FLASH NEWS
  • Loading...

वेष्टपोइन्टमा मंटेसरी तालिम शुरु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४१० पटक पढिएको
वेष्टपोइन्टमा मंटेसरी तालिम शुरु

वेष्ट वेस्टपोइन्ट आवसीय माध्यामिक विद्यालयमा मंटेसरी तालिम शुरु भएको छ । वेष्टपोइन्ट एजुकेशन फाउन्डेसनको आयोजनामा शुक्रवारदेखी जुनियर डिप्लोमा मंटेसरी तलिम शुरु भएको हो ।

बाल मनोविज्ञानलाइ बुझेर सिकाउन शिक्षकलाई मन्टेश्वरी तालिम उपयोगी मान्ने गरिएको छ । निजी क्षेत्रले संञ्चालन गरेका विद्यालयमा अभिभावक र बालबालिकालाई आकर्षण गर्न मन्टेश्वरी कक्षा अनिबार्य जस्तै भएको छ ।

२० जना प्रशिक्षार्थी सहभागी तालिम ३ महिनासम्म सन्चालन हुने आयोजकले जनाएको छ । तालिममा वेष्टपोईन्ट मन्टेश्वरीकी श्रीमायाँ पुन, आशामाया रोका, फुलबारी मंतटसरी पोखराका फाउन्डर प्रिन्सिपल अरुणा शेरचन, शैक्षिक तालिम केन्द्र म्याग्दीका रोहित ढुंगानाले सैद्धान्तिक र प्रयोगात्मक विधीबाट तालिम दिने आयोजकले जनाएको छ ।

‘मन्टेश्वरी तालिमबाट वेरोजगार युवाले सीप प्राप्त गरी रोजगारीको अवसर पाउने छन । बेनीका बोडिङ्गमा मात्र होईन गाउँका सामुदायीयक विद्यालयले पनि तालिम प्राप्त जनशक्तिको उपयोग गर्न सक्ने छन’ प्रशिक्षक श्रीमयाँ पुनले सुनाईन ।