Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

हस्तक्षेपपछि महोत्सव तितर–वितर

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४८६ पटक पढिएको
हस्तक्षेपपछि महोत्सव तितर–वितर

समयसीमाको अवज्ञा गरेको भन्दै प्रशासन कार्यालयले हस्तक्षेप गरेपछि बेनीमा जारी रेडियो म्याग्दी एवं पर्यटन महोत्सव वन्द भएको छ । दोहोरी गीतको फाईनल तथा अन्य कार्यक्रम तितर वितर भएको छ ।

५ दिनकालागी मेला संञ्चालन अनुमति लिएपनि प्रहरी–प्रशासनको अनुरोधलाई अटेरगरी ३ दिन लम्बाएपछि हस्तक्षेप गर्नु परेको प्रहरी/प्रशासनले बताएको छ । राती अवेर सम्म मेला तन्काएकोले हस्तक्षेप गर्नु परेको प्रशासन कार्यालयले जनाएको छ ।

विहिवार नै समापन गर्नु पर्ने महोत्सवलाई आयोजकले शनिवार १ बजेदेखी दोहोरी गीतको सुरु हुने भन्दै माईकिङ्ग गरेपछि चिढिएको प्रहरी/प्रशासन कार्यालयले विहान १० बजे नै महोत्सव आयोजना स्थल बेनी खुल्ला मञ्चको मुल गेट वन्द गरी ब्यानरहरु हटाएको थियो ।

‘महोत्सव २३–२७ गतेसम्म स्वीकृति थियो । २८ गते एक दिन भद्र सहमतिमा र २९ गते समापन कार्यक्रम भनेर छोड्यौ तर  आयोजकले अवज्ञा जारी राखेपछि हस्तक्षेप गरेका हौं’ जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्र मरासिनीले भने, ‘अदृश्य शक्ति केन्द्रको दवाव सृजनागरी आफैले गरेको प्रतिवद्धता विपरित मध्यराती मेला/महोत्सव तन्काउँदा अभद्र र सुरक्षा जोखिम बढेको थियो । दैनिक लफडा भै रहेको थियो ।’

प्रशासनले चैत २१–वैशाख १ गतेसम्म महोत्सव आयोजना लिखित स्वीकृति दिएपनि चैत ३० गते अन्तिम दिन दोहोरी गीतको फाईनल गर्न नपाई हस्तक्षेप भएको आरोप लगाएको छ । रेडियो म्याग्दीले चैत २१ देखी १ बैशाखसम्म महोत्सव गर्ने भने पनि प्रशासनले सवैपक्षिय वैठकपछि २३–२७ गतेसम्म मात्र समयसीमा तोकेको थियो ।

‘आफ्नै लिखित स्वीकृतिलाई विर्सेर पूर्वाग्रहराखी महोत्सवको समापनका अन्तिम ३ घन्टाको कार्यक्रम गर्न नदिई प्रशासनले हस्तक्षेप गरेको छ’ महोत्सवका मुल सम्योजक चिरन्जिवी शर्माले भने, ‘कार्यक्रममा हस्तक्षेपले द्वन्द्व निम्त्याएको छ ।’

आर्थिक संकटग्रस्त रेडियो म्याग्दीले महोत्सव आयोजनागरी वचेको रकमबाट सेवालाई निरन्तरता दिने लक्ष्य राखेको थियो । महोत्सव रेडियो म्याग्दीले आयोजना गरेपछि पोखराको सुरताल इभेन्ट प्रालिलाई ८ लाख रुपैयाँमा ठेक्का दिएको थियो ।

‘महोत्सवको मञ्च सजावट, स्टल तथा कलाकार ब्यवस्थापनको जिम्मा मात्र सुरताल इभेन्ट प्रालिलाई जिम्मा दिएका हौं’ मुल संयोजक शर्माले भने, ‘महोत्सव त रेडियो म्याग्दी आफैले गरेको हो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल