आज:  | Tue, 05, Jul, 2022

हाम्रो प्रतिवद्धता

१ बैशाख २०७६, आईतवार ००:५० मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
पुनहिल डटकम निलगिरी अनलाईन प्रालिद्धारा सञ्चालित नेपाली/अंग्रेजी भाषाको समाचार पोर्टल हो । सामाजिक न्यायसहितको राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा अविचलित छौँ । जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारितामा कसैसँग सम्झौता गर्ने छैनौ । सबै राजनीतिक दल, व्यक्ति र समाजका हरेक पक्षलाई गुण र दोषका आधारमा समर्थन वा आलोचना वा दुवै समानान्तर रूपमा बढाउनु पुनहिल डिजिटल पत्रिकाको विशेषता हुनेछ ।जनजीवनका दैनिक समस्या हाम्रा प्राथमिक चासोका विषय हुन् । खानेपानी, बिजुली, इन्धन, यातायातजस्ता आधारभूत समस्या भन्दा अरू ठूला वा महत्वपूर्ण हुँदैनन् र मानिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । ताजा समाचार, खोजमूलक रिपोर्ट, पर्यटन, शिक्षा, साँस्कृति, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यका सामग्रीहरु पोष्ट हुन्छन् ।डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यको माध्यमबाट तपाईसम्म पुग्न नेपाली छापा, रेडियो र टेलिभिजन मिडियामा ब्यवसायीक पत्रकारको टिम संलग्न छ । पुनहिल डट  कम डिजिटल पत्रिका ०७५ कात्तिकदेखी सुरु भएको हो । डब्लुडब्लुडब्लु डट पुनहिल डट कम लग इन गरेर वा ट्वीटर, फेसबुक, युट्युवलगायतका सामाजिक सञ्जालबाट हामीसँग जोडिन सक्नुहुन्छ । सूचना, तस्वीर, भिडियो, अडियो, विचार दिएर सहकार्य गर्न सक्छौं । तर राष्ट्रिय एकतामा खलल पुग्ने, साम्प्रदायिक, जातीय र धार्मिक सद्भावना बिथोलिने, गैह्रकानुनी, मिथ्या आरोप र गालीगलौजपूर्ण, अश्लील, बेइज्जती हुने र दुष्प्रचार गर्ने नियतले सामग्री नपठाउनु होला ।वेबसाइटमा भएका सामग्रीका सम्पूर्ण कपीराइट, ट्रेडमार्क, डिजाइनको अधिकार, पेटेन्ट र अन्य बौद्धिक सम्पत्तिमाथिको अधिकार पुनहिल डटकममा निहित रहेकाले टेक्स्ट, फोटो, अडियो वा भिडियो पुनर्उत्पादन गर्न अनुमति लिनु होला । अन्यथा कपिराइट वा अन्य कानुन बमोजिम कारबाहीको भागिदार हुनुपर्नेछ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग सम्झौता नगर्ने र स्वस्थ समाचार, मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका रंग समेट्दै पाठकका इलेक्ट्रोनिक पर्दामा सदैव रहने प्रण गर्छौँ ।