आज:  | Tue, 28, Jun, 2022

चैतमा अझै कोपिला छौं, वैशाखमा पक्कै फुल्ने छौं

१९ चैत्र २०७५, मंगलवार ११:३५ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
घान्द्रुक–घोडेपानी/पुनहिल–महरे र खोप्रासम्म फैलिएको संसारकै सर्वाधिक ठूलो गुराँसको जंगलमा यस बर्ष चैत तेस्रो सातासम्म गुराँस फलेको छैन । पदयात्राकालागी प्रशिद्ध यस पदमार्गका गुराँसका वोटमा भर्खर कोपिला लागेको छ । वैशाख नलागी पुनहिल–महरे क्षेत्रमा गुराँसको फुलमा वैंश आउने छाँट छैन ।पुरै वन राताम्मेहुने गरी ढकमक्क फुल्नु पर्ने गुराँस यस बर्ष ढिलागरी बाक्लो हिमपातले जमिन अति चिसो हुँदा फुल्न ढिला गरेको हो । चैत पहिलो सातादेखी नै गाडा रातो, रातो, सिम्रिक, गुलावी, सेता गुराँशले जंगल नै राताम्मे हुनेगरी ढकमक्क भै सक्ने गुराँस यस बर्ष चैत तेस्रो सातासम्म बल्न कोपिला लाग्न थालेको छ ।‘यस बर्ष मौषमले झुक्कायो । चैत पहिलो सातादेखी राताम्मे हुने गुराँसे जंगलमा कुनै रौनक छैन । गुराँस नफुल्दा के के नपुगे झै खल्लो भएको छ’ घोडेपानीका पर्यटन ब्यवसायी शुशिल पुनले भने, ‘चैतसम्मै हिउँ पर्यो । अझै दैनिक पानी परेको पर्यै छ । चिसो हटेकै छैन । गर्मी नलागी जुका पलाउने र वर्खा लाग्छ कि क्या हो ?’फागुन–वैशाख घान्द्रुक–घोडेपानी–महरे पदमार्ग गुराँश फुल्ने मौषम मात्र होईन, देशविदेशबाट पदयात्रामा आउने उपयुक्त सिजन पनी हो । संसारका १० उत्कृष्ट गन्तब्य घोडेपानीमा हिजोआज पर्यटकको घुईचो छ । तर मौषम दैनिक खराव छ । गुराँस फक्रेको छैन । स्वादिलो भोजन र आत्मिय आतिथ्यताले प्रफुल्लित पर्यटक खराव मौषमबाट भने दिक्क भएका छन ।घान्द्रुक देखी घोरेपानीको क्षेत्र वरपर फैलिएको जंगल संसारकै सवै भन्दा ठुलो गुराँशको जंगल हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)का अनुसार नेपालमा पाईने ३२ प्रजातिका गुराँ मध्य यस जंगलमा मात्र ८ थरीका गुराँश मात्र पाईएका छन् । गुराँस १५ सय देखी ४ हजार मिटर उचाईमा फुल्छ ।‘यस बर्ष पर्यटक मौषमबाट दिक्क भएका छन । यस वर्ष मौषम वादलले विहानैदेखी हिमाल छोप्नेगरी धुम्म छ । पाहुना पर्यटक हिमाल र गुराँस नदेख्दा खिन्न भएको छ । न मौषम सफा भएको छ, न पर्यटकको मन प्रफुल्न ।’ अर्का पर्यटन ब्यवसायी कविता पुनले भनिन्, ‘गुराँसका बोटमा टन्नै कोपिला लागेको छ, चैत फुलेन वैशाखमा आउनुस, गुराँस फुल्ने छ ।’परम्परागत रुपमा गुराँसको फुललाई पुजा–अर्चना र विभिन्न रोगका उपचार गर्न प्रयोग गर्ने गरिन्थ्यो । तर हिजोआज गुराँसको स्कास, जुस र जामको रुपमा पनि प्रयोग गर्न थालिएको छ ।  जण्डिसका विरामी, ग्याष्टिक, घाउ खटिरा भएका, रगत कम भएका र माछाको काँडा घाँटीमा अड्कीएका विरामीलाई लाली गुराँशको रसले फाईदा गर्छ भन्ने विश्वास रहेको छ ।