- Loading...
तराईका हावाहुरी पीडितलाई पहाडमा राहत संकलन
- पुनहिल डट कम
- ६ साल अघि
- ४३८ पटक पढिएको

वारा र पर्सामा हालै आएको भयानक हावाहुरीवाट पीडितकालागी पहाडका गाउँबाट सहयोग पठाउने क्रम सुरु भएको छ ।
हावाहुरीमा परि घाईते भएका विरामीकालागी म्याग्दीका लायन्स क्लवको नेतृत्वमा ३५ पिन रगत रेडक्रस मार्फत पठाईएको छ । हावाहुरीबाट घाईतेको उपचारमा रगत अभाव भएफछि यहाँ रक्तदान कार्यत्रमगरी रगत संकलनगरी पठाईएको हो ।
‘अस्पतालमा छट्पट्याएका विरामीलाई रगत पहिलो आवश्यकता भएकोले पठाएका हौं’ लायन्स क्लव अफ वेनी पिससिटीका अध्यक्ष लोकेश पुनले भने, ‘विभिन्न संघ/सस्था मार्फत घरदैलो र ब्यक्तिगत रुपमा राहत संकलन भैरहेको छ । यथासक्य छिटो पठाउने तयारीमा छौं ।’
जिल्लाभरका विद्यालय, वजारमा राहत संकलन भैरहेकोले वुधवारसम्म सवै राहत संकलनगरी विहिवारसम्म घट्नास्थलमा पुर्याउने तयारी भएको म्याग्दी रेडक्रसले जनाएको छ ।
त्यसैगरी नेकपा सर्मथित विद्यार्थीहरुले हावाहुरीबाट घरवार विहिन भएका पीडितकालागी आर्थिक सहयोग संकलन सुरु गरेका छन । विहिवार वेनीमा संकलन गरेको ६२ हजारबढी रकम हावाहुरीबाट घरवारविहीन र भोकमरीमा परेका पीडितकालागी दैविप्रकोप समिति मार्फत पठाईने भएको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
