FLASH NEWS
  • Loading...

रेडियोम्याग्दी पर्यटन महोत्सव दुई दिन पछि धकेलियो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३४९ पटक पढिएको
रेडियोम्याग्दी पर्यटन महोत्सव दुई दिन पछि धकेलियो

रेडियो म्याग्दीले चैत २१ गतेबाट गर्ने भनेको प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव दुई दिन पछि धकेलिएको छ ।

तराईका वारा र पर्सामा हालै गएको विनासकारी हावाहुरीले मानविय क्षति पुर्‍याएको दुखद समयमा हामीले मेला महोत्सवगरी रमाउन उपयुक्त नभएको प्रशासन, दल र नागरिकको सुझावपछि महोत्सव २ दिनपछि चैत २३ गते सारिएको हो ।

‘महोत्सवको तयारी पुरा भएको छ । सवै पक्षको रायसुझाव मननगरी महोत्सवको समयावधी र दैनिक कार्यक्रमर्ला पछि छोट्याएका छौं’ महोत्सव मुल संयोजक चिरिन्जिवी शर्माले भने, ‘सम्झौतामा महोत्सवका कार्यक्रम साँझ ७ बजेसम्म चलाउने भनिएको भएपनि जेन्टलमेन्ट सहमति ८ बजे नकटाउने रहेको छ ।’

महोत्सवलाई पोखराको सुरताल इभेन्ट प्रालिलाई दिएको भन्दै सर्वत्र आलोचना भएको प्रति रेडियो म्याग्दीले प्रष्ट पारेको छ । ‘महोत्सवको मञ्च सजावट, स्टल तथा कलाकार ब्यवस्थापनको जिम्मा मात्र सुरताल इभेन्ट प्रालिलाई जिम्मा दिएका हौं’ मुल संयोजक शर्माले भने, ‘महोत्सव त रेडियो म्याग्दी आफैले गरेको हो । महोत्सवको सवै जिम्मेवारी रेडियो म्याग्दीले लिन्छ ।’

स्कुले विद्यार्थीको बार्षिक परिक्षा समाप्त भै नयाँ शैक्षिक सत्र सुरु भैनसकेको सयमलाई उपयोग गर्दे सामाजिक उत्तरदायित्व वहन गर्नु पर्ने संञ्चार संस्था रेडियो म्याग्दीले स्कुले किसोर–किसोरीलाई लक्षितगरी महोत्सव आयोजना गरेको छ । आर्थिक संकट झेलिरहेको रेडियो म्याग्दीले महोत्सवबाट वचेको रकमबाट सेवालाई निरन्तरता दिने लक्ष्य राखेको छ ।

‘रेडियो म्याग्दी एवं पर्यटन महोत्सवबाट वचेको रकमलाई रेडियो म्याग्दीको ब्यवस्थापन सुधारमा खर्च गरिने र केही रकम पत्रकार आकस्मिक कोषमा राख्ने उद्देश्य हो’ रेडियो म्याग्दीका ब्यवस्थापक एवं महोत्सवका मुख्य ब्यवस्थापक रहेका भरत रकालले भने, ‘महोत्सवमा एक लाख दर्शकबाट ५ करोडको कारोवार हुने र संस्थाले मात्र करिव ५७ लाखको कारोवार गर्ने लक्ष्य छ ।’