FLASH NEWS
  • Loading...

ज्यानमारा नाउराभीरले निल्यो ब्यवसायी पुनलाई

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ६०९ पटक पढिएको
ज्यानमारा नाउराभीरले निल्यो ब्यवसायी पुनलाई

म्याग्दीको बहुचर्चित ज्यानमारा नाउरा भीरले फेरी ब्यवसायी तथा सामाजिक अभियन्ता जीतबहादुर पुनलाई निलेको छ ।

धौलागिरी गाउँपालिका, ४ खिवाङ्ग घर भई अपरम्याग्दीखोला जलविधुत आयोजनाका निर्देशक जीतबहादुर पुन (५०) को मंगलवार दिउँसो धौलागिरी गाउँपालिका, ४ मुदीमा अवस्थित धौलागिरी पदमार्गमा पर्ने ज्यानमारा अक्करे नाउराभीरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दरवाङ्गले जनाएको छ । नाउराभिरबाट यस अघिपनि दर्जनबढी पर्यटक, गाईड र भरियाहरु पनि लडेर ज्यान गुमाएका छन ।

हाड जोर्नी र वाथ रोगको समस्या देखिएपछि धौलागिरी पदमार्गमा अवस्थित तातोपानीमा हटस्प्रीङ वाथ (तातोपानी स्नान)गरी प्राकृतिक स्थास्थ्यलाभगरी घर फर्कने क्रममा आँखा तिरमिराउने अक्करे नाउरा भीरको साँघुरो गोरेटेबाट चिप्लिएर तल म्याग्दी खोलामा खसेको प्रहरीले पुष्टी गरेको छ ।

‘नाउराको अक्करे भीरमा रहेको गोरेटोवाटो बाट करिव तीन सय मिटर तल म्याग्दीखोलामा खसेर पुनको मृत्यु भएको हो’ घट्नास्थलबाट फर्केका इलाका प्रहरी कार्यालय दरवाङ्गका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले भने, ‘शव क्षतविक्षत थियो । संकलनगरी ल्याएका छौं ।’

धौलागिरी गाउँपालिका, ४ खिवाङ्ग घर भै बेलायति सेनाबाट सेवा निवृत्त पुन वेलायतमै क्रियाशिल बाघराज विल्डर्सका अध्यक्ष रहेका पुन धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनका कान्छा दाई हुन । पछिल्ला केही समयदेखीं स्थानीय चन्द्रज्योति माध्यामिक विद्यालयका अध्यक्ष समेत रहेका पुनले जन्म गाउँमा ब्यवसायीक सुन्तला खेती विस्तारमा जुटेका थिए । अपर म्याग्दीखोला जलविधुत आयोजनाका निर्देशक रहेका पुनको सोही खोलामा खसेर मृत्यु भएको छ ।

धौलागिरी गाउँपालिका, ४ मुदीको नाउरा भीर र पञ्चायत, बहुदल, माओवादी विद्रोह हुँदै गणतन्त्र र स्थानीय सरकारलाई भोट माग्ने र कमाउने भाँडो बन्दै आएको छ । गाउँपालिकाले नाउरा भीरको गोरेटोमा रेलिङ्ग हाल्ने योजना बनाउँदै थियो ।

पञ्चायतदेखी बहुदलकालभरी हरेक वर्ष नाउराको भीरमा गोरेटो बाटो खन्न बजेट छुट्टीन्थ्यो । खासै प्रगती भएन । माओवादीले विद्रोहकालमा गाउँगाउँबाट मान्छे अपहरणगरी नाउराभीर फोड्न श्रम शिविरमा राखे । र धौलागिरी पदयात्रामा आएका पर्यटकबाट लाखौं चन्दा असुले । ०६२/०६३ को जनआन्दोलनपछि साविक जिविसले केही विष्फोटन गरी डोरो निकालेपछि डोरीमा झुण्डिएर यात्रा गर्नु पर्ने अवस्था अत्य भएको हो । तर अझै गोरेटो साँघुरो र डीलमा वार नहुँदा जोखिम उस्तै छ ।

स्थानीय, स्वदेशी र विदेशी गरी धेरै पदयात्रीले ज्यान गुमाए नाउरा भीरमा । ज्यानमारा नाउरा भीरमा धेरै राजनिती गरिएको र बजेट खर्च भएको छ । धौलागिरी गाउँपालिका, ४ मुदीको मुख्य वस्ती मुदीसमेत नेरवाङ, खिवाङ, बगरा सवै वस्तीमा पुग्न भिरको बाटो हिँड्नै पर्छ । मुदीबासीको यो अनिवार्य बाध्यता हो । म्याग्दी खोलाको सिरान र धौलागिरी हिमालको फेदीमा पर्ने नाउरा भीरको बाटो भएर धौलागिरी आरोहण गर्न र फन्को लगाउन विदेशी पर्यटक आउने गरेका छन ।

‘दैलोबाट खेतमा पुग्न पनि भीर उक्लनु पर्छ । हामी दुःखी छौं । धेरै हाम्रा आफन्त यीनै भीरबाट लडेर ज्यान गुमाए, हामी पालो पर्खेका छौं’ धौलागिरी गापा, ४ मुदी बगरा घर भै धौलागिरी आधार शिविरमा होटल संञ्चालन गर्ने हरीबहादुर तिलिजाले भने, ‘नाउरा भीरको कथा भनेर धेरै नेता माथी पुगे तर हाम्रो कथाब्याथा उस्तै छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल