आज:  | Sat, 25, Jun, 2022

म्याग्दीमा एमाले–माके ५९–४१ प्रतिशतमा पार्टी एकता

१८ चैत्र २०७५, सोमबार १४:०४ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
जिल्ला पार्टी एकता कार्यदलको सोमबार बसेको वैठकले म्याग्दीका ६ स्थानीय तहमध्य ४ गाउँपालिका नेतृत्व एमाले र वेनीनगरसहित २ स्थानीय तहको अध्यक्ष माओवादी केन्द्रलाई परेको छ ।‘जिल्लामा सवै ६ वटा स्थानीय तह र वटा कमिटिहरको नेतृत्व लिने सम्बन्धमा दुई पार्टी विच सहमति भएको छ । संगठनात्मक रुपमा ५९–४१ प्रतिशत सदस्य रहने छन’ कार्यदलका सदस्य हरीकृष्ण श्रेष्ठले भने, ‘चैत २६ गते भित्र अध्यक्ष र सचिवको सुझावसहित नाम सिफारिस गर्ने गरी समय सीमा तोकेर पार्टी एकता प्रकृया अगाडी बढाईएको छ ।’कार्यदलमा जुटेको सहमति अनुसार अन्नपूर्ण, रघुगंगा, मंगला र मालिका गाउँपालिका अध्यक्ष एमालेलाई र बेनी नगरपालिका तथा धौलागिरी गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रको भागमा परेको छ । एमाले अध्यक्ष रहेको कमिटिमा माके सचिव र माके अध्यक्ष रहेको स्थानमा एमाले सचिवको जिम्मेवादी दिने सहमति भएको छ । संगठनात्मक रुपमा धेरै कमजार रहेको माकेलाई मुख्य पदमध्य बेनी नगरपालिका र ४ वटा सचिव दिईएकोमा पूर्व एमाले कार्यकर्ता असन्तुष्ट छन ।‘संगठनात्मक हैसियत नै नभएको बेनी नगरपालिकाको अध्यक्ष र र ४ वटा गापाको सचिव माकेले पाउनु एमाले कार्यकर्तामाथी कुठाराघात हो’ नाम उल्लेख गर्न नचाहने एमालेका एक कार्यकर्ताले भने, ‘प्रतिशतको आडमा क्षमता र हैसियत नभएका ब्यक्तिलाई नेतृत्वमा ल्याउँदा अन्ततः पार्टी र संगठनलाई नै आघार पर्ने हो ।’त्यसैविच नेकपा र माओवादी केन्द्र विच स्थानीय तहको कमिटिमा ५९–४१ प्रतिशत अनुपातमा सदस्य रहने गरी एकता प्रकृया टुँगो लागेको छ । सोमबार नेकपा जिल्ला कार्यालय बेनपा, २ हाँडेभिरमा बसेको जिल्ला स्तरिय पार्टी एकता कार्यदलको वैठकले कमिटिको संगठनात्मक स्वरुपलाई आधारमानी प्रतिशतको अनुपात मिलाएको हो ।कार्य दलका सदस्य हरीकृष्ण श्रेष्ठका अनुसार बेनी नगरपालिकाको वडामध्य १, ५, ६, ८, ९, र १० एमाले, २, ३, ४ र ७ को अध्यक्ष पद माओवादी केन्द्रको भागमा परेको छ । त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको १, २, ३, ६ र ८ एमाले, ४, ५ र ७ माओवादी केन्द्र, रघुगंगा गापाको १, २, ३, ६, ७ र ८ एमाले तथा ४ र ५ माकेको भागमा परेको छ । मंगला गापाको १, ४ र ५ एमाले तथा २ र ३ माके, मालिका गापाको १, २, ५ र ६ एमाले तथा ३, ४ र ७ माकेलाई परेको छ । जिल्लाको दुर्गम धौलागिरी गापाको २,४, ६ र ७ एमाले र १, ३, ५ वडाको नेतृत्व माकेले गर्ने गरी पार्टी एकतालाई टुङ्गो लगाईएको छ ।