- Loading...
बेनी–जोमसोम सडक सहज, यात्रुको चाप बढ्यो
- पुनहिल डट कम
- ५ साल अघि
- २६५ पटक पढिएको
अधिक चिसो र भारी हिमपातले बन्द भएको बेनी–जोमसोम–मुक्तिनाथ सडकमा यातायात सहज भएको छ ।
हिउँदमा जाडो छल्न वेंशी झरेका मुस्ताङ्गीहरु अनुकुल मौषमपछि घर फर्कन थालेका छन । अनुकुल मौषमपछि विश्व प्रख्यात अन्नपूर्ण चक्रिय मार्गको थोरङ्लापास पदमार्ग खुलेपछि हिमालपारीको मुस्ताङ्गमा आन्तरिक तथा बाहृय पर्यटकको भीड बढेको छ । चैते दशैंको नवमी नुहाउन मुक्तिनाथ आउनेको पनि चाप उस्तै छ ।
‘लोमन्थाङ्ग जाने बाहेक मुस्ताङ्ग यात्रा अनुकुल भएको छ । बेनी–जोमसोम सडकमा निर्माण कार्य भैरहेकोले यात्रुको सुविधाकालागी समय तालिका मिलाईएको छ’ मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले भने, ‘मुक्तिनाथसमेत मुस्ताङ्गको तल्लो क्षेत्रमा तेस्रो मुलुक र भारतिय पर्यटकको चाप अधिक छ । रामनवमीको समय भएकोले आन्तरिक पर्यटकपनि बढेका छन ।’
फागुन–वैशाख पदयात्रा सिजन भएकोले राउण्ड अन्नपूर्ण पदमार्गको उत्कृष्ट गन्तब्य थोरङ्ला पास मुनीको मुक्तिनाथ, जोमसोममा बाहृय पर्यटकको पनि उत्तिकै घुईचो लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मुस्ताङ्गका अनुसार अहिले दैनिक दुई सयबढी बाहृय पर्यटक मुक्तिनाथमा ‘इन्ट्री’ गरेका छन ।
बौद्ध तथा हिन्दु धर्मालम्बिहरुको साझा तिर्थ स्थल मुक्तिनाथ दर्शन गर्न पोखरा, काठमाण्डौ, बुटवल, हेटौंडा, बिराटनगर लगाएत देशका विभिन्न ठाउँबाट मुस्ताङ्ग आउनेको संख्या बढेको हो । सडक यातायात सहज भएपछि मुक्तिनाथ भ्रमणमा जाने भारतिय पर्यटकको संख्या पनि अत्यधिक बृद्धी भएको छ ।
मुस्ताङ्गको तल्लो क्षेत्रमा पदयात्रा तथा यातायात सहज भएपनि उपल्लो मुस्ताङ्गको यातायात अझै सहज भएको छैन । यस बर्षभारी हिमपात भएकोले समर क्षेत्रमा जमेको हिउँ अझै पग्लेको छैन । यातायात अवरुद्ध छ । जाडो छल्न वेंशी झरेका उपल्लो भेगका मुस्ताङ्गी भने कालीगण्डकी नदीमै ट्रक चढेर घर फिर्ता भैरहेका छन । सपोर्ट थपेर उचाई बढाएका ‘भाले ट्रक/मुस्ताङ्गी टाईगर’ ले यात्रु र सामान ढुवानी गरिरहेका छन ।
‘जोमसोम–लोमन्थाङ्ग सडकको समर, भेना, झैते क्षेत्रमा डोजर लगाएर हिउँ पन्छ्याएर सडक खुलाउने प्रयास भैरहेको छ । हिउँदमा वेंशी झरेका उपल्लो भेगका मुस्ताङ्गी र खाद्यान्नलाई ट्रकले कालीगण्डकी नदीबगरबाट बोकेको छ’ मुस्ताङ्गबाट गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले भने, ‘तल्लो क्षेत्रको सडक क्लियर भयो अव एक हप्ता भित्र उपल्लो क्षेत्रको सडक पनि खुल्छ । साना सवारी चल्छन ।’
मुस्ताङ भ्रमणमा आउने पर्यटकका सवारी संख्या बृद्धी भएपछि स्तरउन्नत भैरहेको बेनी–जोमसोम सडकमा ट्राफिक हुन थालेको छ । साँघुरा र भीरमा सडकको स्तर उन्नत गर्न बेनी–जोमसोम सडकको विभिन्न ११ स्थानमा भित्ता काट्ने र डिल तर्फ वाल उठाई फिलिङ गर्ने काम भैरहेकोले यातायात ब्यवस्थित गर्न समय तालिका बनाईएको छ ।
बेनी–जोमसोम सडकमा विहान ६ बजेभित्र, दिउँसो ११–२ बजे भित्र र साँझ ५ बजेपछि मात्र सडक खुल्नेगरी समय तालिका बनाईएको जिल्ला प्रशासन कार्यालय म्याग्दी–मुस्ताङ्गले जनाएका छन ।
‘वर्खा बाढीपहिरोले, दशैंले अनि हिउँदमा चिसोले गर्दा सडक निर्माणमा नियमित काम नहुने भएकोले सेडुल बनाईएको हो’ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, ‘अन्य चाडवाडको निहुँमा समय तालिका भत्काउँदा सरकारको प्राथमिकतापूर्ण बेनी–जोमसोम–कोरला सडक निर्माणको गति अवरुद्ध हुने भएकोले यात्रुले समय सिमाको ख्याल गरिदिनुहोला ।’
मुस्ताङ्ग प्रवेश गर्ने सवारी साधनको अभिलेख राख्ने अन्नपूर्ण गाउँपालिका, २ तातोपानी स्थित सीमा प्रहरी चौकीको अभिलेख अनुसार हिलो आज दैनिक ४ सय ५० देखी ५ सय सवारी साधन मुस्ताङ्ग प्रवेश गर्ने गरेका छन । सीमा प्रहरी चौकी तातोपानीका प्रमुख सई रामप्रसाद वेलवासेका अनुसार दैनिक ५० को हाराहारीमा बस, दुई सयबढी हरियो र रातो प्लेटका स्कारपीयो वा जीप, एक सय २० बढी मोटर साईकल मुस्ताङ्ग जाने गरेका छन । मुस्ताङ्ग जाने कुल यात्रुमा आधाबढी भारतीय पर्यटक छन ।