानीको मुहान सुक्ने जोखिम बढेको छ । कालीगण्डकी नदीमा पानी बढ्दा तातोपानीको मुहानपनि बढ्ने घट्दा घट्ने तथा नदीमा पानीको सतहसँगै तातोपानीको मुहानपनी तल/माथी सर्ने हुँदा कालीगण्डकीको पानी सुरुङ्गबाट अन्यत्र लगेपछि नदीमा पानी स्वत घट्ने भन्दै स्थानिय चिन्तित पनि छन ।‘कालीगण्डकीको पानीलाई जलविधुत आयोजनाहरुले सुरुङ्गबाट अन्यत्र लग्ने हुँदा बेनी–जोमसोम सडकका आधा दर्जन तातोपानीका मुलहरु सुक्ने छन । प्राकृतिक श्रोत र सम्पदा नासिने पक्का छ’ अन्नपूर्ण गापा, २ तातोपानीका सामाजिक कार्यकर्ता श्याम रानाले मगरले भने, ‘यहाँको ढुङ्गामाटो र तातोपानीको स्वभाव हामी पुस्तौंदेखी अनुभवगरी बुझेका छौं । अन्धगल्छीको दानादेखी तल तिप्ल्याङ्गसम्मको करिव ६ किमी कालीगण्डकी नदीमा बन्ने जलविधुत आयोजना यस क्षेत्रको पर्यटन नास्ने छ, हामी नाङ्गैभोकै पर्ने छौं ।’प्रसारण लाईन समस्याजिल्लाको राहुघाट तथा कालीगण्डकी जलाधार र हिमालपारीको मुस्ताङ्मा समेत उत्पादन हुने विधुत केन्द्रीय ग्रिडमा जोड्न निर्माणाधिन २२० केभिए प्रसारणलाईन सवस्टेशन निर्माण ढिलाई हुँदा यस क्षेत्रका जलविधुत आयोजना प्रभावित भएका छन ।अन्नपूर्ण गाउँपालिका, ३ दानामा निर्माण गरिने २२०/१३२/३३/११ केभिए प्रशारण लाईनको ४० किमी तल पर्वत सदरमुकाम कुश्मा रहने अर्को सवस्टेसनमा जोडिने काम भैरहेको छ । तर लक्ष्यभन्दा तीन बर्ष ढिलाई भैसकेको आयोजनाको काम अझै सुस्त छ ।प्रशासरणलाईन ढिलाई हुँदा मुस्ताङ्गमा निर्मित १३.६ मेगावाट क्षमताको थापाखोला आयोजनाको ०७४ असोजदेखी आधाबढी विजुली खेर गैरहेको छ । ग्रिड नपाउँदा थापाखोला आधा क्षमता मात्र विधुत उत्पादनगरी ११ केभिए प्रशासरण लाईनमा जोडेको छ । पुरानो र जीर्ण कम भार क्षमताको विधुत लाईनमा ठूलो क्षमताको विधुत पठाईएकोले भार थेग्न नसकी ट्रिप (सवस्टेसनमा विधुत काटिने) समस्या हुने गरेको छ ।‘सानो क्षमताको प्रसारण लाईनमा धेरै क्षमताको विधुत जोड्दा विधुतको लोड र फ्रिक्वान्सी अनुसार भार थेग्ने सन्तुलन नमिल्दा हन्टिङ्ग हुने र ट्रीप हुने समस्या आईरहेको हो’ विधुत प्राधिकरणका बेनी वितरण केन्द्र प्रमुख नेत्रमणी अधिकारीले बताए ।थापाखोला जलविधुत मात्र होईन म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दानामा निर्माणाधिन ५ मेगावाट क्षमताको घलेम्दी जलविधुत आयोजनाले पनि तीन महिना भित्र ३३ केभिए वान वे प्रसारण लाईनमा विधुत सिंक्रोनाईज्ड गर्ने तरखरमा छ । प्रशासरण लाईन निर्माणमा ढिलाई ह्दाँ ४२ मेवा क्षमताको मिस्त्रीखोला जलविधुत आयोजनाले निर्माण गतिलाई होल्ड गरिरहेको दावि गरेको छ ।‘हामीले प्राधिकरणलाई जरिवाना तिरेरै पनि कामको गति सुस्त बनाएका छौं । किनभने हाम्रो विजुली २२० केभिए प्रशारण लाईन निर्माण नभै जोड्ने ठाउँ छैन । उत्पादनपछि खेर फाल्नु भन्दा काम ढिला गर्नु उत्तम आयोजनाले ठिक ठानेको छ’ मिस्त्रीखोलाका कन्ट्रक्सन मेनेजर चुडामणी निरौलाले भने, ‘आयोजना ८० प्रतिशत काम पुरा भएको छ । प्रशासरणलाईनको प्रगती हेर्दै काम गरिरहेका छौं ।’कामदारको छैन सुरक्षा योजनाजिल्लामा दर्जनबढी जलविधुत, सडक, विधुत समेतका ठूला आयोजना निर्माणाधिन भएपनि यी आयोजनामा कार्यरत मजदुरको कार्यस्थलमा हुने दुर्घटनामा अपनाउनु पर्ने सुरक्षा तथा रेस्क्यु योजना भने बनाएका छैनन ।भीरपहरामा जोखिमयुक्त काम गर्नु पर्ने भएपनि आयोजनाहरुले कर्मचारी एवं मजदुर सुरक्षाका लागी अपनाउनु पर्ने दुर्घटना पर्दा खोज, उद्धार तथा प्राथमिक उपचार समेतका आधारभुत सुरक्षा योजना नबनाएका हुन । निर्माण क्षेत्रमा दुर्घटना न्यूनिकरण योजना नहुँदा यस क्षेत्रमा कार्यरत मजदुरहरु बढी जोखिममा परेका छन ।‘ठूला आयोजनाहरुले श्वास्थ्य, सुरक्षा र वातावरणका मापदण्ड पछ्याएका छैनन । कार्यस्थलमा मानव स्वस्थ्य र सुरक्षामा हेलचक्राई गरेको देखिन्छ’ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, ‘अर्व बढी बजेटका आयोजनामा पनि कार्यस्थलमा मजदुरलाई सामान्य चोटपटक लाग्दा प्राथमिक उपचार गर्ने पद्धति वा श्वास्थ्य युनिट पनि छैनन ।’जोखिमपूर्ण कार्यमा संलग्न मजदुरहरु कार्यस्थलमा दुर्घटनामा परी चोटपटक लागेमा वा विरामी परेमा उपचार, सुरक्षा वेल्ट, हेल्मेट आदी सुरक्षा उपकरणको प्रयोग र उपलब्धता तथा दुघंटनाहुँदा तत्काल उद्धार गर्ने पद्धतिका बारेमा आईतवार सरोकारवालासँगको छलफलमा मदजुर र कर्मचारीको श्वास्थ्य र सुरक्षामा आयोजना तथा ठेकदार कम्पनीहरु उदासिन भेटिएको हो ।‘सेफ्टी वेल्ट, टोपी लगाएत सुरक्षा उपकरण अनिवार्य लगाउनु पर्ने नियम छ । कार्यस्थल मै श्वास्थ्यकर्मी राख्ने कुरा ब्यवहारिक नहुनेहुँदा चोटपटक लाग्दा वा विरामी हुँदा नजिकको श्वास्थ्य केन्द्र वा अस्पताल पुर्‍याउने गरेका छौं’ घलेम्दी जलविधुत आयोजनाका संञ्चालक प्रमोद श्रेष्ठले भने, ‘मजदुरहरुले हेलचेक्र्याई गर्दा धेरै घट्ना भएका छन । जोखिमपूर्ण कार्यभएकोले दुर्घटना हुन्छन, हामी सकेसम्म मानवीय क्षति नहोस भन्ने कुरामा सचेत छौं ।’ म्याग्दी जिल्लामा निर्मित, निर्माणाधिन र निर्माण प्रस्तावित जलविधुत आयोजनाको विवरण ःराहुघाट जलविधुत आयोजना       ३२ मेवा             निर्माणाधिनमिस्त्रीखोला जविआ                 ४२ मेवा              निर्माणाधिननिलगिरी प्रथम जविआ               ३८ मेवा             प्रवेश मार्ग खन्दैनिलगिरी दोस्रो जविआ                ५ मेवा              ,,निलगिरी क्यास्केट जविआ             ६२ मेवा             प्रवेश मार्ग खन्दैघलेम्दीखोला जविआ                 ५ मेवा         निर्माणाधिनकालीगण्डकी अपर जविआ        ६५ मेवामध्यकालीगण्डकी जविआ         ५० मेवाकालीगण्की गर्ज                         १६४ मेवा चाईनासंग साझेदारीमा गर्ने सम्झौताघारखोला जविआ                       ८ मेवा         निर्माणाधिनठाडाखानी जविआ               ३ मेवामुदीखोला जविआ            १४ मेवाम्याग्दीखोला जविआ             ९.५ मेवाम्याग्दीखोला–२ जविआ                ५० मेवादरवाङम्याग्दी जविआ                २५ मेवा         निर्माण शुरुमाथिल्लोम्याग्दी जविआ                  २० मेवा        विधुत खरिद सम्झौता भएकोबेनीकालीगण्डकी जविआ          ५० मेवाराहुघाट मंगले जविआ            ११.८ मेवारुप्सेखोला जविआ                    १५.७ मेवाकालीगण्डकी बेगखोला जविआ     ५८ मेवाबगरखोला जविआ                      ४.५ मेवाठूलो खोला                      २१.३स्यानो खेला                   ४.२दरखोला मुना                      ७.५कुनवाङ खोला                  ८.२सुपर घलेम्दी                          ९.२सिम्कोसखोला                  ३.४तल्लोठूलोखोला                 ४.७मिस्त्रीखोला २                  १२अपर मुदी                     १४.७तल्लो रुप्से                    १ं.८मध्य म्याग्दी                     १७.४रेले खोला                         ७निलगिरी दोस्रो                           ५