आज:  | Fri, 24, Jun, 2022

विप्लव समुहका तीन कार्यकर्ता पक्राउ

१२ चैत्र २०७५, मंगलवार ०९:०५ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
प्रहरीले नेक्रवित्रम चन्द ‘विप्लव’ समुहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । मालिका, ६ रुम घर भएका विप्लव समुहका कार्यकर्ता एवं शिक्षक संगठनका जिल्ला अध्यक्ष थमबहादुर पुन, सक्रिय सदस्यहरु मालिका, ३ रुमकै जगत पुनर मालिका, दरवाङ्गका रमेश पुन पक्राउ परेका हुन । रमेश विप्लव समुहका युवक संगठनका नेता हुन ।नेकपाका जिल्ला सेक्रेटरी गमबहादुर श्रीष मगरले फेसवुक स्टाटस लेखी आफ्ना कार्यकर्ता रुमका थमबहादुर पुन, रमेश पुन र गजत पुन पक्राउ परेको पुष्टी गर्दै विना सर्त रिहा गर्न  भनेका छन ।त्यसैविच भारतिय शसस्त्र प्रहरी वल (एसएसवी)ले मालिका गाउँपालिका, ६ रुमका चरण रोकालाई ठूलो मात्रामा विष्फोटक पदार्थसहित सिलगुढीको पानीट्याङ्ढीबाट पक्राउ गरेको छ । भारतीय संञ्चारमाध्यममा विजनेस स्ट्याण्डर्स डट कममा प्रकाशित समाचार अनुसार रोकाको साथबाट प्रहरीले २ सय ५ प्याकेट विष्फोटक पदार्थको सेल, ३ सय ५५ वटा विधुतीय डेटोनेटर, २ थान मोवाईल समेत सीमकार्ड वरामद गरेको छ । तर रोकाले कुन समुह वा प्रयोजनकालागी यति ठूलो परिणामको विष्फोटक पदार्थ बोकेका हुन खुलेको छैन ।‘भारतीय प्रहरीले दिएको विवरणका आधारमा हामीले चरण रोका मगरको राजनैतिक तथा अन्य संलग्नता बारे अनुसन्धान गरिरहेका छौं । विष्फोटक पदार्थ कुन प्रयोजनकालागी वोकेका हुन खुलेको छैन’ जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्र मरासिनीले भने, ‘विप्लव समुहको निगरानी तिब्र पारिएको छ ।’