- Loading...
मुक्तिनाथ वैंकको शाखा बेनीमा
- पुनहिल डट कम
- ६ साल अघि
- ४१५ पटक पढिएको

गण्डकी विकास वैंकको एक सय १४ औं शाखा बेनीमा सुरु भएको छ । थोरै जनसंख्या र सानो भुगोल भएको सदरमुकाम बेनीमा मुक्तिनाथसँगै बैंक संख्या २० पुगेको छ । बचत तथा ऋण सहकारी ३५ वटा र १५ वटा लघुवित्तहरुले आर्थिक कारोवार गरिरहेका छन । बेनीमा पछिल्लो एक बर्षमा तीन वटा वैंकको शाखा थपिएका छन ।
बेनी नगरपालिका, ८ क्यामपसचोकमा रहेको शाखाको मेयर हरीकुमार श्रेष्ठले शाखाको उद्घाटन गरे । २०६३ सालमा स्याङ्जामा स्थापना भएको बैंकले सातै वटा प्रदेशका एक सय १४ शाखाबाट सेवा दिएको जनाएको छ । वैंकले विकास वैंकमध्य आफु अब्बल भएको दावि गर्यो ।
‘बेनी बजार भुगोल र जनसंख्याको दृष्टीले सानो सहर भएपनि आर्थिक कारोवार आर्कषक छ’ मुक्तिनाथ विकास वैंकका संञ्चालनक चुडामणी कँडेलले भने, ‘वैंकको उपस्थितीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न चाहने ब्यवसायीकालागी अवसर हो । कृषी, पर्यटन क्षेत्रमा सहज कर्ता उपलब्ध छ ।’
जिल्लामा वैंक तथा वित्तिय संस्थाको संख्या बढेपनि वैंकमा जनताको निक्षेपभने घटेको छ । तर कर्जाको माग बढी छ । निक्षेप घटेपछि बैंकका शाखा प्रवन्धकहरु बचत कर्ता खोज्दै घरदैलोमा ब्यस्त हुन थालेका छन । जिल्लाका २० वटा बैंकहरुले बर्षको पहिलो ६ महिनामा २ अर्व ३२ करोड ३६ लाखमात्र निक्षेप संकलन गरेका छन । सोही अवधिमा यी बैंकले ३ अर्व २८ करोड २० लाख कर्जा लगानी गरेका छन । बैंकमा जम्मा भएको निक्षेप लक्ष्यको ४० प्रतिशतको हाराहारी रहेको यी बैंकले जनाएका छन ।
‘निक्षेप संकलनमा तार्केट मेन्सन गर्न वैंकका विएमहरु (शाखा प्रवन्धक) सहकारीका बजार प्रतिनिधी भन्दाबेसी दौडधुपमा छन’ एनएमवि वैंकका शाखा प्रवन्धक पुस्कल ढुङ्गानाले भने, ‘नयाँ विकास वैंकलाई मात्र होईन पुराना र ठूला बाणिज्य बैंकहरुको समेत निक्षेप संकटमा छन ।’
बैंकर्सहरुका अनुसार विप्रेषणमा आश्रित बन्दै गएको जिल्लाको अर्थतन्त्रमा रेमिटेन्स घट्न थालेपछि बैंकहरुमा तरलता देखिन थालेको हो । विप्रेषणको अधिकांश रकम खाद्यान्न र विलासी उपभोग्य क्षेत्रमा खर्च हुने गरेको छ । बैंकहरुले पुस मसान्तसम्म गरेको कर्जा अनुत्पादक क्षेत्रमा भएको देखिएको छ । जिल्लामा रहेका सवै बैंकहरुको पहिलो कर्जा लगानी फेन्सी पसल, किनारा पसल, गाडी र ब्यक्तिगत ऋणमा लगानी गरेका छन । कुनै पनि बैंकले ठूलो लगानी भएको औधोगिक एवं ब्यवसायीक फाईलमा लगानी गरेका छैनन । एकाध बैंकले कृषी, घर निर्माण, ठेक्कापट्टा र शैक्षिक कर्जामा लगानी गरेका छन । कृषी क्षेत्रमा लगानी गरिएको भनिएपनि जिल्लामा ब्यवसायीक कृषी फार्म नगन्य छन ।
जिल्लामा भित्रने रेमिटेन्स मध्य बचेको रकम जिल्लाबाट पोखरा, चितवन र विदेश तर्फ पुँजी पलायन भएकोले जिल्लाका बैंकहरुमा निक्षेप घटेको हो । बैंकको ब्याज भन्दा बचत तथा ऋण सहकारीले दोब्बर, तेब्बरसम्म ब्याज दिने भएकोले बचतकर्ता बैंकमा भन्दा सहकारी तर्फ आकर्षित छन । सहकारीबाट कर्जा लिन समेत सजिलो हुने भएकोले साना ब्यवसायी बैंकको पहुँचमा छैनन ।
बेनीबाहेक जिल्लाका सवै स्थानीय तहमा बैंक पुगेको छ । विभिन्न प्याकेज सहित घरदैलो गर्ने वैंकहरुको कचकचले ब्यवसायी र कर्मचारी आजित नै छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
