- Loading...
विप्लव समुहका तीन कार्यकर्ता पक्राउ
- पुनहिल डट कम
- ६ साल अघि
- ४१४ पटक पढिएको

प्रहरीले नेक्रवित्रम चन्द ‘विप्लव’ समुहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । मालिका, ६ रुम घर भएका विप्लव समुहका कार्यकर्ता एवं शिक्षक संगठनका जिल्ला अध्यक्ष थमबहादुर पुन, सक्रिय सदस्यहरु मालिका, ३ रुमकै जगत पुनर मालिका, दरवाङ्गका रमेश पुन पक्राउ परेका हुन । रमेश विप्लव समुहका युवक संगठनका नेता हुन ।
नेकपाका जिल्ला सेक्रेटरी गमबहादुर श्रीष मगरले फेसवुक स्टाटस लेखी आफ्ना कार्यकर्ता रुमका थमबहादुर पुन, रमेश पुन र गजत पुन पक्राउ परेको पुष्टी गर्दै विना सर्त रिहा गर्न भनेका छन ।
त्यसैविच भारतिय शसस्त्र प्रहरी वल (एसएसवी)ले मालिका गाउँपालिका, ६ रुमका चरण रोकालाई ठूलो मात्रामा विष्फोटक पदार्थसहित सिलगुढीको पानीट्याङ्ढीबाट पक्राउ गरेको छ । भारतीय संञ्चारमाध्यममा विजनेस स्ट्याण्डर्स डट कममा प्रकाशित समाचार अनुसार रोकाको साथबाट प्रहरीले २ सय ५ प्याकेट विष्फोटक पदार्थको सेल, ३ सय ५५ वटा विधुतीय डेटोनेटर, २ थान मोवाईल समेत सीमकार्ड वरामद गरेको छ । तर रोकाले कुन समुह वा प्रयोजनकालागी यति ठूलो परिणामको विष्फोटक पदार्थ बोकेका हुन खुलेको छैन ।
‘भारतीय प्रहरीले दिएको विवरणका आधारमा हामीले चरण रोका मगरको राजनैतिक तथा अन्य संलग्नता बारे अनुसन्धान गरिरहेका छौं । विष्फोटक पदार्थ कुन प्रयोजनकालागी वोकेका हुन खुलेको छैन’ जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्र मरासिनीले भने, ‘विप्लव समुहको निगरानी तिब्र पारिएको छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
