आज:  | Tue, 28, Jun, 2022

रेडियो म्याग्दी एवं पर्यटन महोत्सव हुने

१२ चैत्र २०७५, मंगलवार १४:२० मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
रेडियो म्याग्दीले आगामी चैत २१ देखी १ बैशाखसम्म प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव गर्ने भएको छ ।आन्तरिक प्रर्यटन बढाउन महोत्सव गरिएको आयोजक म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा रमाईलो मेला, दोहोरी गित प्रतियोगिता तथा एकल खुल्ला नृत्य (म्याग्दी आईडल) प्रतियोगिता गरिने भएको छ । प्रतियोगितामा दोहरी गित, स्थानिय लोकसंस्कृति र भेषभुषा समेतको झाँकी प्रर्दशनी गरिने महोत्सवका मुल संयोजक चिरिञ्जिवी शर्माले बताए ।स्कुले विद्यार्थीको बार्षिक परिक्षा समाप्त भै नयाँ शैक्षिक सत्र सुरु भैनसकेको सयमलाई उपयोग गर्दे सामाजिक उत्तरदायित्व वहन गर्नु पर्ने संञ्चार संस्था रेडियो म्याग्दीले स्कुले किसोर–किसोरीलाई लक्षितगरी महोत्सव आयोजना गरेको छ । आर्थिक संकट झेलिरहेको रेडियो म्याग्दीले महोत्सवबाट वचेको रकमबाट सेवालाई निरन्तरता दिने लक्ष्य राखेको छ ।‘रेडियो म्याग्दी एवं पर्यटन महोत्सवबाट वचेको रकमलाई रेडियो म्याग्दीको ब्यवस्थापन सुधारमा खर्च गरिने र केही रकम पत्रकार आकस्मिक कोषमा राख्ने उद्देश्य हो’ रेडियो म्याग्दीका ब्यवस्थापक एवं महोत्सवका मुख्य ब्यवस्थापक रहेका भरत रकालले भने, ‘महोत्सवमा एक लाख दर्शकबाट ५ करोडको कारोवार हुने र संस्थाले मात्र करिव ५७ लाखको कारोवार गर्ने लक्ष्य छ ।’