आज:  | Sun, 03, Jul, 2022

उफ त्यो, चैत ७ गते

८ चैत्र २०७५, शुक्रबार ०१:३७ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
त्यो रात कालो थियो वा रातो ? तर्क आ–आफ्ना होलान । तर ०६० चैत ७ गतेको रात बेनीबासीकालागी भने त्रासदीपूर्ण विगत हो ।तत्कालिन विद्रोही माओवादीले बेनी आक्रमण गरेको १५ बर्ष पुगेको छ । यस विचमा विद्रोहका सवोच्च कमाण्डर समेत बेनी आक्रमणका अधिकांश फौजी कमाण्डरहरु सक्ताको बागडोर सम्हाली रहेका छन । र माओवादीले बेनी आत्रमण गरेको १५ वर्ष पुग्दा माओवादी भिक्रैबाट नेत्रवित्रम चच्द ‘विप्लव’ नेतृत्वमा अर्को विद्रोहको न्वारान भएको छ । बेनीबासीले फेरी विष्फोटनका आवाज सुन्न थालेका छन ।माओवादीले गरेका ९ ओटा सदरमुकाम आक्रमणमध्य सैन्यवल र ब्यापकताको दृष्टिले सवैझन्दा ठूलो बेनी आक्रमणमत्रममा १९ जना सर्वसाधारण सहित १७ प्रहरी , १४ सैनिक र कम्तीमा ९० जना माओवादी मारिएका थिए । सवै पक्षबाट सयौंको संख्यामा घाईतेको अवस्थाबारे यकिन तथ्याङ्ढ कतै पाईदैन ।‘बेनी आक्रमणमा मान्छे मात्र मारिए, घाईते भए र अपाङ्ग भएर बाँचेका छन । बालबालिका टुहुरा भए, श्रीमति विधुवा बने, बुढेसकालका आमाबाबु सहाराविहीन छन । ती सवैको आत्मले युद्धलाई घृणा गरिरहने छ ? वा विप्लवले झै असन्तुष्टीको आगो ओकली रहेका छन ? खै संक्रमणकालिन न्याय ?चारै तिर पहाडले घेरेको खोपिल्टो जस्तो बेनीमा पश्चिमबाट पूर्वबग्ने म्याग्दी नदीको किनारामा जिल्ला समवन्यय समिति, जिल्ला प्रशासन र प्रहरी कार्यालयका छतमा वंकरहरु रहेका छन । यी टावर प्राकृतिक सौदर्य वा सदरमुकामको दृश्यालोकन गर्न बनेका होईन, सैन्य बंकरका अवशेष हुन । ‘युद्ध स्तम्भ’ लाग्ने यी भवनका यी बंकरले बेनीबासीलाई त्यो चैत ७ गतेको त्रासदीपूर्ण रात सम्झाई रहन्छ । माप्रा बसेको घाउ कोट्याएर रगत निक्ले जस्तै ।नेक्रवित्रम चन्द ‘विप्लव’ले सुरु गरेको हिंसात्मक स्वरुपको विद्रोह र राज्यले अंगालेको दमन नितीले विस्मृतिमा हराउँदै गएको कहालीलाग्दो त्यो रात सम्झन थालेका छन । तिनै प्रताडित मध्यका केहीको पीडितको अनुभुति यस्तो छ ःकृष्णलाल श्रेष्ठ, घाईते ।०६० चैत ७ गते राती जिल्ला अदालतमा पालोपहरा जिम्मा थियो, कृष्णलाल श्रेष्ठको । रातभर पाले कोठाको बेन्चमुनी छिपेर बसेका श्रेष्ठ विहान माओवादीले अदालत भवनमै आगो लगाएपछि दुवै हात माथी ढडाउँदै के बाहिर गेटमा निक्लेका थिए खुट्टामा गोली लाग्यो ।  शरिको अन्य तीन ठाउँमा पनि गोली लाग्यो । उनी त्यहीं ढले । उनलाई सेनाले हेलिकोप्टरमा हालेर काठमाण्डौ छाउनी स्थित सैनिक अस्पताल लग्यो र खुट्टाको उपचार गरायो । तर देव्रे खुट्टा गुम्यो ।‘रातभर शौचालयभिक्र लुकेर वित्यो । माओवादीले अदालतमा आत्रमण नगर्लान भन्ने थियो । त्यसो भएन विहान उज्यालो भैसकेपछि आगो लगाए । भवनमा आगो दन्केपछि ज्यान जोगाउन हात उठाउँदै बाहिर निक्लें । एक्कासी गोली खुट्टामा लाग्यो । म ढलें । अरु तीन गोली साप्रा र पाखुरामा पनि लाग्यो’ माओवादी आक्रमणका पीडित घाईते कृष्णलाल श्रेष्ठले भने ।,तुलकुमारी गैरे, पीडित । त्यो रात तुलकुमारी गैरे, जिल्ला विकास समितिको क्यान्टीनको छाप्रोमा श्रीमान झलकसँगै दुई बर्षकी छोरी इन्दिरा च्यापेर सुतेकी थिईन । रातभरी खाटमुनी सुरक्षित रहे । बिहानको मिर्मिरे उज्यालोसँगै उनीको दैलो कालले उघार्‍यो र टिपेर लग्यो, श्रीमान झलक गैरेलाई । जिविस कार्यालय सहायक गैरेको छातीमा तीनवटा तातो गोली दागे, माओवादी ।‘रातभर खाटमुनी सुरक्षित भएका हामी विहानपख परिचित प्रहरी पानी माग्दै पसे । पानी निकाल्न खाट बाहिर के निक्लनु भएको थियो, बर्रर तीनवटा गोली कोखा र गर्दनमा लाग्यो, उहाँ त्यहीं ढल्नु भो’ गहभरी आँशु पार्दै तुलकुमारीले त्यो भयानक रातको स्मरण गर्दै भनिन, ‘अनि, नानी च्यापेर चिच्चाउँदै बाहिर निस्कें । नजिकैका सेनाका मान्छे आएर, एउटा त गयो, भित्र धकेले । त्यही रात पोखराबाट आएको सेनाको टोली त्यहाँ नभएको भए हामीसवै एक चिहान हुने रहेछौं । छोरीलाई अहिले तर्सने, डराउने समस्या छ । केही ठूलो आवाज आयो कि त्यही रात सम्झेर झस्कन्छु ।’जमिला बेगम खातुन ।जमिला बेगम खातुन सदरमुकाम बेनीको हुलाचोक स्थित डेरामा दुई वर्षकी छोरी साजिता बेगमलाई काखमा च्यापेर भर्खरै सुतेकी थिईन् । गर्मी बिस्तारै बढ्दै आएकोले कोठाको सडकपट्टीको झ्याल खुल्ला थियो । राती १० बजेतिर बाहिर टक, टक, टक गर्दै हिंडेको जस्तो सुनिन् । केही समय पछी ‘ट्युउँ’ आवज आयो । लगत्तै ‘ड्याङ् ऽ ड्याङ् ऽ ड्याङ् ऽ गोली पड्केको र बम विष्फोटको आवाज आयो, खातुनले १५ बर्ष अघिको त्यो, चैत ७ सम्झिन ।‘लडाई रोकिएको तिन–चार घन्टा पछि नेपाली सेनाले सटरमा हान्दै ढोका खोल भनेपछि मात्र बाहिर निक्लें, पेटीमा घोप्टो परेको महिलाको लाश, बमहरुको थुप्रो र अन्य हतियारको पोका थियो । र रगतको भेल भित्र पसलसम्मै पुगेको थियो । मैले पसलको रगत पुछ्न थालें, छोरीले छेउको बम खेलाउँदै रहिछ झण्डै बाटो हिंडेका सैनिकले देखेछन र अनर्थ हुन बाट जोगियो’ खातुनले स्मरण गरिन ।पदम भण्डारीतत्कालिन जिल्ला विकास समितिका सूचना अधिकृत पदम भण्डारी त्यो रात परिवारसहित जिल्ला प्रहरी कार्यालयसँगै जोडिएको जिविसको कर्मचारी आवास भवनमा थिए । आवास क्षेत्रको पुरानो भवनमा तत्कालिन राजाबाट मनोनित जिल्ला सभापति चक्रपाणी आचार्यसहित केही कर्मचारी र पछिल्लो नयाँ भवनमा जिविसका अधिकृत तहका कर्मचारीहरु परिवार सहित २० जना बस्थे । तीन जना नावालक थिए ।राती माओवादीले सदरमुकाम आक्रमण गरेको निश्चित भएपछि राजाका मनोनित सभापति आचार्यसहित पुरानो भवनमा बस्ने सवै कर्मचारीहरु भण्डारी बस्ने नयाँ आरसिसी भवनको भित्री कोठामा जम्मा भए । भिडन्त शुरु भएको एक घन्टा नवित्दै माओवादीहरु भवन कब्जा गर्न छिरे । सोधखोज गरे । सेना प्रहरी हो/होईन यकिन गरेपछि सवैलाई त्यही कोठामा राखे र त्यहींबाट जिल्ला प्रहरी कार्यालयमा आक्रमण गरिरहे । कर्मचारी आवास भएकोले हुनसक्छ, माओवादीले त्यहींबाट आक्रमण गरेको चाल पाएर पनि प्रहरीले भने त्यहाँ प्रत्याक्रमण गरेन ।‘हामी मात्र बाँच्यौं बाँकी बजार पुरै ध्वस्त भयो, सवै सकिय भन्ने लागेको थियो । विहान मिर्मिरेहुँदा माओवादीले हामीलाई त्यहाँबाट निकाले र भवनमा आगो झोसे । हामीलाई हुलाकचोक छेउको भित्री गल्लीभित्रको एक घरमा लगे । बल्न थाहा भो, हामीबाहेक बजारका सवै घर उस्तै रहेछन’ भण्डारीले भने, ‘पक्की भवनको भित्री कोठा भएकोले गोली लाग्ला भन्ने त थिएन तर माथीबाट बम खस्ला कि भन्ने चिन्ता भैरह्यो ।’