FLASH NEWS
  • Loading...

कालीपुल आमा समुह अध्यक्षद्धारा २ लाख सहयोग

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १०६ पटक पढिएको
कालीपुल आमा समुह अध्यक्षद्धारा २ लाख सहयोग

बेनीकी एक अगुवा महिला नेतृले मानवीय सेवामा समर्पित ओमकुमारी शान्ति कोषलाई २ लाख नगद आर्थिक सहयोग गरेकी छिन ।

सहयोगसंगै तिलिजालाई संस्थाले संरक्षक सदस्यता प्रदान गरेको जनाएको छ ।

बेनी नगरपालिका, ८ पिपलचोक घर भै स्थानीय कालीपुल आमा समुहकी अध्यक्ष भुलमायाँ/रामबहादुर तिलिजाले आईतवार ओमकुमारी शान्ति कोषलाई २ लाख आर्थिक सहयोग गरेकी हुन । दर्जनबढी सामाजीक संघ/संस्थामा आवद्ध ‘भुनु’  बेनीकी अगुवा महिला कार्यकर्ता हुन ।

सहयोग रकम जिल्लाका विपन्न विरामीको उपचारमा खर्च गरिने कोषका अध्यक्ष राजेश शाक्यले बताए । विपन्न जिल्लाबासीको उपचारमा सहयोग जुटाउँदै आएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले २ करोडको अक्षय कोष स्थापनार्थ ‘संसारभरका सहयागी मनहरु’बाट सहयोग संकलन गरिरहेको छ ।