लायन्स क्लव अफ बेनी पिस सिटीद्धारा मंगला गाउँपालिका, ३ बरंजास्थित महेन्द्ररत्न माविमा अध्ययनरत विद्यार्थीलाई छात्रबृत्ति तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।क्लवले महेन्द्ररत्न माविमा अध्ययनरत विपन्न तथा जेहन्दार विद्यार्थी दिलमायाँ थापालाई जनालाई १० हजार र टेकबहादुर विक, अनिता शेरपुञ्जा, नरदेवी विक, टिकप्रसाद विक, तुलदेवी जैसी र रेशम कार्कीलाई जनही ५ हजारका दरले छात्रबृत्ति वितरण गरेको छ ।

क्लवले एक सदस्य एक विद्यार्थी अभिभावकत्व कार्यक्रम अर्न्तगत अति विपन्न परिवारका छात्रछात्रा पहिचान गरी क्रमशः राजेश शाक्य, लक्ष्मण शर्मा, दुर्गा बुढा, भोजबहादुर रिजाल, नरेश श्रेष्ठ र निराजन श्रेष्ठले जनप्रीय आधारभुत विद्यालयकी सिर्जना थापा, शान्ति विक, रेशम सापकोटा, गमिसा केसी, पार्वती सापकोटा र महेन्द्ररत्न माविका प्रिजेन्ट रोकालाई एक बर्ष पुग्ने कापीकलम, ड्रेस, झोला समेतका शैक्षिक सामाग्री हस्तान्त्रण गरे ।सामुदायीक विद्यालयमा पाठ्यपुस्तक तथा मासिक फिस निःशुल्क भएपनि अन्य शैक्षिक सामाग्री जोहो गर्न नसक्ने परिवारका वालबालिकालाई शैक्षिक सामाग्री तथा छात्रबृत्तिले राहत पुग्ने विश्वास छ’ क्लवका संस्थापक राशेज शाक्यले भने, ‘अभिभावक र शिक्षकहरुले यी बालबालिकालाई नियमित विद्यालय ल्याउन सहयोग गर्न र बालविवाहबाट जोगाउन अनुरोध छ ।’