FLASH NEWS
  • Loading...

गाउँपालिका अध्यक्ष सुकुम्बासी आवास कार्यक्रम’

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५४३ पटक पढिएको
गाउँपालिका अध्यक्ष सुकुम्बासी आवास कार्यक्रम’

यहाँको एक गाउँपालिकाले मुलुकमै पहिलो ‘गाउँपालिका अध्यक्ष’ जोडेर सवैकालागी आधारभुत आवास कार्यक्रम सार्वजनिक गरेको छ ।

रघुगंगा गाउँपालिकाले सवै ८ वटा वडाका सुकुम्बासी तथा विपन्न सवैकालागी आवास कार्यक्रम संञ्चालन गर्न ‘गाउँपालिका अध्यष सुकुम्बासी ब्यवस्थापन तथा आवास सुधार कार्यक्रम’ लागु गरेको हो ।

संविधानले आधारभुत आवासलाई मौलिक हको रुपमा राखेको तथा स्थानीय सरकार संञ्चालन ऐन ०७४ दफा ११ (४)को कानुनी ब्यवस्था अनुसार सुकुम्बासी आवास कार्यक्रम लागु गरिएको रघुगंगा गाउँपालिकाले जनाएको छ ।

‘गाउँपालिका भित्र केही आफन्त नभएका बृद्धबृद्धा, अपाङ्ग ब्यक्तिको घर चुहिने र भत्कने अवस्थमा छन । अति प्रभावित परिवारको घरमा छाना हाल्ने लक्ष्य हो’ गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘सुरक्षित आवासमा बस्न पाउने नागरिकको मौलिक अधिकार पनि हो । त्यसैले पहिलो चरणमा सुकुम्बासी र घरवारविहन समेतको लगत योजनामा छौं ।’

प्रस्तावित कार्यक्रम अर्न्तगत गापा भित्रका सवै ८ वटामा रहेका सुकुम्बासी, घरबारविहिन, खरको छाना भएका, टिनको कच्ची छाना भएका र शौचालनय नभएका घरधुरीको पहिचानगरी रघुगंगा गाउँपालिकालाई खरको छाना मुक्त आधारभुत आवास सवैलाई पुर्‍याउने लक्ष्य लिएको छ । आवास भएपनि शौचालन नभएका परिवारकालागी पनि पक्की शौचालय बनाई दिने योजना छ ।

‘सवै सुकुम्बासी, घरवारविहिनलाई आधारभुत तहको आवास ब्यवस्था गर्न गाउँपालिका अध्यक्ष सुकुम्बासी ब्यवस्थापन तथा आवास सुधार कार्यक्रम’ ल्याएका हौं’ रघुगंगाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भने, ‘यस वर्ष मापदण्डको आधारमा लगत संकलनगरी आगामी आवबाट आधारझुत आवास कार्यक्रम कार्यान्वयन हुने छ ।’

कार्यत्रम कार्यान्वयन गर्न गाउँपालिकाका कार्यपालिका सदस्य तोरणबहादुर दर्जीको अध्यक्षतामा ४ सदस्यीय लगत संकलन समिति गठन गरिएको छ । समितिलाई एक महिना भित्र लगत संकलनगरी कार्यापालिकामा पेश गर्ने समयावधी तोकिएको छ । कार्यक्रम गाउँपालिकाले चालु वजेटमा १० लाख विनियोजन गरेको छ ।

सुकुम्बासी, घरवारविहीन तथा विपन्न परिवारको लगत संकलन गर्दा मासिक आय, पैत्रिक सम्पत्तिलाई आधार मान्ने तथा वडाध्यक्षको रोहवारमा टोलसुधार समितिको मुचुल्का अनिवार्य गरिएको समितिका सदस्य सचिव पदमबहादुर भण्डारीले बताए ।

‘हामीले गाउँपालिका भित्रका सवै सुकुम्बासी, घरवारविहिन र अति विपन्न परिवारको शुक्रवारदेखी लगत लिन सुरु गरेका छौं’ समितिका सदस्य सचिव पदम भण्डारीले भने, ‘निर्धारित अनुसूचि लिएर कर्मचारीहरु सवै वडाका सवै घरमा पुगी लगत संकलन गर्ने छन ।’

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल