आज:  | Sun, 03, Jul, 2022

कालिगण्डकी गर्जमा लगानी सुनिश्चित

१७ चैत्र २०७५, आईतवार ०६:१४ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
अन्नपूर्ण गाउँपालिकामा पर्ने संसारको सर्वाधिक गहिरो अन्धगल्छीमा वन्ने १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्जमा लगानी सुनिश्चित भएको छ ।प्राविधिक परामर्शदाता रहेको हाईड्रो सोलुसन काठमाण्डौ विधुत विकास विभागसँग लाईसेन्स नविकरण गर्न नसक्दा अलपत्र परेको १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्जमा लगानी सुनिश्चित भएको हो । आयोजनामा ८ बर्ष अघि ७ वटा विदेशी तथा स्वदेशी लगानीदाता जुटाएपनि विधुत खरिद सम्झौता (पिपिए) गर्न अक्षम भएको थियो ।  शनिवार राजधानीमा सम्पन्न लगानी सम्मेलनमा चीनियाँ सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड हाईड्रोपावर इन्भेष्टमेन्ट, साँघाई इन्भेष्टमेन्ट, डिजाईन एण्ड रिसर्च इन्स्टिच्युट्सन र नेपालको हाईड्रो सोलुसन काठमाण्डौले ४२ अर्व लगानी गर्न सहमतिमा हस्ताक्षर गरेका हुन ।कालीगण्डकी गर्ज निर्माण गर्न सन २०१८ जुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण क्रममा कालीगण्डकी गर्जका तर्फबाट हाईड्रो सोलुसनका ज्ञानेन्द्रलाल प्रधान र युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड हाईड्रो इन्भेस्टमेन्ट कम्पनी विच संयुक्त लगानी गर्ने गरी सम्झौतामा भएको थियो ।मुस्ताङ्ग र म्याग्दीको सिमावर्ती पैहृोथाप्लाबाट कालीगण्डकीको पानीलाई ६ किमी तल अन्नपूर्ण गाउँपालिका, ४ घरापमा अर्धभुमिगत विधुतगृहमा खसाल्ने योजना छ । बेनीजोमसोम कच्ची राजमार्गको ३६ किमी उत्तर थासाङ गाउँपालिका १ लेते, २ कुञ्जो र अन्नपूर्ण गाउँपालिका ३ काप्रे र ४ पैहोथाप्ला नजिक बाँदरजुँङभीरको गहिरो खोँचमा ड्याम बनाउने प्रस्ताव छ । प्राविधिक परामर्शदाता हाईड्रो सोलुसन काठमाण्डौले आयोजनालाई आवश्यक ३ सयबढी जग्गा खरिद गरिसकेको छ । परियोजना रन अफ द रिभर सिस्टमको हो ।मुहानदेखी पावरहाउस क्षेत्रसम्म मोटरबाटोको पहुँच रहेको आयोजनाबाट उत्पादित विधुतलाई १ किलोमिटर माथी दानामा निर्माणाधिन २२० केभिए कालीगण्डकी करिडोर प्रसारण लाईन सवस्टेसनमा जोडिने छ ।त्यसैगरी गैह्रआवसीय नेपाली संघ (एनआरएन)हरुले पनि म्याग्दीका तीन वटा आयोजना संञ्चालन गर्ने भएका छन । रघुगंगा गाउँपालिका, ८ स्थित २१।३ मेगावाट क्षमताको ठूलोखोला जलविधुत आयोजना, धौलागिरी गाउँपालिका, ३ मुना स्थित ७.५ मेगावाट क्षमताको दरखोला र मालिका गाउँपालिका, ४ दरवाङ्गमा निर्माणाधिन २५ मेगावाट क्षमताको दरवाङ्ग म्याग्दी जलविधुत आयोजनामा लगानी गर्ने भएका छन । लगानी सम्मेलनमा एनआरएनले देशका साना ठूला जलविधुतमा लगानी गर्नेगरी १० अर्वको लगानी सम्झौता गरेका छन ।