- Loading...
चर्पी छोडेर जर्कीनमा पिसाव फेर्दै अर्मनवासी
- पुनहिल डट कम
- ५ साल अघि
- २८९ पटक पढिएको

मंगला गाउँपालिकाका कृषकले मानव मुत्र संकलनगरी वालीमा प्रयोग गर्न थालेका छन । मंगला गापा, ४ अर्मनमा कृषकले चर्पीमा होईन, ड्रममा पिसाव फेर्ने गरेका छन ।
यहाँका कृषकको घरका शौचालयमा मात्र होईन विद्यालयका शिक्षक/विद्यार्थी पनि शौचालयको प्यानमा पिसाव फेर्दैनन । अर्मनवासीका मान्छेले मात्र होईन, गाईभैसीको मुत्र पनि गोठका भकारोमा होईन ड्रममा नै थाप्ने गर्छन ।
उनीहरुले उदण्ड भएर भाँडामा पिसाव फेर्दै हिँडेका भने होईनन् । मानव मुत्र प्रभावकारी प्राङ्ग्रारिक मल हो भन्ने थाहा पाएपछि अर्मन बासीले शौचालयमा होईन, ड्रम र जर्किनमा पिसाव संकलन गर्न थालेका हुन । मानव मुत्र संकलन गर्न घर–घरका शौचालयमा मात्र होईन नजिकका सवै विद्यालयका शौचालयमा पनि जर्किन वा ड्रम थापिएको हो ।
‘मानव मलमुत्र पनि प्राङ्गारिक मलको राम्रो श्रोत हो । मानव मल पनि ब्यवस्थित गरी प्राङगारिक मल बनाउन सकिन्छ । तर सुरुमा मानव मुत्रलाई मात्र प्रयोग गर्यौं’ अगुवा कृषक कृष्णलाल सापकोटाले भने, ‘तरकारी वारीमा मानव मुत्र प्रयोग गर्न घिनाएकोले पछिल्लो तीन महिनादेखी सुन्तलाका वगैचामा मलको रुपमा प्रयोग गरेका छौं । अन्य मल भन्दा मानव मुत्र हालेका सुन्तला वोटबढी राम्रा देखिएका छन ।’
घर तथा विद्यालयका शौचालयमा सोली जडित ड्रम वा जर्किन राखिएको छ । पुरुषहरु सोझै सोलीमा मुत्र सोझ्याउँछन । महिलाले भने जगमा मुत्र थापेर ड्रम भर्छन । सोलीमा टिटी खेल्न प्रयोग हुने साना हलुका पहेंला वल राखिएको छ । पिसाव फेर्दा यी वल माथी आउँछन, पिसाव तल झरेपछि सोलीको मुख वन्द हुन्छ । दुर्गन्ध रोक्न यसो गरिएको हो । विद्यालयमा संकलित पिसावलाई सुन्तला जात र अन्य ब्यवसायीक फलफुल खेती गर्ने कृषकले पालैसँग लैजाने गरेका छन ।
‘मानव मुत्रको प्रयोगले २ महिना मै सुन्तला खेतीमा राम्रो प्रभाव देखिएको छ । ३० जना कृषकबाट सुरु गरिएको मानव मुत्र संकलनको सिको छिमेकी वस्तीका कृषकले पनि गर्न थालेका छन । मानव मुत्रलाई कृषकले फलफुलमा मात्र होईन मकै खेतीमा पनि प्रयोग गरेका छन’ मंगला गापा कृषी शाखाका नावय प्राविधिक सहायक जगत बानियाँले भने, ‘बरंजाका केही अगुवा कृषकले त गाईवस्तुको भकारो सुधार कार्यक्रमबाट पशु मुत्र ड्रममा संकलनको सिको गर्दै मानव मुत्रलाई खेतवारीमा प्रयोग गरेको भेटियो ।’
मंगला गाउँपालिका, ५ मा पर्ने अर्मन सुन्तला र तरकारी खेतीको पकेट क्षेत्र हो । सुन्तला जोन कार्यालय म्याग्दीले मंगला गापा, १ को खानीगाउँ, २ का लरेनी, ३ को भोर्लेनी, दह, ४ को महेश र ५ वडाको अर्मनलाई सुन्तला पकेट क्षेत्र बनाएको छ । मानव मुत्रलाई खेतवारीमा मलको रुपमा प्रयोग गर्दा विरुवाको जरामा हाल्ने हो भने एक भाग मुत्रमा तीन भाग पानी र माथी पातवाट हाल्ने हो भने १ भाग मुत्र १० भाग पानी मिसाएर हाल्नु पर्छ ।
मंगला गाउँपालिकाले ३० जना अगुवा कृषक र ३० जना विद्यार्थी/शिक्षकलाई मानव मुत्र संकलन र वाली अनुसार मुत्र प्रयोग विधी सिकाउन र संकलन सामाग्रीकालागी २ लाख ८० हजार खर्च गरेको थियो । कृषी नै मुख्य श्रोत र संभावना रहेको मंगला गाउँपालिकाले कृषी गुरु योजना बनाई आफ्नो बजेट तथा कार्यक्रम कृषी केन्द्रीत गरेको जनाएको छ ।
‘मंगला गापाको मुख्य संभावना भनेकै अन्नवाली, फलफुल र पशुपालन हो । त्यसैले अर्गानिक खेती मार्फत उत्पादन बृद्धी गर्न कसरी सुरक्षित रुपमा ‘खेतको पेटमा र पेटको खेतमा पुर्याउन सकिन्छ’ भनेर हामी लागेका छौं’ गाउँपालिका प्रमुख सतप्रसाद रोकाले भने, ‘कृषी नै पहिलो प्राथमिकता भएकोले गाउँपालिकाका सवै कार्यक्रम कृषीसँग जोड्न प्रयास गरेका छौं । सडक समेत कृषीसँगै जोडेका छौं । आगामी ५ बर्षमा उत्पादन तेब्बर बनाउनेगरी गुरु योजना बनाएका छौं ।’
मंगला गाउँपालिकाले केन्द्र रहेको बाबियाचौरमा छुट्टै अनुदान दिएर प्राङ्गारिक मल उत्पादन गर्दे आएको पनि छ । बाबियाचौर बजारबाट उत्सर्जन हुने फोहोरबाट कुहिने वस्तु र वनमारा समेतका झारको प्रयोग गरी कृषी प्राङ्गारिक मल उत्पादन गर्ने गरिएको छ । यहाँ उत्पादन हुने बार्षिक ५ हजार केजी मल मध्य २ हजार ५ सय केजी मल त लुम्ले कृषी अनुसन्धान केन्द्रले लैजाने गरेको छ । कृषकले भने प्रति केजी २५ रुपैयाँमा खरिद गर्छन ।
‘यहाँको प्राङ्गारिक मलले कृषकको माग थेग्नै सकेको छैन । मल उत्पादन गर्ने कच्चा पदार्थ अपुग भएकोले छिमेकका तातोपानी र दरवाङ्ग वजारमा पनि कुहिने फोहोर संकलनगरी ल्याउन कृषी मल उद्योगमा संलग्न युवालाई उत्प्रेरित गरिरहेका छौं’ गापा अध्यक्ष रोकाले भने, ‘उत्पादन बढी भएछ भने मलको लेवलिङ्ग र प्याकेटिङ्ग गरी बजार पुर्याउन गाउँपालिकाले सहयोग गर्छ ।’
मंगला गाउँपालिकाले हालै मानव मुत्र संकलन सुरु गरेपनि सामाजिक अगुवा महावीर पुनले धेरै वर्ष अघि अन्नपूर्ण गाउँपालिका, ८ नागी स्थित हिमाञ्चल माध्यामिक विद्यालयले कम्पोष्ट चर्पी बनाउने अभियान सुरु गरेको थियो । चर्पीमा दिशापिसाव गरेपछि पानीको सट्टा झारपात प्रयोग गरिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
