- Loading...
प्रभावकारी शिक्षणकला सिक्दै अन्नपूर्णका शिक्षक
- पुनहिल डट कम
- ६ साल अघि
- ४५७ पटक पढिएको

अन्नपूर्ण गाउँपालिका वडा नं १ दोवा, २ भुरुङ्ग, ३ दाना र ४ नारच्याङ्गका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुलाई प्रभावकारी शिक्षणकला सम्बन्धी आधारभुत तालिम प्रदान गरिएको छ ।
समृद्ध ग्रामिण नेपालकालागी शैक्षिक उन्नयन (लर्न नेपाल)को आयोजनामा अन्नपूर्ण गाउँपालकिा, ४ नारच्याङ्ग स्थित प्रभा माध्यामिक विद्यालयमा अन्नपूर्ण गापा १–४ वडाका १४ विद्यालयका ६२ जना जना शिक्षक शिक्षिकालाई प्रभावकारी तथा वालमैत्री शिक्षणकला सिकाईएको हो ।
तालिमको अवसरमा शिक्षकहरुले तयार पारेको दैनिक पाठ्य सामाग्री तथा प्रयोगात्मक शिक्षण सम्बन्धी म्याट्रिक्स मेलाको अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर गर्वुजा र प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले संयुक्त उद्घाटन गरे ।
‘शिक्षण सामाग्री एक दिन प्रर्दशनी राख्ने मात्र होईन दैनिक कक्षा कोठामा ब्यवहारिक प्रयोगमा ल्याउन सके तालिमको सफलता रहन्छ’ गापा प्रमुख गर्वुजाले भने, ‘तपाईहरु कतर्ब्यनिष्ठ भएर सेवामा जुट्नुस गाउँपालिका शैक्षिक वातावरण राम्रो बनाउन र शिक्षकलाई प्रोत्साहन गर्न आतुर छ । हाम्रो प्राथमिकता सामुदायीक शिक्षा सुधार नै हो ।’
६ दिनसम्म संञ्चालन गरिएको तालिममा सामाजिक विषयमा लर्नका मीन शाही, गणित विषयमा रणविर साह, अँग्रेजीमा कैलाश तामाङ र गोपाल ढुङ्गेल र लेखा विषयमा उर्मिला श्रेष्ठले रघुगंगा गापा भित्रका सामुदायीक विद्यालयमा अध्यापनरत शिक्षकलाई प्रभावकारी शिक्षण कला पठाएका हुन ।
‘अन्नपूर्ण गाउँपालिका भित्रका पनि दुर्गम भेगका सवै विद्यालयका सामाजिक, गणित, अंग्रेजी र लेखा विषयका शिक्षकहरुलाई प्रभावकारी शिक्षण कला तालिम दिएका हौं’ आयोजक लर्नका जिल्ला कार्यक्रम संयोजक मीन शाहीले भने, ‘बार्षिक परिक्षा सकिएको र पठाईलाई असर नपर्नेगरी तालिम दिएका हौं ।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
