- Loading...
म्याग्दीमा एमाले–माके ५९–४१ प्रतिशतमा पार्टी एकता
- पुनहिल डट कम
- ६ साल अघि
- ३८६ पटक पढिएको

जिल्ला पार्टी एकता कार्यदलको सोमबार बसेको वैठकले म्याग्दीका ६ स्थानीय तहमध्य ४ गाउँपालिका नेतृत्व एमाले र वेनीनगरसहित २ स्थानीय तहको अध्यक्ष माओवादी केन्द्रलाई परेको छ ।
‘जिल्लामा सवै ६ वटा स्थानीय तह र वटा कमिटिहरको नेतृत्व लिने सम्बन्धमा दुई पार्टी विच सहमति भएको छ । संगठनात्मक रुपमा ५९–४१ प्रतिशत सदस्य रहने छन’ कार्यदलका सदस्य हरीकृष्ण श्रेष्ठले भने, ‘चैत २६ गते भित्र अध्यक्ष र सचिवको सुझावसहित नाम सिफारिस गर्ने गरी समय सीमा तोकेर पार्टी एकता प्रकृया अगाडी बढाईएको छ ।’
कार्यदलमा जुटेको सहमति अनुसार अन्नपूर्ण, रघुगंगा, मंगला र मालिका गाउँपालिका अध्यक्ष एमालेलाई र बेनी नगरपालिका तथा धौलागिरी गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रको भागमा परेको छ । एमाले अध्यक्ष रहेको कमिटिमा माके सचिव र माके अध्यक्ष रहेको स्थानमा एमाले सचिवको जिम्मेवादी दिने सहमति भएको छ । संगठनात्मक रुपमा धेरै कमजार रहेको माकेलाई मुख्य पदमध्य बेनी नगरपालिका र ४ वटा सचिव दिईएकोमा पूर्व एमाले कार्यकर्ता असन्तुष्ट छन ।
‘संगठनात्मक हैसियत नै नभएको बेनी नगरपालिकाको अध्यक्ष र र ४ वटा गापाको सचिव माकेले पाउनु एमाले कार्यकर्तामाथी कुठाराघात हो’ नाम उल्लेख गर्न नचाहने एमालेका एक कार्यकर्ताले भने, ‘प्रतिशतको आडमा क्षमता र हैसियत नभएका ब्यक्तिलाई नेतृत्वमा ल्याउँदा अन्ततः पार्टी र संगठनलाई नै आघार पर्ने हो ।’
त्यसैविच नेकपा र माओवादी केन्द्र विच स्थानीय तहको कमिटिमा ५९–४१ प्रतिशत अनुपातमा सदस्य रहने गरी एकता प्रकृया टुँगो लागेको छ । सोमबार नेकपा जिल्ला कार्यालय बेनपा, २ हाँडेभिरमा बसेको जिल्ला स्तरिय पार्टी एकता कार्यदलको वैठकले कमिटिको संगठनात्मक स्वरुपलाई आधारमानी प्रतिशतको अनुपात मिलाएको हो ।
कार्य दलका सदस्य हरीकृष्ण श्रेष्ठका अनुसार बेनी नगरपालिकाको वडामध्य १, ५, ६, ८, ९, र १० एमाले, २, ३, ४ र ७ को अध्यक्ष पद माओवादी केन्द्रको भागमा परेको छ । त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको १, २, ३, ६ र ८ एमाले, ४, ५ र ७ माओवादी केन्द्र, रघुगंगा गापाको १, २, ३, ६, ७ र ८ एमाले तथा ४ र ५ माकेको भागमा परेको छ । मंगला गापाको १, ४ र ५ एमाले तथा २ र ३ माके, मालिका गापाको १, २, ५ र ६ एमाले तथा ३, ४ र ७ माकेलाई परेको छ । जिल्लाको दुर्गम धौलागिरी गापाको २,४, ६ र ७ एमाले र १, ३, ५ वडाको नेतृत्व माकेले गर्ने गरी पार्टी एकतालाई टुङ्गो लगाईएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
