FLASH NEWS
  • Loading...

नेपाली सेनाका हवल्दार मृत

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३०२ पटक पढिएको
Post Thumbnail

नेपाली सेनाको बेनी नगरपालिका, ६ अथुङ्गे स्थित श्रीवक्स गुल्ममा कार्यरत हवल्दार पूर्णबहादुर श्रेष्ठ बेडमै मृत अवस्थामा फेला परेका छन ।

अन्नपूर्ण गाउँपालिका, ६ स्थित निर्माणाधिन जलविधुत आयोजनाको सुरक्षार्थ स्थापित अस्थाई पोष्टमा कार्यरत धार्दिङ्गका श्रेष्ठ शनिवार राती १० बजे ड्युटीबाट फर्केर वेडमा सुतेकोमा विहान अवेरसम्म नउठेपछि हेर्दा मृत अवस्थामा फेला परेका थिए ।

गुल्मपति राजन दहालले सैनिक मुख्यालयबाट प्रवक्ताले मात्र सुचना दिनेभएकोले विवरण दिन अस्वीकार गरे । मृतकको शव पोष्टमार्टमकालागी सदरमुकाम बेनी ल्याईदै छ ।

‘वेलुका ड्युटीवाट फर्केर सुतेका रहेछन, विहान नउठेपछि हेर्दा विस्तारामै मृत फेला परेको खवर अनुसार सव पोष्टमार्टमकालागी ल्याउँदैछौं’ जिल्ला प्रहरी प्रमुख महेन्द्र मरासिनीले भने, ‘घट्नास्थलमा आशंका देखिएन, पोष्टमार्टम रिपोर्टले थप खुल्ला ।’